ne_ta/translate/figs-yousingular/01.md

36 lines
9.4 KiB
Markdown

### वर्णन
केही भाषाहरूमा **एकवचन**ले एक जना मानिसलाई जनाउँछ भने **बहुवचन**ले एकभन्दा धेरै व्यक्तिहरूलाई जनाउँछ । यी भाषा बोल्ने अनुवादकहरूले वक्ताले भन्‍न खोजेको कुरालाई बुझेर "तिमी" को सही रूप प्रयोग गर्नुपर्छ । अङ्ग्रेजी जस्ता अरु भाषाहरूमा एउटा मात्र रूपको प्रयोग हुन्छ ।
बाइबल हिब्रू, आरामेइक र ग्रीक भाषामा लेखिएको थियो । ती भाषाहरूमा "तिमी" को **एकवचन** रूपले एक जना व्यक्तिलाई र **बहुवचन** रूपले एकभन्दा धेरै व्यक्तिहरूलाई जनाउँछ । तर कहिलेकाहिँ एकभन्दा धेरै व्यक्तिहरूलाई जनाउनको निम्ति **एकवचन** को प्रयोग पनि गरिएको छ । हामी जब ती भाषाहरूमा बाइबललाई पढ्छौँ तिनमा प्रयोग गरिएका सर्वनाम र क्रियापदले "तिमी" ले एक व्यक्तिलाई जनाउँछ कि धेरैलाई भन्‍ने कुरा स्पष्ट पार्छन् । यद्यपि तिनीहरूले दुई व्यक्तिलाई जनाउँछन् कि एकभन्दा बढीलाई भन्‍ने कुरा भने स्पष्ट पार्दैनन् । यदि सर्वनामले कति जना मानिसलाई जनाउँछ भन्‍ने कुरा स्पष्ट छैन भने वक्ताले कति जना मानिसहरूसँग कुरा गर्दैछन् भन्‍ने कुरा जान्‍नको निम्ति सन्दर्भलाई हेर्नुपर्ने हुन्छ ।
#### यो अनुवादको विषय हुनुको कारण
* आफ्नो भाषामा एकवचन, दोहोरो र बहुवचन रूप भएका अनुवादकहरूले वक्ताले कति जनालाई जनाउन उक्त सर्वनामको प्रयोग गरेको हो भन्‍ने कुरा स्पष्ट रूपमा बुझेर सोही बमोजिमको "तिमी" को रूपको प्रयोग गर्नु जरुरी छ ।
* धेरै भाषाहरूमा कर्ताको रूप अनुसार क्रियाको पनि एकवचन र बहुवचन रूप हुन्छ । त्यसैले "तिमी" लाई जनाउने कुनै पनि सर्वनामको प्रयोग गरिएको छैन भने पनि वक्ताले एक व्यक्तिलाई वा एकभन्दा बढी व्यक्तिलाई सम्बोधन गर्दैछन् भन्‍ने अनुवादकहरूले बुझ्‍नुपर्छ ।
"तिमी" ले एक जना व्यक्तिलाई जनाउँछ कि धेरैलाई भन्‍ने कुरा प्रायः सन्दर्भबाट थाहा हुन्छ । वाक्यमा प्रयोग गरिएका अन्य सर्वनामहरूले वक्ताले कति जना मानिसहरूसँग कुरा गरिरहेका छन् भन्‍ने कुरा जान्‍न मदत गर्छन् ।
कहिलेकाहिँ ग्रीक र हिब्रू वक्ताहरूले मानिसहरूको समूहलाई सम्बोधन गर्नको निम्ति "तिमी" को एकवचन रूप नै प्रयोग गर्छन् । ["तिमी" का रूपहरू - भिडलाई जनाउनको निम्ति एकवचनको प्रयोग](../figs-youcrowd/01.md)
### बाइबलबाट उदाहरणहरू
>तिनले भने, “यी सब त मैले मेरो युवावस्‍थादेखि नै पालन गरेको छु ।” यो सुनेपछि येशूले तिनलाई भन्‍नुभयो, “<u>तिमीलाई</u> अझ एक कुराको अभाव छ । <u>तिमीसँग</u> भएका जे जति छन्‌ ती सबै बेचेर गरीबहरूलाई बाँडिदेऊ, र <u>तिमीलाई</u> स्‍वर्गमा धन हुनेछ, र आऊ, र मेरो पछि लाग ।” (लूका १८:२१, २२ )
"म" भनेर शासकले आफैलाई जनाएका हुन् । येशूले "तिमी" भनेर एक जनालाई मात्र जनाउनुभएको हो भन्‍ने यसले देखाउँछ । यसैले एकवचन र बहुवचन दुवै भएका भाषामा यहाँ एकवचनको प्रयोग गर्नुपर्छ ।
>स्‍वर्गदूतले तिनलाई भने, “<u>तिम्रा</u> लुगा लगाऊ, र जुत्ता लाऊ ।” तब तिनले त्‍यसै गरे । उनले तिनलाई भने, “<u>तिम्रो</u> खास्‍टो ओढेर मेरो पछिपछि लाग ।” (प्रेरित १२:८, )
स्वर्गदूतले एकजनासँग कुरा गरिरहेका छन् भन्‍ने कुरा सन्दर्भबाट थाहा हुन्छ । यसैले एकवचन र बहुवचन दुवै भएका भाषामा यहाँ एकवचनको प्रयोग गर्नुपर्छ । यदि एकवचन र बहुवचनलाई जनाउने क्रियापद फरक हुन्छ भने "तिमी" को एकवचन रूपसँग मिल्ने क्रियापदको प्रयोग गर्नुपर्छ ।
>एउटै विश्‍वासमा भएको मेरो साँचो बालक तीतसलाई ... यसैकारण मैले <u>तिमीलाई</u> क्रेटमा छोडेँ, कि मैले <u>तिमीलाई</u> अह्राएबमोजिम <u>तिमीले</u> त्यहाँ अपूरा कुराहरू पूरा गर्नू र हरेक सहरमा एल्डरहरू नियुक्त गर्नू । ... <u>तिमीले</u> चाहिँ जे पक्का धार्मिक-सिद्धान्त सुहाँउदो छ त्यही सिकाऊ । (तीतस १:४,५; २:१ )
पावलले यो पत्र एक व्यक्ति तीतसलाई लेखेका हुन् । यस पत्रमा प्रयोग गरिएको "तिमी" धेरैजसो तीतसलाई मात्र जनाउँछ ।
#### "तिमी" ले कति जना मानिसहरूलाई जनाउँछ भन्‍ने कुरा पत्ता लगाउने रणनीतिहरू
१. "तिमी" ले एक जनालाई जनाउँछ कि त्योभन्दा बढीलाई भन्‍ने कुरा जान्‍नको लागि टिप्पणी हेर्नुहोस् ।
२. "तिमी" ले एक जनालाई जनाउँछ कि त्योभन्दा बढीलाई भन्‍ने कुरा जान्‍नको लागि युएसटी हेर्नुहोस् ।
३. एकवचन र बहुवचनलाई स्पष्टसँग छुट्याउने बाइबल प्रयोग गर्नुहुन्छ भने उक्त वाक्यमा "तिमी" को प्रयोग कुन सन्दर्भमा प्रयोग गरिएको छ भन्‍ने हेर्नुहोस् ।
४. वक्ताले कोसँग कुरा गर्दैछन् र त्यसको जवाफ कसले दिएको छ भन्‍ने थाहा पाउनको निम्ति सन्दर्भ हेर्नुहोस् ।
http://ufw.io/figs_youdual मा भएको भिडियो हेर्न सक्नुहुन्छ ।