ne_ta/translate/resources-porp/01.md

21 lines
4.6 KiB
Markdown

### विवरण
कहिलेकाहीँ बाइबलका विद्वानहरू बाइबलमा भएका निश्‍चित वाक्यांश वा वाक्यले भन्‍न खोजेको के हो भन्‍ने कुरामा निश्‍चित हुँदैनन्, वा यसको अर्थमा सहमत हुँदैनन् । यसका केही कारणहरू यस प्रकार छन्ः
१. प्राचीन बाइबलका पाठहरूमा साना-साना फरकहरू हुन्छन् ।
२. एउटा शब्दको एकभन्दा धेरै अर्थ वा प्रयोग हुन्छ ।
३. कुनै एउटा निश्‍चित वाक्यांशमा एउटा शब्द (जस्तै एउटा सर्वनाम) ले के जनाउँछ गर्छ भन्‍ने कुराको स्पष्ट नहुन सक्छ ।
### अनुवाद टिप्पणीहरूका उदाहारणहरू
धेरै विद्वानहरूले एउटा शब्द वा वाक्यांशको अर्थ एउटा र अरु धेरैले विद्वानहरूले अरु कुनै हो भन्‍ने गर्छन् । तिनीहरूले दिने अर्थहरू मध्ये सबेभन्दा साझा अर्थ हामी देखाउँछौं । यस्तो अवस्थामा हाम्रा टिप्पणीहरूको सुरुवात "सम्भावित अर्थ" बाट हुन्छ र त्यसपछि **सङ्ख्यात्मक सूची** दिइएको हुन्छ । हामी तपाईंलाई दिइएका अर्थहरूमध्ये पहिलो अर्थ प्रयोग गर्ने सिफारिस गर्छौं । यद्यपि तपाईंका समुदायका मानिसहरूसँग सम्भावित अर्थहरू मध्ये कुनै अर्थको प्रयोग भएको अर्को बाइबलको उपलब्धता छ र तपाईंले त्यो अर्थ प्रयोग गर्न उत्तम ठान्‍नुभयो भने त्यसको प्रयोग गर्ने लागि निर्णय तपाईंले गर्न सक्नुहुन्छ ।
>तब सिमोन पत्रुस, यो देखेपछि, <u> येशूको पाउमा घोप्टो परेर </u> भने, "हे प्रभु, मबाट जानुहोस्, किनकि मा पापी मानिस हुँ ।" (लुका ५:८)
* **येशूको पाउमा घोप्टो परे** - सम्भावित अर्थहरूः १) "येशूको अगाडि घोप्टो पर्नु" वा २) "येशूको पाउमा घोप्टो पर्नु" वा ३) '"येशूको पाउमा जमिनमा लम्पसार पर्नु ।" पत्रुसले यो झुक्किएर गरेका होइनन् । येशूको निम्ति नम्रता र आदरको संकेत स्वरुप उनले यसो गरेका हुन् ।
### अनुवाद रणनीतिहरू
१. यसलाई यस्तो तरिकाले अनुवाद गर्नुहोस् कि पाठकहरूले दुबै अर्थलाई सम्भावनाको रूपमा बुझ्‍न सकून् ।
२. यदि तपाईंको भाषामा यो गर्न सम्वभ छैन भने एउटा अर्थ छान्‍नुहोस् र त्यही अर्थ प्रयोग गरी अनुवाद गर्नुहोस् ।
३. यदि एउटा अर्थ नछानेको कारणले पाठकहरूलाई सामान्य रूपमा खण्ड बुझ्‍नको लागि यसले कठिन बनाउँछ भने एउटा अर्थ छान्‍नुहोस् र त्यहि अर्थ प्रयोग गरी अनुवाद गर्नुहोस् ।