ne_ta/translate/figs-synonparallelism/01.md

65 lines
12 KiB
Markdown

### वर्णन
कुनै पनि जटिल विचारलाई दुई वा दुईभन्दा धेरै तरिकाहरूबाट व्यक्त गर्ने काव्यात्मक शब्द चयनलाई **उस्तै अर्थ दिने समानान्तरता** भनिन्छ । दुई वाक्यांशहरूमा भएका उस्तै विचारलाई जोड दिनको निम्ति वक्ताहरूले यसको प्रयोग गर्छन् । यसलाई "पर्यायवाची समानान्तरता" पनि भनिन्छ ।
टिप्पणीः उस्तै अर्थ दिने लामा वाक्यांश वा उपवाक्यहरूलाई जनाउनको निम्ति "उस्तै अर्थ दिने समानान्तरता" को प्रयोग गरिन्छ । उस्तै अर्थ दिने र सँगै प्रयोग गरिने शब्दहरू वा धेरै छोटा वाक्यांशहरूलाई [उस्तै अर्थ दिने जोडी शब्दहरू](../figs-doublet/01.md) भनिन्छ ।
>किनभने <u>मानिसको चाल त सधैँ परमप्रभुको दृष्‍टिमा रहिरहन्‍छ</u>, र <u>उहाँले त्‍यसका सबै मार्गहरू जाँच्‍नुहुन्‍छ</u> । (हितोपदेश ५:२१ )
रेखाङ्‍कन गरिएको पहिलो र दोस्रो वाक्यांशले एउटै अर्थ दिन्छन् । यी दुवै वाक्यांशहरूले उही अर्थ दिन्छन् । "दृष्टिमा रहन्छ" भन्‍ने वाक्यांश "जाँच्‍नुहुन्छ" सँग, "चाल" "सबै मार्गहरू" सँग र "मानिस" चाहिँ "त्यसका" सँग मिल्छ ।
कवितामा प्रयोग गरिएको पर्यायवाची समानान्तरताका विभिन्‍न प्रभावहरू छन्ः
* कुनै कुरालाई एकभन्दा धेरै पटक दोहोर्‍याउने र एकभन्दा धेरै तरिकाले व्यक्त गर्ने कार्यले कुनै कुरा धेरै महत्त्वको छ भन्‍ने देखाउँछ ।
* कुनै विचारलाई फरक तरिकाले व्यक्त गर्नाले श्रोतालाई गहिरो तरिकाले सोच्‍न लगाउँछ ।
* यसले भाषालाई सामान्य बोलिचालीको भाषाभन्दा सुन्दर बनाउँछ ।
#### यो अनुवादको विषय हुनुको कारण
केही भाषा बोल्ने मानिसहरूलाई एउटै कुरालाई दुई पटक त्यही पनि फरक-फरक तरिकाले भन्‍नु त्यति उपयुक्त लाग्दैन । तिनीहरूको विचारमा दुई वाक्यांश वा दुई उपवाक्यहरूले फरक-फरक कुराहरू भन्‍नुपर्छ भन्‍ने लाग्‍न सक्छ । कुनै कुरा दोहोर्‍याउनुको अर्थ त्यसलाई जोड दिनु हो भन्‍ने कुरा तिनीहरूले बुझ्‍दैनन् ।
### बाइबलबाट उदाहरणहरू
>तपाईंका वचन मेरा गोडाका निम्‍ति बत्ती, र मेरो बाटोको निम्‍ति उज्‍यालो हो ।(भजनसङ्ग्रह ११९:१०५ )
वाक्यका दुवै खण्डहरू परमेश्‍वरको मानिसहरूलाई वचनलाई जनाउने रूपकहरू हुन् जसले मानिसहरूलाई जिउन सिकाउँछन् । "बत्ती" र "उज्यालो" उज्यालोलाई नै जनाउने हुनाले दुवैले उस्तै अर्थ दिन्छन् त्यस्तै "मेरो गोडा" र "मेरो बाटो" दुवैले मानिसको हिँडाइलाई जनाउने हुनाले तिनले पनि उस्तै अर्थ दिन्छन् ।
>हे सबै जाति-जातिका मानिस हो, परमप्रभुको <u>स्‍तुति गर</u> । हे सबै जन हो, उहाँको <u>जयजयकार गर</u> (भजनसङ्ग्रह ११७:१ )
यस पदका दुवै खण्डहरूले सबैतिर भएका मानिसहरूले परमप्रभुको प्रशंसा गर्नुपर्छ भनेर बताउँछन् । "स्तुति" र "जयजयकार" ले उस्तै अर्थ दिन्छन् अनि ""सबै जाति" र "सबै जन" ले पनि उस्तै अर्थ दिन्छन् ।
>किनकि <u>आफ्‍नो प्रजासित उहाँको गुनासो छ</u>, उहाँले इस्राएलमाथि <u>एक अपराधको दोष</u> लाउँदैहुनुहुन्‍छ । (मीका ६:२ )
पदका दुवै खण्डहरूले परमप्रभुको इस्राएलीहरूसँग गम्भीर रूपले असहमत हुनुहुन्छ भन्‍ने देखाउँछन् । यी दुई असहम वा दुई समूहका मानिसहरू होइनन् ।
### अनुवादका रणनीतिहरू
तपाईंको भाषामा पनि बाइबलीय भाषामा जस्तै कुनै कुरालाई जोड दिनको निम्ति समानान्तरताको प्रयोग गरिन्छ भने त्यसको प्रयोग गर्नुहोस् । होइन भने तल दिइएकामध्ये कुनै एक रणनीतिको प्रयोग गर्नुहोस् ।
अनुवादका रणनीतिहरू.
१. दुवै उपवाक्यका विचारहरूलाई एउटै बनाउनुहोस् ।
२ कुनै कुरा वास्तवमा नै साँचो छ भन्‍ने देखकाउनको निम्ति उपवाक्यहरूको प्रयोग गरिएको छ भने "साँच्चै" वा "निश्‍चय नै" भन्‍ने शब्दको प्रयोग गर्नुहोस् ।
३. प्रयोग गरिएका उपवाक्यहरूले कुनै विचारलाई जोड दिन्छन् भने "धेरै", "पूर्ण रूपमा" वा "सारा" जस्ता शब्दहरूको प्रयोग गर्नुहोस् ।
### अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू
१. दुवै उपवाक्यका विचारहरूलाई एउटै बनाउनुहोस् ।
* **तपाईंले त अझै पनि मलाई <u>बेवकूफ तुल्‍याइराख्‍नुभएको</u> छ र मलाई <u>झूट बोल्‍दैहुनुहुन्‍छ </u>।** (न्यायकर्ताहरू १६:१३, ) - दलीलाले आफू धेरै रिसाएको कुरालाई जोड दिनलाई यो कुरा व्यक्त गरेकी हो ।
* तपाईंले त अझै पनि मलाई <u>झुट बोलेर बेवकूफ तुल्‍याइराख्‍नुभएको</u> छ ।
* **किनभने <u>मानिसको चाल त सधैँ परमप्रभुको दृष्‍टिमा रहिरहन्‍छ</u>, र <u>उहाँले त्‍यसका सबै मार्गहरू जाँच्‍नुहुन्‍छ</u> ।** (हितोपदेश ५:२१ ) - "त्यसका सबै मार्गहरू" र "उसले गर्ने सबै काम" को निम्ति प्रयोग गरिएको रूपक हो ।
* परमप्रभुले कुनै व्यक्तिले गर्ने <u>सबै कुराहरूमा ध्यान दिनुहुन्छ ।<u>
* **किनकि <u>आफ्‍नो प्रजासित उहाँको गुनासो छ</u>, उहाँले इस्राएलमाथि <u>एक अपराधको दोष</u> लाउँदैहुनुहुन्‍छ ।** (मीका ६:२ ) - यस समानान्तरताले कुनै मानिसका कुनै एक समूहमाथि परमप्रभुको गम्भीर असहति रहेको कुरा जनाउँछ । यदि यो स्पष्ट छैन भने यस वाक्यांशलाई एउटै बनाउन सकिन्छः
* किनकि परमप्रभुले आफ्‍नो प्रजा इस्राएलमाथि <u>एक अपराधको दोष</u> लाउँदैहुनुहुन्‍छ ।
२ कुनै कुरा वास्तवमा नै साँचो छ भन्‍ने देखकाउनको निम्ति उपवाक्यहरूको प्रयोग गरिएको छ भने "साँच्चै" वा "निश्‍चय नै" भन्‍ने शब्दको प्रयोग गर्नुहोस् ।
* **किनभने <u>मानिसको चाल त सधैँ परमप्रभुको दृष्‍टिमा रहिरहन्‍छ</u>, र उहाँले त्‍यसका सबै मार्गहरू जाँच्‍नुहुन्‍छ ।** (हितोपदेश ५:२१ )
* किनभने परमप्रभुले कुनै व्यक्तिले गरेको सबै कुरा <u>साँच्चै हेर्नुहुन्छ</u>
३. प्रयोग गरिएका उपवाक्यहरूले कुनै विचारलाई जोड दिन्छन् भने "धेरै", "पूर्ण रूपमा" वा "सारा" जस्ता शब्दहरूको प्रयोग गर्नुहोस् ।
* **... तपाईंले त अझै पनि मलाई बेवकूफ तुल्‍याइराख्‍नुभएको छ <u></u>मलाई झूट बोल्‍दैहुनुहुन्‍छ ।** (न्यायकर्ताहरू १६:१३ )
* तपाईंले गरेका <u>सबै</u> कुरा मेरो लागि झूट हो ।
* **किनभने <u>मानिसको चाल त सधैँ परमप्रभुको दृष्‍टिमा रहिरहन्‍छ, </u><u> उहाँले त्‍यसका सबै मार्गहरू जाँच्‍नुहुन्‍छ ।</u>** (हितोपदेश ५:२१ )
* कुनै व्यक्तिले गरेका <u>सबै</u> कुरा परमप्रभुले देख्‍नुहुन्छ ।