ne_ta/translate/figs-sentencetypes/01.md

94 lines
13 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

### वर्णन
एउटा पूर्ण विचार व्यक्त गर्ने शब्दहरूको समूहलाई **वाक्य** भनिन्छ । वाक्यका आधारभूत प्रकारहरू तिनका कार्यसहित तल दिइएका छन् ।
* **अभिव्यक्तिहरू** - यिनीहरूको प्रयोग जानकारी दिनको निम्ति गरिन्छ । _यो एउटा तथ्य हो ।_
* **प्रश्‍नहरू** - जानकारी माग गर्नको निम्ति यिनीहरूको प्रयोग गरिन्छ । _के तपाईं उहाँलाई चिन्‍नुहुन्छ ?_
* **आज्ञार्थ वाक्यहरू** - इच्छा व्यक्त गर्न वा कसैले कुनै कुरा गर्नुपर्छ भन्‍ने जनाउन यिनीहरूको प्रयोग गरिन्छ । _त्यसलाई टिप ।_
* **विस्मयादिबोधक** - गहिरो भावना व्यक्त गर्नको निम्ति यिनीहरूको प्रयोग गरिन्छ । _ऐया, दुख्यो !_
#### यो अनुवादको विषय हुनुका कारणहरू
* कुनै निश्‍चित कार्यहरू अभिव्यक्त गर्नको निम्ति भाषाहरूमा विभिन्‍न किसिमका वाक्यहरूका प्रकारहरू प्रयोग गरिन्छ ।
* धेरैजसो भाषाहरूमा एउटा कार्यलाई जनाउनको यी वाक्यका प्रकारहरूको प्रयोग गरिन्छ ।
* बाइबलका हरेक वाक्यहरू कुनै न कुनै प्रकारका वाक्यका प्रकारमा पर्छन्, तर केही भाषाहरूमा त्यही कार्यलाई जनाउनको निम्ति त्यस प्रकारको वाक्यको प्रयोग गरिन्‍न ।
#### बाइबलबाट उदाहरणहरू
यी वाक्यका प्रकारहरूका मुख्य कार्यहरूका उदाहरणहरू तल दिइएको छ ।
#### अभिव्यक्तिहरू
>आदिमा परमेश्‍वरले आकाशमण्डल र पृथ्‍वी सृष्‍टि गर्नुभयो । (उत्पत्ति १:१ )
अभिव्यक्तिहरूका अन्य कार्यहरू पनि हुन्छन् । (हेर्नुहोस् [अभिव्यक्तिहरू - अन्य प्रयोगहरू](../figs-declarative/01.md))
#### प्रश्‍नहरू
तलका वक्ताहरूले जानकारी प्राप्‍त गर्नको निम्ति यी प्रश्‍नहरूको प्रयोग गरेका छन् र तिनीहरूले प्रश्‍न सोधेका मानिसहरूले तिनको जवाफ पनि दिएका छन् ।
<blockquote>येशूले तिनीहरूलाई भन्‍नुभयो, “<u>म यो गर्न सक्‍छु भनी के तिमीहरू विश्‍वास गर्दछौ?</u>” तिनीहरूले उहाँलाई भने, “ज्‍यू, प्रभु।”(मत्ती ९:२८ ) </blockquote>
<blockquote>उनले भने, “<u>उद्धार पाउनलाई मैले के गर्नुपर्छ?</u>” अनि तिनीहरूले भने, “प्रभु येशू ख्रीष्‍टमा विश्‍वास गर्नुहोस्, र तपाईंले उद्धार पाउनुहुने छ— तपाईं र तपाईंका परिवारले ।" (प्रेरित १६:२९-३१ )</blockquote>
प्रश्‍नहरूका अन्य कार्यहरू पनि हुन सक्छन् ।(हेर्नुहोस् [आलङ्‍कारिक प्रश्‍नहरू](../figs-rquestion/01.md))
#### आज्ञार्थ वाक्यहरू
आज्ञार्थ वाक्यहरू विभिन्‍न प्रकारका छन्ः आज्ञा दिने, निर्देशन दिने, सल्लाह दिने, निमन्त्रणा दिने, अनुरोध गर्ने, इच्छा व्यक्त गर्ने ।
**आज्ञा**द्वारा वक्ताले आफ्नो अधिकारको प्रयोग गर्छ र कसैलाई काम गर्न लगाउँछ ।
>ए बालाक, <u>उठेर सुन्</u>, ए सिप्‍पोरको छोरो, मेरो कुरामा <u>कान थाप्‌</u> । (गन्ती २३:१८ )
**निर्देशन**द्वारा वक्ताले कुनै कुरा कसरी गर्नुपर्छ भनेर कसैलाई बताउँछ ।
>...तर तिमी जीवनमा प्रवेश गर्न इच्‍छा गर्दछौ भने, <u>आज्ञाहरू पालन गर</u> । ... तिमी सिद्ध हुन चाहन्‍छौ भने, <u>गएर</u> तिमीसित भएका सबै <u>बेचेर</u> दरिद्रहरूलाई <u>देऊ</u>, र तिमीले स्‍वर्गमा धन प्राप्‍त गर्ने छौ । (मत्ती १९:१७, २१ )
**सल्लाह**द्वारा वक्ताले कसैलाई केही कुरा कुरा गर्ने कि नगर्ने भनेर बताउँछ जसले त्यस मानिसलाई मदत गर्न सक्छ । तल दिइएको उदाहरणहरूमा दुबै अन्धा मानिसले अर्कोलाई अगुवाइ नगरेको राम्रो भनेर बताइएको छ।
>एउटा अन्‍धाले अर्को अन्‍धालाई डोर्‍याउन हुँदैन । यसो गरेमा दुवै खाडलमा पर्छन् ।( लूका ६:३९)
वक्ताहरू त्यसको सल्लाह दिएबमोजिम गर्ने समूहमा सामेल हुन चाहन्छन्। उत्पत्ति ११ मा मानिसहरूले सबै मिलेर इँट बनाउँदा राम्रो हुन्छ भनिरहेका छन् ।
>तिनीहरूले आपसमा भने, “लौ, हामीहरू इँट बनाएर <u>पोलौं</u> ।” (उत्पत्ति ११:३ )
**निमन्त्रणा**द्वारा कुनै व्यक्तिले चाहन्छ भने कुनै कुरा गर्न सक्छ भनेर वक्ताले नम्रता र मित्रवत रूपमा सल्लाह दिन्छ । यो कार्य गर्दा सुन्‍ने व्यक्ति पक्कै रमाउँछ भन्‍ने वक्ताले सोचेको हुन्छ ।
>तपाईं पनि हामीसितै <u>आउनुहोस्</u>, हामी तपाईंलाई हित नै गर्ने छौं । (गन्ती १०:२९)
**अनुरोध**द्वारा वक्ताले कुनै व्यक्तिलाई कुनै काम नम्रताका साथ भन्छ । यो आज्ञा नभइ अनुरोध भन्‍ने कुरालाई स्पष्ट पार्नको निम्ति यसमा 'कृपया' शब्दको प्रयोग पनि गर्न सकिन्छ । यसले प्रायः वक्ताको भलाइ गर्छ ।
<blockquote>हामीलाई आज हाम्रो दैनिक भोजन <u>दिनुहोस्‌</u> । (मत्ती ६:११ ) </blockquote>
<blockquote>म बिन्‍ती गर्दछु, <u>मलाई माफी होस्‌</u> । (लूका १४:१८ )</blockquote>
कुनै कुरा भए हुन्थ्यो भन्‍ने कुरा व्यक्त गर्नको निम्ति **इच्छा**को प्रयोग गरिन्छ । अङ्ग्रेजीमा यी वाक्यहरू "may” वा “let” बाट सुरु हुन्छन् ।
उत्पत्ति २८ मा याकूबको निम्ति परमेश्‍वरबाट चाहना गरेका छन् ।
><u>सर्वशक्तिमान्‌ परमेश्‍वरले तँलाई आशिष्‌ देऊन्</u>, र तँलाई फल्‍दो-फुल्‍दो गराएर तेरो वृद्धि गराऊन् । (उत्पत्ति २८:३ )
उत्पत्ति ९ मा नोआले कनानको विषयमा चाहना व्यक्त गरेका छन् ।
><u>श्रापित होस्</u>, कनान, त्‍यो आफ्‍ना दाजुहरूका कमाराहरूको पनि कमारो <u>हुने छ</u> ।” (उत्पत्ति ९:२५ )
उत्पत्ति २१ मा हागारले आफ्नो छोरो मरेको देख्‍न नचाहेको कुरा बताएकी छिन् र ऊ मरेको हेर्न नपरोस् भनेर टाढा गएकी छिन् ।
>मैले यो बालक मरेको <u>हेर्नु नपरोस्‌</u> । (उत्पत्ति २१:१६ )
आज्ञार्थ वाक्यका अन्य कार्यहरू पनि हुन्छन् । हेर्नुहोस् [आज्ञार्थ - अन्य प्रयोगहरू](../figs-imperative/01.md)
#### विस्मयादिबोधक
विस्मयादिबोधकले गहिरो अनुभूति व्यक्त गर्छ । युसएटीमा यसलाई जनाउनको निम्ति अन्तमा विस्मयादिबोधक चिन्हको (!) प्रयोग गरिएको छ ।
>“बचाउनुहोस्‌ प्रभु; हामीहरू नष्‍ट हुन लाग्‍यौं ! (मत्ती ८:२५ )
( विस्मयादिबोधकको बारेमा थप जानकारी प्राप्‍त गर्न र तिनीहरूलाई अनुवाद गर्ने तरिकाहरूको लागि [विस्मयादिबोधक](../figs-exclamations/01.md) हेर्नुहोस् ।)
### अनुवादका रणनीतिहरू
१. वाक्यको कार्यलाई जनाउने तपाईंको भाषाको तरिकाको प्रयोग गर्नुहोस् ।
२. बाइबलको कुनै एउटा वाक्यको प्रकार तपाईंको भाषामा प्रयोग गरिन्‍न भने, अनुवादका रणनीतिहरूको लागि तलका पृष्ठहरू हेर्नुहोस् ।
* [अभिव्यक्तिहरू - अन्य प्रयोगहरू](../figs-declarative/01.md)
* [आलङ्‍कारिक प्रश्‍न](../figs-rquestion/01.md)
* [आज्ञार्थहरू - अन्य प्रयोगहरू](../figs-imperative/01.md)
* [विस्मयादिबोधक](../figs-exclamations/01.md)