ne_ta/translate/resources-def/01.md

25 lines
3.0 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

### विवरण
कहिलेकाँही यूएलटीमा भएको कुनै शब्दको अर्थ तपाईंलाई थाहा नहुनसक्छ । यस्तो अवस्थामा अर्थ बुझ्‍नको लागि सजिलो होस् भनेर टिप्पणीमा उक्त शब्द वा वाक्यांशको परिभाषा वा विवरण दिइएको हुनसक्छ ।
### अनुवाद टिप्पणीका उदाहरणहरू
शब्द वा वाक्यांशका सरल परिभाषाहरू वा भनाइहरू वाक्यका स्वरुपबिना नै राखिएका हुन्छन् । केही उदाहरणहरूः
> यो बजारमा केटाकेटीहरू खेलेजस्तै हो, जो बस्छन् र एकले अर्कोलाई बोलाउँछन् र भन्छन् , "हामीले तपाईंको लागि <u>बाँसुरी</u> बजायौँ" ” (मत्ती ११:१६-१७)
* **बजार** - एउटा ठूलो खुला ठाँउ जहाँ मानिसहरू सामानहरू बिक्री वा खरिद गर्न आउँछन् **बाँसुरी** - एउटा लामो, खोक्रो साँगीतिक उपकरण हो जुन फुकेर बजाइन्छ ।
>मानिसहरू जो सुन्दर वस्त्र पहिरिएका हुन्छन् र विलासितामा जिउँछन् तिनीहरू <u>राजदरबार</u>मा हुन्छन् (लूका ७:२५ )
* **राजदरबार** - राजा बस्‍ने एउटा ठूलो र महँगो घर ।
### अनुवादका सिद्वान्तहरू
* सम्भव छ भने पहिले नै तपाईंको भाषामा प्रयोग भइहेका शब्दहरू प्रयोग गनुहोस् ।
* यदि सम्भव छ भने छोटकरीमा व्यक्त्त गर्नुहोस् ।
* परमेश्‍वरको आज्ञा र ऐतिहासिक तथ्यहरूलाई सही तरिकाले प्रस्तुत गर्नुहोस् ।
### अनुवादका रणनीतिहरू
तपाईंको भाषामा थाहा नभएका शब्दहरू अथवा वाक्यांशहरूको अनुवाद गर्नको लागि थप जानकारीलागि [अज्ञात कुराहरूको अनुवाद](../translate-unknown/01.md) हेर्नुहोस् ।