ne_ta/translate/figs-simile/01.md

68 lines
13 KiB
Markdown

दुई फरक वस्तुहरूको बिचमा तुलना गर्ने कामलाई उपमा भनिन्छ । यसमा एउटा वस्तुलाई अर्को "जस्तो" छ भनेर उल्लेख गरिन्छ । ती दुईमा साझा रहेको गुणलाई ध्यान दिइन्छ र यसमा "जस्तै", "झैँ" वा "भन्दा" जस्ता शब्दहरूको प्रयोग गरिन्छ ।
### वर्णन
दुई फरक वस्तुहरूको तुलना गर्नको निम्ति उपमाको प्रयोग गरिन्छ । ती दुईमा साझा रहेको गुणलाई ध्यान दिइन्छ र यसमा "जस्तै", "झैँ" वा "भन्दा" जस्ता शब्दहरूको प्रयोग गरिन्छ ।
>तर भीडहरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्‍ति दयाले भरियो। किनभने तिनीहरू गोठालाविनाका <u>भेडाहरूजस्‍तै</u> हैरान र असहाय भएका थिए । (मत्ती ९:३६)
येशूले भीडहरूलाई गोठालाविनाका भेडाहरूसँग तुलना गर्नुभयो । आफूलाई सुरक्षित ठाउँहरूमा अगुवाइ गर्ने एउटा असल गोठालाको अभावमा भेडाहरू डराउँछन् । भीडहरू पनि त्यस्तै थिए किनकि तिनीहरूसँग असल धार्मिक अगुवाहरू थिएनन् ।
>हेर, म तिमीहरूलाई ब्‍वाँसाहरूका बिचमा भेडाझैँ पठाइरहेछु, यसकारण तिमीहरू <u>सर्पझैँ</u> चनाखो र <u>ढुकुरझैँ</u> निर्दोष होओ । (मत्ती १०:१६ )
येशूले आफ्ना चेलाहरूलाई भेडा र तिनीहरूका शत्रुहरूलाई ब्‍वाँसाहरूसँग तुलना गर्नुभयो । ब्‍वाँसाहरूले भेडालाई आक्रमण गर्छन् । येशूका शत्रुहरूले पनि उहाँका चेलाहरूलाई आक्रमण गर्ने थिए ।
> परमेश्‍वरको वचन जीवित र क्रियाशील हुन्‍छ, र कुनै पनि दुईधारे <u>तरवारभन्‍दा</u> बढी धारिलो हुन्‍छ । (हिब्रू ४:१२ )
परमेश्‍वरको वचनलाई दुईधारे तरवारसँग तुलना गरिएको छ । दुईधारे तरवारले मानिसको शरीरलाई सजिले काट्न सक्छ । परमेश्‍वरको वचन मानिसको हृदय र विचारहरूलाई प्रकट गर्नको निम्ति प्रभावकारी हुन्छ ।
#### उपमाको उद्देश्य
* उपमाले कुनै थाहा नपाएको कुरालाई थाहा पाएको कुरासँग तुलना गरेर सिकाउन सक्छ ।
* उपमाले मानिसहरूको ध्यान केन्द्रित गर्ने गरी कुनै विशेष गुणलाई जोड दिन्छ ।
* उपमाले पढेको कुराको चित्र दिमागमा ल्याउन वा अनुभव गर्न मदत गर्छ ।
#### यो अनुवादको विषय हुनुका कारणहरू
* मानिसहरूलाई ती दुई कुराहरू कसरी उस्तै छन् भन्‍ने कुरा थाहा नहुन सक्छ ।
* मानिसहरूलाई तुलना गरिएको वस्तुको बारेमा थाहा नहुन सक्छ ।
### बाइबलबाट उदाहरणहरू
>ख्रीष्‍ट येशूका <u>असल सिपाहीझैँ</u> दुःख-भोगमा हामीसँग सहभागी होऊ । (२ तिमोथी २:३ )
यस उपमामा, पावलले दुःखलाई सिपाहीहरूले भोग्‍नुपर्ने कुरासँग तुलना गरेका छन् र तिमोथीलाई तिनीहरूको उदाहरण पच्छ्याउनको निम्ति उत्साह दिएका छन् ।
>किनकि <u>जसरी बिजुली चम्‍कँदा आकाशको एक छेउदेखि अर्को छेउसम्‍म उज्‍यालो पार्छ</u>, मानिसको पुत्र पनि आफ्‍नो दिनमा त्‍यस्‍तै हुने छ । (लूका १७:२४ )
यस पदले मानिसको पुत्र बिजुलीजस्तै हुनुहुने छ भनेर बताउँदैन । यस अगाडिका पदहरूको आधारमा हामीलाई के थाहा हुन्छ भने जसरी बिजुली अचानक चम्किन्छ र सबैले देख्छन्, त्यसरी नै मानिसको पुत्र पनि अचानक आउनुहुने छ र सबैले उहाँलाई देख्‍ने छन् । यसको बारेमा कसैले बताइरहनु पर्दैन ।
### अनुवादका रणनीतिहरू
यदि मानिसहरूले उपमाको सही अर्थ बुझ्छन् भने यसको प्रयोग गर्नुहोस् । यदि बुझ्दैनन् भने, केही रणनीतिहरू तल दिइएका छन्ः
१. दिइएका दुई कुराहरू कसरी उस्तै छन् भन्‍ने कुरा मानिसहरूलाई थाहा छैन भने तिनीहरू कसरी उस्तै छन् भनेर बताउनुहोस् । यदि मूल पाठकहरूलाई त्यसको अर्थ स्पष्ट थिएन भने यसो नगर्नुहोस् ।
२. यदि तुलना गरिएका कुराहरूको बारेमा मानिसहरूलाई थाहा छैन भने तपाईंकै सन्दर्भमा भएको वस्तुको प्रयोग गर्नुहोस् । यसो गर्दा बाइबलमा प्रयोग गर्न मिल्ने वस्तु हुनुपर्छ ।
३. उक्त वस्तुलाई कुनै कुरासँग तुलना नगरी सामान्य रूपले वर्णन मात्र गर्नुहोस् ।
### अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू
१. दिइएका दुई कुराहरू कसरी उस्तै छन् भन्‍ने कुरा मानिसहरूलाई थाहा छैन भने तिनीहरू कसरी उस्तै छन् भनेर बताउनुहोस् । यदि मूल पाठकहरूलाई त्यसको अर्थ स्पष्ट थिएन भने यसो नगर्नुहोस् ।
* **हेर, म तिमीहरूलाई <u>ब्‍वाँसाहरूका बिचमा भेडाझैँ</u> पठाइरहेछु ।** (मत्ती १०:१६ ) - येशूका चेलाहरूले सामना गर्नुपर्ने खतरालाई भेडाहरू ब्वाँसाहरू बिचमा हुने खतरासँग तुलना गरिएको छ ।
* हेर, म तिमीहरूलाई <u>दुष्ट मानिसहरूका बिचमा</u> पठाइरहेछु र तिमीहरूलाई ब्वाँसाहरूको बिचमा हुने <u>भेडाहरूलाई जस्तै खतरा हुन्छ</u>
* **परमेश्‍वरको वचन जीवित र क्रियाशील हुन्‍छ, र कुनै पनि <u>दुईधारे तरवारभन्‍दा</u> बढी धारिलो हुन्‍छ ।** (हिब्रू ४:१२ )
* परमेश्‍वरको वचन जीवित र क्रियाशील हुन्‍छ, र कुनै पनि दुईधारे <u>तरवारभन्‍दा बढी शक्तिशाली</u> हुन्‍छ ।
२. यदि तुलना गरिएका कुराहरूको बारेमा मानिसहरूलाई थाहा छैन भने तपाईंकै सन्दर्भमा भएको वस्तुको प्रयोग गर्नुहोस् । यसो गर्दा बाइबलमा प्रयोग गर्न मिल्ने वस्तु हुनुपर्छ ।
* **हेर, म तिमीहरूलाई <u>ब्‍वाँसाहरूका बिचमा भेडाझैँ</u> पठाइरहेछु ।** (मत्ती १०:१६ ) - यदि मानिसहरूलाई भेडा र ब्वाँसाहरूको बारेमा थाहा छैन वा ब्वाँसाले भेडालाई मार्छ भन्‍ने थाहा छैन भने अन्य जनावरलाई मार्ने कुनै अर्को जनावरको प्रयोग गर्नुहोस् ।
* हेर, म तिमीहरूलाई <u>जङ्गली कुकुरहरूका बिचमा कुखुराझैँ</u> पठाइरहेछु ।*
* **<u>जसरी कुखुरीले आफ्‍ना चल्‍लाहरूलाई पखेटामुनि बटुल्‍छ</u>, त्‍यसरी नै मैले धेरै पल्‍ट तेरा बालकहरूलाई बटुल्‍ने इच्‍छा गरें, तर तैंले मानिनस्‌ ।** (मत्ती २३:३७ )
* <u>जसरी कुखुरीले आफ्‍ना चल्‍लाहरूलाई रेखदेख गर्छ</u>, त्‍यसरी नै मैले धेरै पल्‍ट तेरा बालकहरूलाई बटुल्‍ने इच्‍छा गरें, तर तैंले मानिनस्‌ ।
* **तिमीहरूमा <u>एउटा रायोको दानाजति</u> विश्‍वास भएदेखि,** (मत्ती १७:२०)
* तिमीहरूमा <u>एउटा सानो बिउजति</u> विश्‍वास भएदेखि,
३. उक्त वस्तुलाई कुनै कुरासँग तुलना नगरी सामान्य रूपले वर्णन मात्र गर्नुहोस् ।
* **हेर, म तिमीहरूलाई <u>ब्‍वाँसाहरूका बिचमा भेडाझैँ</u> पठाइरहेछु ।** (मत्ती १०:१६ )
* हेर, म तिमीहरूलाई बाहिर पठाउँछु र <u>मानिसहरूले तिमीहरूको हानी गर्न खोज्‍ने छन् ।</u>
* **<u>जसरी कुखुरीले आफ्‍ना चल्‍लाहरूलाई पखेटामुनि बटुल्‍छ</u>, त्‍यसरी नै मैले धेरै पल्‍ट तेरा बालकहरूलाई बटुल्‍ने इच्‍छा गरें, तर तैंले मानिनस्‌ ।** (मत्ती २३:३७ )
* मैले धेरै पल्‍ट तेरा बालकहरूको सुरक्षा गर्ने प्रयास गरें, तर तैंले मानिनस्‌ ।