ne_ta/translate/translate-bdistance/01.md

65 lines
13 KiB
Markdown

### विवरण
दूरी वा लम्बाइको नाप लिनको लागि बाइबलमा प्रयोग गरिएका शब्दावलीहरू तल दिइएका छन् । धेरैजसो हात वा पाखुराको नापको आकारमा आधारित छन्
* **हत्केला** चाहिँ मानिसको हातको चौडाइ थियो ।
* **बित्ता** चाहिँ औँलाहरू तन्काएर नापिने माप थियो ।
* **हात** मानिसको पाखुराको लम्बाइ , कुहिनो देखि सबैभन्दा लामो औलाको टुप्पासम्मको भाग ।
* **”लामो हात** इजिकिएल ४०-४८ सम्म प्रयोग गरिएको छ । यसको लम्बाइ एक हात र एक बित्ता हो ।
* **स्टेइडिअम्** (बहुवचन, **स्टेइडिआ**) यसले १८५ मिटर लामो दौडने जमिनलाई जनाउँछ । केही पुराना अङ्ग्रेजी संस्करणको अनुवादमा यसलाई गज भनेर पनि अनुवाद गरिएको छ , जसलाई जोत्ने जमिनको औसत लम्बाइको रूपमा पनि इङ्गित गरिन्छ ।
तलको तालिकामा दिईएको मेट्रिक नाप बाइबलको नामको ठ्याक्कै नाप नभई अनुमानित मात्र हुन् ।बाइबलीय नाप समय र स्थान अनुसार फरक पर्नसक्छन् । तल दिइएका नाम औषध वरवरको नाप दिने प्रयास हुन् ।
| मूल नाप | मेट्रिक नाप |
| -------- | -------- |
| हत्केला | ८ सेन्टिमिटर |
| बित्ता | २३ सेन्टिमिटर |
| हात | ४६ सेन्टिमिटर |
| “लामो हात" | ५४ सेन्टिमिटर |
| स्टेइडिया | १८५ मिटर |
#### अनुवाद सिद्वान्तहरू
१. बाइबलका समयका मानिसहरूले मिटर, लिटर, र किलोग्रामजस्ता आधुनिक मापनहरूको प्रयोग गर्दैन थिए । मूल मापनहरूको प्रयोग गर्दा मानिसहरूलाई बाइबल धेरै वर्ष अगाडि लेखिएको थियो भन्‍ने कुरा बुझ्‍न मदत मिल्छ ।
२. आधुनिक मापनको प्रयोगले पाठकहरूलाई पाठ अझ स्पष्टसँग बुझ्‍नलाई मदत मिल्छ ।
३. जुनसुकै मापनको प्रयोग गरेता पनि पनि पादटिप्पणीमा वा पाठमा अर्को मापन प्रणालीलाई उल्लेख गर्नु असल हुन्छ ।
४‍. यदि तपाईंले बाइबलीय मापनहरूको प्रयोग गर्नुहुन्‍न भने पाठकहरूलाई ती मापनहरू सही छन् भन्‍ने भान पर्न नदिनुहोस् । उदाहरणको निम्ति, यदि तपाईंले एक हातलाई "४६" मिटर वा ४६ सेन्टिमिटर भनेर अनुवाद गर्नुभयो भने पाठकहरूले त्यो मापन सही हो भन्‍ने बुझ्छन् । यसको साटोमा "४५ सेन्टिमिटर," वा "५० सेन्टिमिटर," भन्‍नु ठिक हुन्छ ।
५. कहिलेकाहीँ मापन ठ्याक्कै मिल्दैन भन्‍ने जनाउन "लगभग" शब्दको प्रयोग गर्नु उचित हुन्छ । लूका २४; १३ मा इम्माउस यरूशलेमबाट साठी स्टाडा टाढा थियो भनिएको छ । यसलाई यरूशलेमबाट "लगभग दश किलोमिटर" टाढा थियो भनेर पनि अनुवाद गर्न सकिन्छ ।
६. जब परमेश्वरले केही वस्तु कति टाढा हुनुपर्छ भनेर मानिसहरूलाई भन्नुहुन्छ, र जब सोहि अनुसारको लम्बाइ अनुसारको वस्तु मानिसहरूले बनाउँछन्, त्यस्तो अवस्थामा "लगभग" प्रयोग गर्नु हुँदैन् । त्यस्तो भयो भने कुनै वस्तु कति लामो हुनुपर्छ भनेर ठ्याक्कै भन्‍ने कुरामा परमेश्वरले ध्यान दिनुहुन्‍न भन्‍ने कुराको प्रभाव मानिसहरूमा पर्नसक्छ ।
### अनुवादका रणनीतिहरू
१. युएलटीमा प्रयोग गरिएका मापनहरूको प्रयोग गर्नुहुोस् । यी मापनहरू मूल लेखकहरूले प्रयोग गरेका मापनहरूसँग मेल खान्छन् । तिनीहरूको उच्चारण युएलटीमा भएको जस्तै गरी प्रयोग गर्नुहोस् । (हेर्नुहोस् [शब्दहरूको नक्कल वा सापटी](../translate-transliterate/01.md))
२. युएसटीमा प्रयोग गरिएका मापनहरूको प्रयोग गर्नुहोस् । युएसटीका लेखकहरूले मापन प्रणालीलाई कसरी व्यक्त गर्ने भन्‍ने कुराको निर्णय सोच विचार गरेर नै गरेका हुन् ।
३. तपाईंको भाषामा प्रयोग गरिएको मापनहरूको प्रयोग गर्नुहोस् । यसो गर्नको निम्ति तपाईंले हरेक मापनको निम्ति तपाईंको मापन प्रणालीलाई मेट्रिक मापन प्रणालीसँग जोड्नुपर्छ ।
४. युएलटीको मापनहरूको प्रयोग गर्नुहोस् र तपाईंका मानिसहरूले बुझ्‍ने मापनलाई पाठमा वा टिप्पणीमा उल्लेख गर्नुहोस् ।
५. तपाईंका मानिसहरूले जानेका मापनहरूको प्रयोग गर्नुहोस् र युएलटीका मापनहरूलाई पाठमा वा टिप्पणीमा उल्लेख गर्नुहोस् ।
### प्रयोग गरिएका अनुवाद रणनीतिहरू
तल दिईएको प्रस्थान २५:१० मा सबै रणनीतिहरू प्रयोग गरिएका छन् ।
* **तिनीहरूले बबुल काठको एउटा सन्‍दूक बनाऊन्‌। त्‍यसको लम्बाइ दुई हात आधा, चौडाइ एक हात आधा र उचाइ एक हात आधाको होस ।** (प्रस्थान ५:१०)
१. युएलटीमा प्रयोग गरिएका मापनहरूको प्रयोग गर्नुहुोस् । यी मापनहरू मूल लेखकहरूले प्रयोग गरेका मापनहरूसँग मेल खान्छन् । तिनीहरूको उच्चारण युएलटीमा भएको जस्तै गरी प्रयोग गर्नुहोस् । (हेर्नुहोस् [शब्दहरूको नक्कल वा सापटी](../translate-transliterate/01.md))
* “तिनीहरू बबुल काठको एउटा सन्‍दूक बनाऊन‌्। यसको लम्बाइ <u>दुई हात आधा हुनुपर्छ; यसको चौडाइ एक हात आधा हुने छ ; र यसको उचाइ </u>एक हात आधाको हुनेछ।
२. युएसटीमा प्रयोग गरिएका मापनहरूको प्रयोग गर्नुहोस् । युएसटीका लेखकहरूले मापन प्रणालीलाई कसरी व्यक्त गर्ने भन्‍ने कुराको निर्णय सोच विचार गरेर नै गरेका हुन् ।
* “तिनीहरू बबुल काठको एउटा सन्‍दूक बनाऊन‌् । यसको लम्बाइ <u>एक मिटर हुनुपर्छ; यसको चौडाइ </u> एक मिटरको तीन भागको दुई भाग हुने छ ; <u>र यसको उचाइ </u> एक मिटरको तीन भागको दुई भाग हुनेछ ।"
३. तपाईंको भाषामा प्रयोग गरिएको मापनहरूको प्रयोग गर्नुहोस् । यसो गर्नको निम्ति तपाईंले हरेक मापनको निम्ति तपाईंको मापन प्रणालीलाई मेट्रिक मापन प्रणालीसँग जोड्नुपर्छ ।
* <u>“तिनीहरू बबुल काठको एउटा सन्‍दूक बनाऊन‌्। यसको लम्बाइ </u>३ ३/४ फुट हुनुपर्छ; यसको चौडाइ <u> २ १/४ फुट हुनेछ ; र यसको उचाइ </u> २ १/४ फुट हुनेछ। "
४. युएलटीको मापनहरूको प्रयोग गर्नुहोस् र तपाईंका मानिसहरूले बुझ्‍ने मापनलाई पाठमा वा टिप्पणीमा उल्लेख गर्नुहोस् ।
* <u>“तिनीहरू बबुल काठको एउटा सन्‍दूक बनाऊन‌्। यसको लम्बाइ </u> दुई र आधा हात (एक मिटर ) हुनुपर्छ; यसको चौडाइ <u> एक हात र आधा (मिटरको तीन भागको दुई भाग) हुनेछ ; र यसको उचाइ </u> फक हात र आधा (एक तीन भागको दुई भाग) हुनेछ। "
५. तपाईंका मानिसहरूले जानेका मापनहरूको प्रयोग गर्नुहोस् र युएलटीका मापनहरूलाई पाठमा वा टिप्पणीमा उल्लेख गर्नुहोस् ।
* तिनीहरू बबुल काठको एउटा सन्‍दूक बनाऊन‌्। यसको लम्बाइ <u> एक मिटर </u><sup></sup>हुनुपर्छ; यसको चौडाइ </u><sup></sup>मिटरको तीन भागको दुई भाग हुनेछ ; र यसको उचाइ <u>एक तीन भागको दुई भाग </u> हुनेछ। " फुटनोटहरू यस्तो देखिनेछ :
* <sup>[१]</sup> दुई हात र आधा
* <sup>[२]</sup> एक र आधा हात