ne_ta/translate/translate-source-licensing/01.md

24 lines
6.8 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

### यो किन महत्त्वपूर्ण छ ?
कुनै स्रोत खण्‍डबाट अनुवाद गर्नलाई त्यसको छनोट गर्ने बेलामा, प्रतिलिपि अधिकार/अनुमतिपत्रको विषयमा विचार गर्न दुईवटा कारणका लागि महत्त्वपूर्ण हुन्छ । पहिलो, यदि तपाईंले प्रतिलिपि अधिकार कायम गरिएको कामबाट सुरुमा अनुवाद नलिइकन अनुवाद गर्नुभयो भने, तपाईंले कानुन तोड्दै हुनुहुन्छ किनभने अनुवाद चाहिँ त्यस सामग्रीको धनीको अधिकारमा संरक्षित गरिएको छ । केही ठाउँहरूमा, प्रतिलिपि अधिकारको उल्‍लङ्घन आपराधिक कार्य हो र प्रतिलिपि अधिकार भएको व्यक्तिको सहमति बिना नै सरकारद्वारा मुद्दा लाग्‍न सक्‍छ ! दोस्रो, जब प्रतिलिपि अधिकार सुरक्षित गरिएको कामबाट अनुवाद गरिन्छ, अनुवाद चाहिँ स्रोत भाषाको प्रतिलिपि अधिकार प्राप्‍त व्यक्तिको बौद्धिक धन बन्छ । तिनीहरूले अनुवादका सबै हकहरूलाई कायम राख्‍छन् जसरी तिनीहरूले स्रोत खण्‍डको लागि गर्छन् । यी र अन्य कारणहरूको लागि, अन्‍फोल्‍डिङ्ग वोर्डले ती अनुवादहरूलाई मात्र वितरण गर्नेछ जसले यी प्रतिलिपि अधिकारको कानुनलाई उल्‍लङ्घन गर्दैनन् ।
### हामीले कुन अनुमतिपत्रको प्रयोग गर्छौँ
अन्‍फोल्‍डिङ्ग वोर्डद्वारा प्रकाशित सबै सामग्रीहरू **क्रियटिभ कमन्स एट्रिब्यूसन-शेयरअलाइक ४. लाइसेन्स (सीसी बीवाइ-एसए)** अन्तर्गत ल्याइन्छ (हेर्नुहोस् http://creativecommons.org/licenses/by-sa/4.0/) । हामी विश्‍वास गर्छौँ कि यो अनुमतिपत्र मण्‍डलीको लागि सबैभन्दा ठूलो सहयोग हो किनभने यसमा अनुवाद गर्न दिन र त्यसबाट अन्य कुराहरू उत्पादन गर्नका लागि पर्याप्‍त अनुमति छ, तर त्यति पनि अनुमति भएको छैन कि ती उत्पादित कुराहरूलाई निषेधात्मक अनुमतिपत्र अन्तर्गत थुनेर राख्‍न सकियोस् । यस विषयमा पूरा छलफलको लागि, क्रिस्‍टिएन कमन्सलाई पढ्नुहोस् (हेर्नुहोस् http://thechristiancommons.com/) ।
### कुन स्रोत खण्‍डहरूलाई प्रयोग गर्न सकिन्छ ?
यदि स्रोत खण्‍डहरू सार्वजनिक अधिकार क्षेत्रमा छन् वा यहाँ दिइएका अनुमतिपत्र अन्तर्गत छन् भने तिनीहरूलाई प्रयोग गर्न सकिन्छ, जुन अनुमतिपत्रले अनुवादित कामलाई क्रियटिभ कमन्स एट्रिब्यूसन-शेयरअलाइक लाइसेन्स अन्तर्गत ल्याउन स्वीकृति दिन्छः
* **सीसी० पब्लिक डोमेन डेडिकेसन (सीसी०)** (हेर्नुहोस् http://creativecommons.org/publicdomain/zero/1.0/)
* **सीसी एट्रिब्यूसन (सीसी बीवाइ)** (हेर्नुहोस् http://creativecommons.org/licenses/by/3.0/)
* **सीसी एट्रिब्यूसन-शेयरअलाइक (सीसी बीवाइ-एसए)** (हेर्नुहोस् http://creativecommons.org/licenses/by-sa/4.0/)
* **फ्री ट्रान्सलेट लाइसेन्स**अन्तर्गत ल्याइएका कामहरू (हेर्नुहोस् http://ufw.io/freetranslate/)
प्रश्‍न लागेका अन्य सबै कामहरूका लागि, कृपया <help@door43.org>मा सम्पर्क गर्नुहोस् ।
**रिपोटः**
* ट्रान्सलेसन स्टुडियोमा स्रोत खण्‍डहरूको रूपमा देखिने सबै स्रोत खण्‍डहरूलाई पुनः जाँच गरिएको छ र जो कोही पनि व्यक्तिद्वारा स्रोत खण्‍डको रूपमा प्रयोग गर्नका लागि कानुनसङ्गत छ ।
* अन्‍फोल्‍डिङ्ग वोर्डद्वारा कुनै पनि कुरा प्रकाशित हुनभन्दा पहिला, स्रोत खण्‍डको पहिला पुनः जाँच हुनुपर्छ र माथि सूचीकृत भएका अनुमतिपत्रहरूमा कुनै एउटा अन्तर्गत उपलब्‍ध हुनुपर्छ । तपाईंको अनुवाद प्रकाशित गर्न असक्षम हुन नदिनका लागि तपाईंले अनुवाद गर्नुभन्दा पहिला कृपया तपाईंको स्रोत खण्‍डको जाँच गर्नुहोस् ।