ne_ta/translate/resources-fofs/01.md

22 lines
6.1 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

### विवरण
शाब्दिक अर्थ दिने शब्दहरूको प्रयोग नगरी कुनै कुरा व्यक्त गर्नको निम्ति प्रयोग गरिने तरिकालाई अलङ्‍कार भनिन्छ । अलङ्‍कार सिधा अर्थ दिने शब्दभन्दा फरक हुन्छ । अलङ्‍कार विभिन्‍न प्रकारका हुन्छन् ।
खण्डमा प्रयोग गरिएको अलङ्‍कारको अर्थ अनुवाद टिप्पणीहरूमा व्याख्या गरिएको हुन्छ । कहिलेकाहीँ वैकल्पिक अनुवाद पनि दिइएको हुन्छ । जसलाई “वैकल्पिक अनुवाद” भनेर लेखिएको हुन्छ । अनुवाद एकेडेमी (अनुवाद एकेडेमी) पृष्ठमा जाने लिङ्क पनि हुन्छ जसले यस्ता अलङ्‍कारको थप जानकारी र अनुवाद रणनीतिहरू उपलब्ध गराउँछ ।
अर्थलाई अनुवाद गर्नको लागि तपाईंले अलङ्‍कारलाई पहिचान गर्न सक्षम हुनुपर्छ र स्रोत भाषामा यसको अर्थ के हुन्छ भनी थाहा पाउनुपर्छ । त्यसपछि लक्षित भाषामा अनुवाद गर्दा उस्तै अर्थ दिनको लागि अलङ्‍कारको प्रयोग गर्ने वा सिधा अर्थ संचार गर्ने भन्‍ने कुराको छनौट गर्न सकिन्छ ।
### अनुवाद टिप्पणीहरूका उदाहरणहरू
<u>मेरो नाउँमा </u> धेरै जना आउने छन् र भन्‍ने छन्, ‘म उहि नै हुँ, र तिनीहरूले धेरैलाई भ्रममा पार्ने छन् । (मर्कूस १३:६)
* **मेरो नाउँमा** - सम्भावित अर्थहरू १) वैकल्पिक अनुवाद: “मेरो अधिकारलाई दाबी गरेर ” २) “परमेश्‍वरले उनीहरूलाई पठाएको भनी दाबी गरेर ।” (हर्नुहोस् : [लक्षणाात्मक](../figs-metonymy/01.md) र [वाक्पद्धति](../figs-idiom/01.md))
यस टिप्पणीमा अलङ्‍कारलाई लक्षणाात्मक भनिन्छ । "मेरो नाउँमा" वाक्यांशले वक्त्ताको नाउँलाई (येशू) इङ्कित गर्दैन, तर उहाँको व्यक्तित्व र अधिकारलाई जनाउँछ । यो पाठमा टिप्पणीले दुईवटा वैकल्पिक लक्षणात्मक अनुवादहरू दिएर व्याख्या गर्दछ । लक्षणाको बारेमा अनुवाद एकेडेमी पृष्ठमा लिङ्क दिइएको हुन्छ । लक्षणाको बारेमा थप जानकारी र लक्षणाको अनुवादसम्बन्धि रणनीतिहरूको लागि लिङ्कमा क्लिक गर्नुहोस् । किनकि यो वाक्यांश एउटा साझा वाक्पद्धति हो । टिप्पणीमा अनुवाद एकेडेमी पृष्ठको सम्पर्क समावेश गरिएको हुन्छ, जसले वाक्पद्धतिको व्याख्या गर्दछ ।
> “<u>“ए सर्पका बच्‍चा हो,</u>! तिमीहरूलाई आइलाग्‍ने क्रोधबाट भाग्‍न कसले चेताउनी दियो? (लुका ३:७)
* **ए सर्पका बच्चा हो** - यो रूपकमा , यूहन्‍नाले भिडलाई सर्पका बच्चासँग तुलना गरेका छन्, जुन घातक वा खतरनाक सर्पहरू र दुष्टलाई प्रतिनिधित्व गर्दछन् । वैकल्पिक अनुवाद: "तिमी दुष्ट विषालु सर्पहरू " वा "मानिसहरू तिमीहरूबाट टाढै बस्‍नुपर्छ जसरी उनीहरू विषालु सर्पहरूदेखि टाढै हुन्छन् "। (हेर्नुहोस्: [रूपक](../figs-metaphor/01.md))
यस टिप्पणीमा भएको अलङ्‍कारलाई लक्षणा भनिन्छ । टिप्पणीले रूपकको व्याख्या गर्दछ र दुईवटा वैकल्पिक अनुवादहरू दिन्छ । त्यसपछि रूपकहरूको बारेमा अनुवाद एकेडेमी पृष्ठमा लिङ्क हुन्छ । रूपकहरूको बारेमा र तिनीहरू अनुवाद गर्ने सामान्य रणनीतिहरूका बारेमा सिक्नको लागि लिङ्कमा क्लिक गर्नुहोस् ।