ne_ta/translate/resources-synequi/01.md

18 lines
3.0 KiB
Markdown

### विवरण
केही टिप्पणीहरूले यूएलटीबाट साभार गरिएका शब्द वा वाक्यांशलाई प्रतिस्थापन गर्नको निम्ति सल्लाह प्रदान गर्छन् । यी प्रतिस्थापनहरूले वाक्यको अर्थ परिवर्तन गर्दैनन् । यिनीहरू पर्यायवाची र समानार्थी वाक्यांशहरू हुन् र दोहोरो उद्धरणमा लेखिएका हुन्छन् । यिनीहरूको अर्थ यूएलटीमा पाठको अर्थसँग मेल खान्छ । यूएलटीमा भएको शब्द वा वाक्यांश तपाईंको भाषामा स्वभाविक वा समान नदेखिएको अवस्थामा यस प्रकारको टिप्पणीले त्यहि कुरालाई फरक तरिकाले व्यक्त गर्ने कुरा सोच्‍न तपाईंलाई मदत गर्छ ।
### अनुवाद टिप्पणीहरू उदाहरणहरू
> परमप्रभुको <u>मार्ग</u> तयार पार, (लुका ३:४)
* **मार्ग** - “बाटो” वा “सडक””
यो उदाहरणमा, "बाटो" वा "सडक" शब्दहरूले यूएलटीमा भएको शब्द "मार्ग" लाई प्रतिस्थापन गर्न सक्छ । "बाटो", "सडक" वा "मार्ग" तपाईंको भाषामा स्वभाविक छ या छैन तपाईंले निर्णय गर्न सक्नुहुन्छ ।
> <u>त्यसै गरी, डिकनहरू</u>, दुई- जिब्रे होइन, गम्भीर हुनुपर्छ । (१ तिमोथी ३:८ )
* **त्यसै गरी, डिकनहरू** - “समान तरिकाले, डिकनहरू” वा “डिकनहरू, निरीक्षक जस्तै”
यो उदाहरणमा, शब्दहरू "समान तरिकाले, डिकनहरू" वा "डिकनहरू निरीक्षक जस्तै" लाई यूएलटीमा "त्यसै गरी डिकनहरू" शब्दले प्रतिस्थापन गर्न सकिन्छ । तपाईंको भाषामा कुन स्वभाविक हुन्छ सोही अनुसार तपाईंले अनुवादकको हैसियतले निर्णय गर्न सक्नुहुन्छ ।