ne_ta/translate/figs-youcrowd/01.md

62 lines
8.9 KiB
Markdown

### वर्णन
बाइबल हिब्रू, आरामेइक र ग्रीक भाषामा लेखिएको थियो । ती भाषाहरूमा "तिमी" को **एकवचन** रूपले एक जना व्यक्तिलाई र **बहुवचन** रूपले एकभन्दा धेरै व्यक्तिहरूलाई जनाउँछ । तर कहिलेकाहिँ एकभन्दा धेरै व्यक्तिहरूलाई जनाउनको निम्ति **एकवचन** को प्रयोग पनि गरिएको छ । अङ्ग्रेजी बाइबल पढ्दा यो त्यति स्पष्ट देखिन्‍न किनकि अङ्ग्रेजीमा "तिमी" को एकवचन र बहुवचन दुवै रूप एउटै हुन्छ । तर दुवै रूप भएका भाषामा यसलाई स्पष्ट देख्‍न सकिन्छ ।
यसैगरी पुरानो करारमा मानिसहरूको समूहहरूलाई जनाउनको निम्ति बहुवचन सर्वनाम "उनीहरू" को ठाउँमा एकवचन सर्वनाम "ऊ" को प्रयोग गरिएको छ ।
### यो अनुवादको विषय हुनुको कारण
* धेरै भाषाहरूमा "तिमी" को सामान्य रूपको प्रयोग गरिएको हुन्छ यसको निम्ति त्यसले एकवचन वा बहुवचन केलाई जनाएको छ भन्‍ने कुरा अनुवादकले राम्ररी बुझ्‍नुपर्छ ।
* केही भाषाहरूमा एकभन्दा धेरै व्यक्तिको बारेमा कुरा गर्दा एकवचनको प्रयोग गर्दा यसले पाठक वा श्रोतालाईअलमलमा पार्न सक्छ ।
### बाइबलबाट उदाहरणहरू
><sup></sup>“होशियार बस, <u>तिमीहरू</u> मानिसहरूलाई देखाउनलाई धर्मकार्य नगर । नत्रता स्‍वर्गमा हुनुहुने <u>तिमीहरूका</u> पिताबाट तिमीहरूले केही इनाम पाउने छैनौ । <sup></sup> “यसकारण जब <u>तिमी</u> दान दिन्‍छौ, तब आफ्‍ना सामु तुरही नबजाऊ, जस्‍तो ढोंगीहरूले सभाघरहरू र सडकहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्‌ । साँच्‍चै, म <u>तिमीहरूलाई</u> भन्‍दछु, तिनीहरूले आफ्‍ना इनाम पाइसकेका छन्‌ । (मत्ती ६:१,२ )
येशूले यो भिडलाई भन्‍नुभएको हो । पहिलो पदमा उहाँले "तिमी" को बहुवचन रूपको प्रयोग गर्नुभयो र पद दुईको पहिलो वाक्यमा "तिमी" को एकवचन रूपको प्रयोग गर्नुभयो तर दोस्रो वाक्यमा फेरि बहुवचन रूप नै प्रयोग गर्नुभयो ।
>अनि यी सब कुरा परमेश्‍वरले भन्‍नुभयो: “म परमप्रभु <u>तिम्रा</u> परमेश्‍वर हुँ, जसले <u>तिमीलाई</u> मिश्रदेश, अर्थात्‌ दासत्‍वको देशबाट निकालेर ल्‍याएँ । “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्‍नू । ” (प्रस्थान २०:१-३ )
यो परमेश्‍वरले इस्राएलका मानिसहरूलाई भन्‍नुभएको हो । उहाँले तिनीहरू सबैलाई मिश्रबाट निकाल्नुभयो र त्यसैले तिनीहरूले उहाँको आज्ञा पालना गरून् भन्‍ने उहाँको इच्छा थियो तर उहाँले तिनीहरूसँग कुरा गर्नको निम्ति उहाँले तिमीको एकवचन रूपको प्रयोग गर्नुभयो ।
>परमप्रभु यसो भन्‍नुहुन्‍छ:
>“एदोमका तीन पापहरू,
>अथवा चारै वटा पापहरूका कारण,
>म मेरो क्रोध हटाउनेछैनँ ।
><u>त्‍यसले</u> सबै दयालाई रोकेर
>उटा तरवार लिई आफ्‍ना भाइहरूलाई खेदेको हुनाले,
>र <u>त्‍यसको</u> रीस निरन्‍तर दन्‍किरहेको
>र <u>त्यसको</u> क्रोध सधैँसम्‍मको लागि जलिरहेकोले” (आमोस १:११ )
परमप्रभुले यी कुराहरू एदोम जातिको निम्ति भन्‍नुभएको हो, एउटा मानिसलाई मात्र होइन ।
### अनुवादका रणनीतिहरू
यदि मानिसहरूको समूहलाई जनाउनको निम्ति एकवचन सर्वनामको प्रयोग उचित र स्वभाविक हुन्छ भने त्यसको प्रयोग गर्नुहोस् ।
* यसको प्रयोग वक्ता को हो र वक्ताले कोसँग वा कसको बारेमा कुरा गरेको हो भन्‍ने कुरामा आधारित हुन्छ ।
* वक्ताले के भनिरहेको छ भन्‍ने कुरामा पनि यो भर पर्छ ।
१. यदि मानिसहरूको समूहलाई जनाउनको निम्ति एकवचन सर्वनाम उचित हुँदैन भने वा पाठकहरू अलमलमा पर्ने सम्भावना छ भने सर्वनामको बहुवचन रूप प्रयोग गर्नुहोस् ।
### अनुवादका रणनीतिहरू
१. यदि मानिसहरूको समूहलाई जनाउनको निम्ति एकवचन सर्वनाम उचित हुँदैन भने वा पाठकहरू अलमलमा पर्ने सम्भावना छ भने सर्वनामको बहुवचन रूप प्रयोग गर्नुहोस् ।
>परमप्रभु यसो भन्‍नुहुन्‍छ:
>“एदोमका तीन पापहरू,
>अथवा चारै वटा पापहरूका कारण,
>म मेरो क्रोध हटाउनेछैनँ ।
><u>त्‍यसले</u> सबै दयालाई रोकेर
>एउटा तरवार लिई आफ्‍ना भाइहरूलाई खेदेको हुनाले,
>र <u>त्‍यसको</u> रीस निरन्‍तर दन्‍किरहेको
>र <u>त्यसको</u> क्रोध सधैँसम्‍मको लागि जलिरहेकोले” (आमोस १:११ )
परमप्रभु यसो भन्‍नुहुन्‍छ:
“एदोमका तीन पापहरू,
अथवा चारै वटा पापहरूका कारण,
म मेरो क्रोध हटाउनेछैनँ ।
<u>तिनीहरूले</u> सबै दयालाई रोकेर एउटा तरवार लिई आफ्‍ना भाइहरूलाई खेदेका हुनाले,
<u>तिनीहरूको</u> रीस निरन्‍तर दन्‍किरहेको,
<u>तिनीहरूको</u> क्रोध सधैँसम्‍मको लागि जलिरहेकोले”