ne_ta/translate/figs-youdual/01.md

37 lines
9.7 KiB
Markdown

### वर्णन
केही भाषाहरूमा **एकवचन**ले एक जना मानिसलाई जनाउँछ भने **बहुवचन**ले एकभन्दा धेरै व्यक्तिहरूलाई जनाउँछ । केही भाषाहरूमा "तिमी" को **दोहोरो** रूप पनि हुन्छ जसले दुई व्यक्तिलाई मात्र जनाउँछ । यी दुईमध्ये एउटा भाषा बोल्‍ने अनुवादकले वक्ताले के भन्‍न खोजेको हो भन्‍ने कुरा बुझेर "तिमी" को उचित रूपको प्रयोग गर्नुपर्छ । अङ्ग्रेजीजस्ता अरु भाषाहरूमा जति धेरै मानिसहरू भएपनि एउटा मात्र रूप हुन्छ ।
बाइबल हिब्रू, आरामेइक र ग्रीक भाषामा लेखिएको थियो । ती भाषाहरूमा "तिमी" को **एकवचन** रूपले एक जना व्यक्तिलाई र **बहुवचन** रूपले एकभन्दा धेरै व्यक्तिहरूलाई जनाउँछ । तर कहिलेकाहिँ एकभन्दा धेरै व्यक्तिहरूलाई जनाउनको निम्ति **एकवचन** को प्रयोग पनि गरिएको छ । हामी जब ती भाषाहरूमा बाइबललाई पढ्छौँ तिनमा प्रयोग गरिएका सर्वनाम र क्रियापदले "तिमी" ले एक व्यक्तिलाई जनाउँछ कि धेरैलाई भन्‍ने कुरा स्पष्ट पार्छन् । यद्यपि तिनीहरूले दुई व्यक्तिलाई जनाउँछन् कि एकभन्दा बढीलाई भन्‍ने कुरा भने स्पष्ट पार्दैनन् । यदि सर्वनामले कति जना मानिसलाई जनाउँछ भन्‍ने कुरा स्पष्ट छैन भने वक्ताले कति जना मानिसहरूसँग कुरा गर्दैछन् भन्‍ने कुरा जान्‍नको निम्ति सन्दर्भलाई हेर्नुपर्ने हुन्छ ।
#### यो अनुवादको विषय हुनुका कारणहरू
* आफ्नो भाषामा एकवचन, दोहोरो र बहुवचन रूप भएका अनुवादकहरूले वक्ताले कति जनालाई जनाउन उक्त सर्वनामको प्रयोग गरेको हो भन्‍ने कुरा स्पष्ट रूपमा बुझेर सोही बमोजिमको "तिमी" को रूपको प्रयोग गर्नु जरुरी छ ।
* धेरै भाषाहरूमा कर्ताको रूप अनुसार क्रियाको पनि एकवचन र बहुवचन रूप हुन्छ । त्यसैले "तिमी" लाई जनाउने कुनै पनि सर्वनामको प्रयोग गरिएको छैन भने पनि वक्ताले एक व्यक्तिलाई वा एकभन्दा बढी व्यक्तिलाई सम्बोधन गर्दैछन् भन्‍ने अनुवादकहरूले बुझ्‍नुपर्छ ।
"तिमी" ले एक जना व्यक्तिलाई जनाउँछ कि धेरैलाई भन्‍ने कुरा प्रायः सन्दर्भबाट थाहा हुन्छ । वाक्यमा प्रयोग गरिएका अन्य सर्वनामहरूले वक्ताले कति जना मानिसहरूसँग कुरा गरिरहेका छन् भन्‍ने कुरा जान्‍न मदत गर्छन् ।
### बाइबलबाट उदाहरणहरू
>जब्‍दियाका दुई छोराहरू, <u>याकूब र यूहन्‍ना</u> उहाँकहाँ आएर भने, “गुरुज्‍यू, हामी तपाईंसँग जे माग्‍छौं तपाईंले हाम्रा निम्‍ति गरिदिनुहोस्‌ भन्‍ने हाम्रो इच्‍छा छ ।”
उहाँ [येशू] ले तिनीहरूलाई सोध्‍नुभयो, “<u>तिमीहरूका</u> निम्‍ति म के गरिदिऊँ भन्‍ने <u>तिमीहरूको</u> इच्‍छा छ?” (मर्कूस १०:३५-३६ )
येशूले याकूब र यूहन्‍ना **दुई** जनालाई तिनीहरूले के चाहन्छन् भनेर सोध्नुभयो । लक्षित भाषामा "तिमी" को **दोहोरो** रूप छ भने त्यसको प्रयोग गर्नुहोस् । लक्षित भाषामा दोहोरो रूप छैन भने बहुवचन रूप प्रयोग गर्नु उचित हुन्छ ।
>… तब उहाँले आफ्‍ना चेलाहरूमध्‍ये दुई जनालाई यसो भनेर पठाउनुभयो, “<u>तिमीहरूका</u> सामुन्‍नेको गाउँमा जाओ, र पस्‍दापस्‍दै <u>तिमीहरूले</u> अहिलेसम्‍म कोही मानिस नचढेको एउटा गधाको बछेडो भेट्टाउने छौ । त्‍यसलाई फुकाएर यहाँ ल्‍याओ । (मर्कूस ११:१-२ )
येशू **दुई** जना व्यक्तिहरूसँग कुरा गर्दै हुनुहुन्छ भन्‍ने कुरा सन्दर्भबाट थाहा हुन्छ । लक्षित भाषामा "तिमी" को **दोहोरो** रूप छ भने त्यसको प्रयोग गर्नुहोस् । लक्षित भाषामा दोहोरो रूप छैन भने बहुवचन रूप प्रयोग गर्नु उचित हुन्छ ।
>परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको सेवक याकूबबाट: ठाउँ-ठाउँमा छरपष्‍ट भएका बाह्र कुललाई, अभिवादन । मेरा भाइ हो, <u>तिमीहरू</u>माथि विभिन्‍न किसिमका आपत्‌-विपत्‌ आइपर्दा तिनलाई पूरा आनन्‍दको कुरा सम्‍झ । किनकि तिमीहरू जान्‍दछौ, <u>तिमीहरूका</u> विश्‍वासको जाँचले धैर्य उत्‍पन्‍न गराउँछ । (याकूब १:१-३ )
याकूबले यो पत्र धेरै मानिसहरूलाई लेखेका हुन् । यसैले "तिमीहरूले" धेरै मानिसहरूलाई जनाउँछ । लक्षित भाषामा "तिमी" को **बहुवचन** रूप छ भने त्यसको प्रयोग गर्नु सबैभन्दा उचित हुन्छ ।
### "तिमी" ले कति जना मानिसहरूलाई जनाउँछ भन्‍ने कुरा पत्ता लगाउने रणनीतिहरू
१. "तिमी" ले एक जनालाई जनाउँछ कि त्योभन्दा बढीलाई भन्‍ने कुरा जान्‍नको लागि टिप्पणी हेर्नुहोस् ।
२. "तिमी" ले एक जनालाई जनाउँछ कि त्योभन्दा बढीलाई भन्‍ने कुरा जान्‍नको लागि युएसटी हेर्नुहोस् ।
३. एकवचन र बहुवचनलाई स्पष्टसँग छुट्याउने बाइबल प्रयोग गर्नुहुन्छ भने उक्त वाक्यमा "तिमी" को प्रयोग कुन सन्दर्भमा प्रयोग गरिएको छ भन्‍ने हेर्नुहोस् ।
४. वक्ताले कोसँग कुरा गर्दैछन् र त्यसको जवाफ कसले दिएको छ भन्‍ने थाहा पाउनको निम्ति सन्दर्भ हेर्नुहोस् ।स
http://ufw.io/figs_youdual मा भएको भिडियो हेर्न सक्नुहुन्छ ।