11 KiB
विवरण
हजारौँ वर्षअगाडि, मानिसहरूले बाइबलका पुस्तकहरू लेखे । त्यसपछि अरू मानिसहरूले तिनलाई हातले सारे र तिनको अनुवाद गरे । तिनीहरूले यो काम धेरै होशियारीका साथमा गरे, र थुप्रै वर्षहरूको अवधिमा धेरै मानिसहरूले हजारौँ प्रतिहरू निकाले । तापनि ती हेर्ने मानिसहरूले पछि देखे कि तिनीहरूको बीचमा स-साना भिन्नताहरू थिए । सार्ने व्यक्तिहरूले अन्जानमा केही शब्दहरूलाई छुटाए, र केहीले एउटा शब्दलाई त्यो जस्तै देखिने अर्को शब्द ठानी गलत सारे । कहिलेकाहीँ तिनीहरूले अन्जानमा, वा तिनीहरूले केही कुराको व्याख्या गर्न चाहेका कारण, शब्दहरू र पूरा वाक्यहरू नै पनि थपे । आजका नयाँ बाइबलहरू पुराना प्रतिहरूका अनुवादहरू हुन् । केही नयाँ बाइबलहरूमा थपिएका यी केही वाक्यहरू छन् । यूएलटीमा, यी थपिएका वाक्यहरूलाई सामान्यतया पादटिप्पणीमा लेखिएका हुन्छन् ।
बाइबलका विद्वानहरूले थुप्रै पुराना प्रतिहरू पढेका छन् र तिनीहरूको एक अर्कासँग तुलना गरेका छन् । बाइबलमा भएको हरेक स्थानमा जहाँ एउटा भिन्नता थियो, कुन शब्दहरूको प्रयोग चाहिँ ठीक भएको सबैभन्दा बढी सम्भाव्य हुनुपर्छ भनेर तिनीहरूले पत्तो पाएका छन् । यूएलटीका अनुवादकहरूले यूएलटीलाई विद्वानहरूले सबैभन्दा सम्भाव्य रूपमा ठीक भनेका शब्द चयनमा आधारित गरे । किनभने यूएलटीको प्रयोग गर्ने मानिसहरूसँग अन्य बाइबलहरू भएको हुन सक्छ जुन अन्य प्रतिहरूमा आधारित छन्, यूएलटीका अनुवादकहरूले पादटिप्पणीहरू राखेका छन् जसले यी केही भिन्नताहरूको बारेमा भन्छन् ।
अनुवादकहरूलाई यूएलटीमा भएको खण्डलाई अनुवाद गर्न र यूएलटीमा गरिएको जस्तै गरी, थपिएका वाक्यहरूको बारेमा पादटिप्पणीहरूमा लेख्नलाई प्रोत्साहन गरिन्छ । तापनि, यदि स्थानीय मण्डलीले ती वाक्यहरू मुख्य खण्डमा नै समावेश भएको साँच्चै चाहन्छ भने, अनुवादकहरूले तिनलाई खण्डमा नै राख्न सक्छन् र तिनको बारेमा एउटा पादटिप्पणी दिन सक्छन् ।
बाइबलबाट उदाहरणहरू
मत्ती १८:१०-११ यूएलटीले पद ११ को बारेमा एउटा पादटिप्पणी राखेको छ ।
१०ख्याल गर कि तिमीहरूले यी सानामध्ये कसैलाई पनि हेला गर्दैनौ । किनकि म तिमीहरूलाई भन्दछु कि स्वर्गमा तिनीहरूका दूतहरूले स्वर्गमा हुनुहुने मेरा पिताको मुहार सधैँ हेर्छन् ।११[१]
[१] धेरै आधिकारिक निकायहरूले, जसमा केही प्राचीन छन्, प. ११ लाई हाल्छन् । किनकि मानिसको पुत्र हराएकाहरूलाई बचाउन आयो ।
यूहन्ना ७:५३-८:११ सर्वोत्तम र सबैभन्दा प्राचीन पाण्डुलिपिहरूमा छैन । यसलाई यूएलटीमा समावेश गरिएको छ, तर यसलाई सुरुमा र अन्तमा ठूला कोष्ठक चिन्हहरूले ([]) अङ्कित गरेर राखिएको छ, र पद ११ पछि त्यहाँ एउटा पादटिप्पणी छ ।
५३[तब हरेक मानिस उसको आफ्नो घर गयो ... ११त्यसले भनी, “प्रभु, कसैले दिएन ।” येशूले भन्नुभयो, “नता म पनि तिमीलाई दोष लगाउँछु । तिम्रो बाटो जाऊ; अबदेखि फेरि पाप नगर ।”][२]
[२]सर्वोत्तम र सबैभन्दा प्राचीन पाण्डुलिपिहरूमा यूहन्ना ७:५३-८:११ छैन ।
अनुवादका रणनीतिहरू
जब खण्डमा भिन्नताहरू आउँछन्, तपाईंले यूएलटी वा तपाईंको पहुँचमा भएको अन्य कुनै पनि अर्को संस्करणलाई पछ्याउनलाई छान्न सक्नुहुन्छ ।
१. यूएलटीले अनुवाद गरेका पदहरूलाई अनुवाद गर्नुहोस् र यूएलटीले प्रदान गरेको पादटिप्पणीलाई समावेश गर्नुहोस् । २. अर्को संस्करणले अनुवाद गरेको जसरी पदहरूलाई अनुवाद गर्नुहोस् र पादटिप्पणीलाई बदल्नुहोस् ताकि त्यो यस अवस्थासँग मिलोस् ।
अनुवादका रणनीतिहरू लागु गरिएका उदाहरणहरू
अनुवादका रणनीतिहरूलाई मर्कुस ७:१४-१६ यूएलटीमा लागु गरिएको छ, जससँग पद १६ को बारेमा पादटिप्पणी छ ।
- १४उहाँले फेरि भीडलाई बोलाउनुभयो र भन्नुभयो, “तिमीहरू सबै मलाई सुन, र बुझ । १५व्यक्तिको बाहिर त्यस्तो कुनै पनि कुरा छैन जसले उसलाई अशुद्ध पार्न सक्छ जब त्यो उसभित्र प्रवेश गर्छ । त्यस व्यक्तिबाट बाहिर आउने कुरा नै हो जसले उसलाई अशुद्ध पार्छ ।” १६[१]
- [१]सर्वोत्तम र सबैभन्दा प्राचीन प्रतिहरूले प. १६ लाई हटाउँछन् । यदि कुनै मानिसको सुन्ने कान छ भने, उसले सुनोस् ।
१. यूएलटीले अनुवाद गरेका पदहरूलाई अनुवाद गर्नुहोस् र यूएलटीले प्रदान गरेको पादटिप्पणीलाई समावेश गर्नुहोस् ।
- १४उहाँले फेरि भीडलाई बोलाउनुभयो र भन्नुभयो, “तिमीहरू सबै मलाई सुन, र बुझ । १५व्यक्तिको बाहिर त्यस्तो कुनै पनि कुरा छैन जसले उसलाई अशुद्ध पार्न सक्छ जब त्यो उसभित्र प्रवेश गर्छ । त्यस व्यक्तिबाट बाहिर आउने कुरा नै हो जसले उसलाई अशुद्ध पार्छ ।” १६[१]
- [१]सर्वोत्तम र सबैभन्दा प्राचीन प्रतिहरूले पद १६ लाई हटाउँछन् । यदि कुनै मानिसको सुन्ने कान छ भने, उसले सुनोस् ।
२. अर्को संस्करणले अनुवाद गरेको जसरी पदहरूलाई अनुवाद गर्नुहोस्, र पादटिप्पणीलाई बदल्नुहोस् ताकि त्यो यस अवस्थासँग मिलोस् ।
- १४उहाँले फेरि भीडलाई बोलाउनुभयो र भन्नुभयो, “तिमीहरू सबै मलाई सुन, र बुझ । १५व्यक्तिको बाहिर त्यस्तो कुनै पनि कुरा छैन जसले उसलाई अशुद्ध पार्न सक्छ जब त्यो उसभित्र प्रवेश गर्छ । त्यस व्यक्तिबाट बाहिर आउने कुरा नै हो जसले उसलाई अशुद्ध पार्छ । १६यदि कुनै मानिसको सुन्ने कान छ भने, उसले सुनोस् ।”
- [१]केही प्राचीन प्रतिहरूमा पद १६ छैन ।