ne_ta/translate/translate-retell/01.md

16 lines
5.0 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

### अर्थलाई कसरी पुनः बताउने
क्रमैसँगको कदमहरूलाई यहाँ दिइएको छ । यी कदमहरूको उद्देश्‍य भनेको अनुवादकलाई त्यस्तो एउटा अनुवाद बनाउनलाई मदत गर्ने हो जुन स्वभाविक, बुझ्‍न सकिने, र ठ्याक्‍कै मिलेको हुन्छ । अनुवाककको सबैभन्दा बढी हुने गल्ती भनेको मिलेको खण्‍ड निर्माण गर्नका लागि लक्षित भाषामा भएका स्वभाविक प्रारूपहरूलाई प्रयोग गर्नलाई चुक्‍नु हो । यी कदमहरूलाई पछ्याएर, अनुवादकले अझ बढी स्वभाविक र अझ बढी बुझ्‍न सकिने अनुवाद निर्माण गर्नेछ ।
१. स्रोत भाषामा छानिएको खण्‍डलाई पूरै पढ्नुहोस् । खण्‍ड चाहिँ एउटा हरफ वा कथामा भएको कुनै एउटा कुरा, वा जम्‍मै खण्‍ड पनि हुन सक्‍छ (केही बाइबलहरूमा, एउटा शीर्षकदेखि अर्को शीर्षकसम्‍म भएका सबैकुरा) । कुनै अप्ठेरो पाठ्यखण्‍डमा, खण्‍ड चाहिँ केवल एउटा वा दुईवटा पदहरू मात्र पनि हुन सक्‍छ ।
२. स्रोत भाषामा भएको खण्‍डलाई नहेरिकन, त्यसलाई लक्षित भाषामा मौखिक रूपमा भन्‍नुहोस् । तपाईंले केही भाह‍गहरूलाई बिर्सन सक्‍ने भएतापनि, तपाईंले सम्‍झनुहुने कुरालाई अन्त्यसम्‍मै भनिरहनुहोस् ।
३. फेरि, स्रोत भाषाको खण्‍डलाई हेर्नुहोस् । अब फेरि लक्षित भाषामा सबैकुरा भन्‍नुहोस् ।
४. स्रोत भाषाको खण्‍डलाई फेरि पनि हेर्दै, तपाईंले बिर्सनुभएको कुरामा मात्रै ध्यान लगाउनुहोस्, अनि त्यसपछि त्यो सबैलाई स्मरणबाट नै लक्षित भाषामा पुनः भन्‍नुहोस् ।
५. पूरा खण्‍डलाई याद गरिसकेपछि, तपाईंले स्मरणबाट पुनः भनेका कुरालाई नै ठ्याक्‍कै लेख्‍नुहोस् ।
६. एकपटक लेखिसकेपछि, तपाईंले कुनै कुरालाई छुटाउनुभएको छ कि भनेर थाहा गर्नका लागि स्रोत भाषालाई हेर्नुहोस् । त्यस्तो कुनै पनि कुरालाई सबैभन्दा बढी स्वभाविक स्थानमा राख्‍नुहोस् ।
७. यदि तपाईंले स्रोत खण्‍डमा भएको कुनै कुरालाई बुझ्‍नु हुँदैन भने, अनुवादमा [नबुझिएको] भनेर लेख्‍नुहोस् र बाँकीको खण्‍ड लेख्‍नमा निरन्तरता दिनुहोस् ।
८. अब, तपाईंले के लेख्‍नुभयो भनेर पढ्नुहोस् । त्यसलाई तपाईंले बुझ्‍नुहुन्छ वा हुँदैन भनेर जाँच गर्नुहोस् । सुधार हुनुपर्ने भागलाई मिलाउनुहोस् ।
९. अर्को खण्‍डमा जानुहोस् । त्यसलाई स्रोत भाषामा पढ्नुहोस् । कदम २ दखि कदम ८ लाई कडाइका साथ पछ्याउनुहोस् ।
*अनुमतिद्वारा प्रयोग गरिएको, © २०१३, एसआइएल इन्टरनेशनल, हाम्रो आफ्‍नो जातीय संस्कृतिलाई बाँड्दै, पृ. ५९ ।*