ne_ta/translate/translate-chapverse/01.md

50 lines
8.6 KiB
Markdown

### वर्णन
बाइबलका पुस्तकहरू लेखिएको समयमा अध्याय र पदहरू छुट्याइएको थिएन । मानिसहरूले यिनीहरूलाई पछि थपेका हुन् र अरूले बाइबलका कुनै खण्डलाई खोजी गर्न सजिलो होस् भनेर अध्याय र पदको सङ्ख्या तोकेका हुन् । यो काम एउटै मानिसले मात्र नगरेको कारणले फरक-फरक अनुवादमा फरक-फरक किसिमका सङ्ख्या प्रणालीको प्रयोग गरिएको छ । तपाईंले प्रयोग गर्ने बाइबल र युएलटीको सङ्ख्या प्रणाली फरक पाउनुभयो भने तपाईंले प्रयोग गरेको बाइबलको सङ्ख्या प्रणालीको प्रयोग गर्ने तपाईंको इच्छा हुन सक्छ ।
#### यो अनुवादको विषय हुनुको कारण
तपाईंको भाषा प्रयोग गर्ने मानिसहरूले अर्को भाषामा लेखिएको बाइबलको पनि प्रयोग गर्न सक्छन् । यदि तिनीहरूले प्रयोग गर्ने बाइबल र तपाईंले अनुवाद अनुवाद गरेको बाइबलमा फरक सङ्ख्या प्रणालीको प्रयोग गरिएको रहेछ भने उनीहरूले अध्याय र पद सङ्ख्याको कुरा गर्दा कुन अध्याय र पदको कुरा गरेको हो भन्‍ने कुरा छुट्याउन कठिन पर्छ ।
### बाइबलबाट उदाहरणहरू
><sup>१४</sup> तर तिमीलाई चाँडै भेट्‌ने आशा गर्दछु, र हामी आमनेसामने भेटेर कुरा गरौंला । <sup>**१५**</sup> तिमीलाई शान्‍ति मिलोस्‌। सबै मित्रहरूबाट तिमीलाई अभिवादन। मित्रहरूलाई नाउँ लिएर अभिवादन देऊ । (३ यूह्‍ना १:१४-१५ यूएलटी)
३ यूहन्‍नामा एक मात्र अध्याय भएको कारण केही संस्करणहरूमा अध्यायको सङ्ख्या प्रयोग गरिएको छैन । युएलटी र युएसटीमा यसलाई अध्याय १ भनेर लेखिएको छ । यसैगरी केही संस्करणहरूमा १४ र १५ पदहरूलाई दुई पदहरूमा विभक्त गरिएको छैन । यी सबैलाई १४ पद भनेर उल्लेख गरिएको छ ।
>आफ्‍नो छोरो अब्‍शालोमदेखि भाग्‍दा दाऊदको भजन ।
><sup></sup> हे परमप्रभु, मेरा शत्रुहरू कति धेरै छन्‌! मेरो विरुद्धमा उठ्‌नेहरू धेरै छन्‌। (भजनसंग्रह ३:१ यूएलटी)
कुनै भजनहरूको अगाडि ती भजनहरूको वर्णन गरिएको पाउँछौँ । कुनै भजनमा ती भजनलाई पद सङ्ख्या दिइएको छैन भने अन्यमा पद १ भनेर पद दिइएको हुन्छ र वास्तविक भजन पद २ बाट सुरु हुन्छ ।
>... अनि मादी राजा दाराले बयसट्ठी वर्षको उमेरमा त्‍यो राज्‍य लिए। (दानिएल ५:३१ यूएलटी)
केही संस्करणहरूमा हो दानिएल ५ को अन्तिम पद हो । अन्य संस्करणहरूमा यो दानिएल ६ को पहिलो पद हो ।
### अनुवाद रणनीतिहरू
१. यदि तपाईंको भाषा बोल्‍ने मानिसहरूले अर्को बाइबलको प्रयोग गर्ने गरेका छन् भने सोही अनुसारको अध्याय र पद सङ्ख्या प्रयोग गर्नुहोस् । पदहरूलाई कसरी उल्लेख गर्ने भन्‍ने सम्बन्धमा थप जानकारीको लागि [अनुवाद स्टुडियो अनुप्रयोग (APPS)](http://help.door43.org/en/knowledgebase/13-translationstudio-android/docs/24-marking-verses-in-translationstudio) मा हेर्नुहोस् ।
### अनुवाद रणनीति प्रयोगका उदाहरणहरू
यदि तपाईंको भाषा बोल्‍ने मानिसहरूले अर्को बाइबलको प्रयोग गर्ने गरेका छन् भने सोही अनुसारको अध्याय र पद सङ्ख्या प्रयोग गर्नुहोस् ।
तल दिइएको उदाहरण ३ यूहन्‍ना १ बाट लिइएको हो । केही बाइबलहरूमा यसलाई पद १४ र १५ भनेर जनाइएको छ भने केहीमा पद १४ भनेर जनाइएको छ । तपाईंले अन्य बाइबलमा जसरी जनाइएको छ त्यसरी नै जनाउन सक्‍नुहुन्छ ।
**<sup>१४</sup> तर तिमीलाई चाँडै भेट्‌ने आशा गर्दछु, र हामी आमनेसामने भेटेर कुरा गरौंला ।** <sup><u>१५</u></sup> **तिमीलाई <u>शान्‍ति</u> मिलोस्‌। सबै मित्रहरूबाट तिमीलाई अभिवादन । मित्रहरूलाई नाउँ लिएर अभिवादन देऊ ।** (३ यूह्‍ना १:१४-१५ यूएलटी)
<sup>१४</sup> तर तिमीलाई चाँडै भेट्‌ने आशा गर्दछु, र हामी आमनेसामने भेटेर कुरा गरौंला । तिमीलाई शान्‍ति मिलोस्‌। सबै मित्रहरूबाट तिमीलाई अभिवादन। मित्रहरूलाई नाउँ लिएर अभिवादन देऊ । (३ यूह्‍ना १:१४-१५)
अर्को उदाहरण भजनसंग्रह ३ बाट लिइएको छ । केही बाइबलमा भजनको सुरुमा भएको वर्णनलाई पदको रूपमा उल्लेख गरिएको छ । तपाईंले अर्को बाइबलमा प्रयोग गरिएको तरिका अनुसार पद सङ्ख्यालाई जनाउनुहोस् ।
* **आफ्‍नो छोरो अब्‍शालोमदेखि भाग्‍दा दाऊदको भजन ।***
<sup></sup> **हे परमप्रभु, मेरा शत्रुहरू कति धेरै छन्‌ !**
**मेरो विरुद्धमा उठ्‌नेहरू धेरै छन्‌।** (भजनसंग्रह ३:१ यूएलटी)
<sup></sup> **मेरो विषयमा धेरैले भनिरहेछन्‌,**
**“परमेश्‍वरले त्‍यसलाई सहायता गर्नुहुने छैन।” *सेला***