ne_ta/translate/translate-decimal/01.md

65 lines
9.6 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

### वर्णन
दशमलव बिन्दु वा दशमलव अल्प बिराम कुनै अङ्क पूर्ण सङ्ख्याको एउटा भाग हो भन्‍ने जनाउन उक्त सङ्ख्याको बायाँपट्टि प्रयोग गरिन्छ । उदाहरणको निम्ति .१ मिटर पूर्ण सङ्ख्या नभइकन एक मिटरको दशौँ भाग मात्र हो र .५ मिटर पाँच मिटर होइन, तर एक मिटरको दश भागको पाँच भाग हो । ३.५ मिटर एक मिटरको दशौँ भागको तिन र सात भाग हो । यस्ता सङ्ख्याहरूको प्रयोग *युएसटी* मा गरिन्छ ।
केही देशहरूमा दशमलव बिन्दुको प्रयोग गरिन्छ भने कति देशहरूमा दशमलव अल्प विरामको प्रयोग गर्नुहोस् । यसैले दशमलव अल्प विरामको प्रयोग गर्ने देशहरूले "३.७ मिटर" लाई "३,७ मिटर" लेख्छन् । केही संस्कृतिका मानिसहरूले भिन्‍नको प्रयोग गर्न रुचाउँछन् । (हेर्नुहोस् [भिन्‍नहरू](../translate-fraction/01.md))
युएसटीमा सङ्ख्याका भागहरूलाई दशमलवमा वा भिन्‍नमा लेखिन्छ । मिटर, ग्राम, लिटर जस्ता नापतौलमा दशमलवको प्रयोग गरिन्छ ।
#### युएसटीमा प्रयोग गरिएको दशमलव
| दशमलव | भिन्‍न | सामान्य भिन्‍न |
| -------- | -------- | -------- |
|.१ |एकको दशौँ भाग | |
|.२ |दुईको दशौँ भाग | एकको पाचौँ भाग |
|.३ |तिनको दशौँ भाग | |
|.४ |चारको दशौँ भाग | दुईको पाचौँ भाग|
|.५ |पाँचको दशौँ भाग | एक आधा |
|.६ |छको दशौँ भाग | तिनको दशौँ भाग |
|.७ |सातको दशौँ भाग | |
|.८ |आठको दशौँ भाग | चारको पाचौँ भाग |
|.९ |नौको दशौँ भाग | |
|.२५ |पच्चिसको को एक सयौँ भाग | एक चौथाइ |
|.७५|पचहत्तरको एक सयौँ भाग | तिन चौथाइ |
#### यो अनुवादको विषय हुनुको कारण
* यदि अनुवादकहरूले युएसटीमा भएको नापतौलको प्रयोग गर्न चाहन्छन्, तिनमा प्रयोग गरिएको दशमलव सङ्ख्याको प्रयोगलाई बुझ्‍नुपर्छ ।
* अनुवादकले ती सङ्ख्याको अनुवाद पाठकहरूले बुझ्‍ने तरिकाले गर्नुपर्छ ।
### बाइबलबाट उदाहरणहरू
सङ्ख्याका भागहरूको बारेमा बताउन युएलटीमा भिन्‍नको प्रयोग गरिएको छ र युएसटीमा दशमलवको प्रयोग गरिएको छ । नापतौलकोको बारेमा कुरा गर्दा [बाइबलीय दुरी](../translate-bdistance/01.md)र [बाइबलीय तौल](../translate-bweight/01.md), र [बाइबलीय आयतन](../translate-bvolume/01.md)युएलटी र युएसटी बिचको फरक भनेको नै तिनीहरूमा प्रयोग गरिएको फरक प्रणाली हो, ताकि युएलटी र युएसटीमा प्रयोग गरिएको सङ्ख्याको प्रणाली फरक होस् ।
>तिनीहरूले बबुल काठको एउटा सन्‍दूक बनाऊन्‌ । त्‍यसको लमाइ <u>दुई हात आधा</u>, चौडाइ <u>एक हात आधा</u> र उचाइ <u>एक हात आधा</u>को होस्‌ । (प्रस्थान २५:१० यूएलटी)
युएलटीमा "आधा" भनेर भिन्‍नको प्रयोग गरिएको छ । यसलाई दशमलवमा पनि लेख्‍न सकिन्छः .५ ।
>तिनीहरूले बबुल काठको एउटा सन्‍दूक बनाऊन्‌ । त्‍यसको लमाइ <u>एक मिटर</u>, चौडाइ <u>.७ मिटर</u> र उचाइ <u>.७ मिटर</u>को होस्‌ । (प्रस्थान २५:१० यूएसटी)
युएसटीमा दशमलव .७ को प्रयोग गरिएको छ । यो सातको दशौँ भाग बराबर हो ।
दुई हात आधा लगभग एक मिटर जति हो ।
एक हात आधा लगभग .७ मिटर वा एक मिटरको सातको दशौँ भाग हो ।
### अनुवाद रणनीतिहरू
* भिन्‍न मात्र, दशमलव मात्र, वा दुबै कुनको प्रयोग गर्ने निर्णय गर्नुहोस् ।
* युएलटी वा युएसटी वा अन्य प्रकारको नापतौलको प्रणाली कुनको प्रयोग गर्ने निर्णय गर्नुहोस् ।
* यदि तपाईंले भिन्‍न र युएलटीमा प्रयोग भएको नापतौलको प्रणाली प्रयोग गर्ने निर्णय गर्नुभयो भने, युएलटीमा भएको सङ्ख्या र नापतौललाई अनुवाद गर्नुहोस् ।
* यदि तपाईंले दशमलव र युएसटीमा प्रयोग Iभएको नापतौलको प्रणाली प्रयोग गर्ने निर्णय गर्नुभयो भने, युएसटीमा भएको सङ्ख्या र नापतौललाई अनुवाद गर्नुहोस् ।
१. यदि तपाईंले दशमलव र युएलटीमा प्रयोग भएको नापतौलको प्रणाली प्रयोग गर्ने निर्णय गर्नुभयो भने, युएलटीमा भएको भिन्‍नलाई दशमलवमा परिवर्तन गर्नुहोस् ।
२. यदि तपाईंले भिन्‍न र युएसटीमा प्रयोग भएको नापतौलको प्रणाली प्रयोग गर्ने निर्णय गर्नुभयो भने, युएसटीमा भएको दशमलवलाई भिन्‍नमा परिवर्तन गर्नुहोस् ।
### अनुवाद रणनीतिहरूका प्रयोगका उदाहरणहरू
१. यदि तपाईंले दशमलव र युएलटीमा प्रयोग भएको नापतौलको प्रणाली प्रयोग गर्ने निर्णय गर्नुभयो भने, युएलटीमा भएको भिन्‍नलाई दशमलवमा परिवर्तन गर्नुहोस् ।
* **तेलमा मुछेको <u>डेढ पाथी</u> मसिनो पीठो, र <u>आधा माना तेल ल्‍याओस्‌ । </u>** (लेवी १४:१० यूएलटी)
* “ तेलमा मुछेको <u>१.५ पाथी</u> मसिनो पीठो, र <u>.५ माना तेल ल्‍याओस्‌ । </u>"(लेवी १४:१० )
२. यदि तपाईंले भिन्‍न र युएसटीमा प्रयोग भएको नापतौलको प्रणाली प्रयोग गर्ने निर्णय गर्नुभयो भने, युएसटीमा भएको दशमलवलाई भिन्‍नमा परिवर्तन गर्नुहोस् ।
* **तेलमा मुछेको <u>६.५ लिटर</u> मसिनो पीठो, र एक तिहाइ लिटर<u> तेल ल्‍याओस्‌ । </u>** (लेवी १४:१० यूएसटी)
* “तेलमा मुछेको <u>साढे छ लिटर</u> मसिनो पीठो, र <u>एक तिहाइ लिटर</u> तेल ल्‍याओस्‌ ।”