ne_ta/translate/figs-quotesinquotes/01.md

58 lines
14 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

### वर्णन
कुनै एउटा कथनभित्र अर्को कथन हुनसक्छ र त्यस भित्र रहेको कथनभित्र पनि अर्को कथन हुनसक्छ । एउटा कथनभित्र अर्को कथन हुने अवस्थालाई कथनहरूको तह भनेर चिनिन्छ । कुनै एउटा कथनभित्र अन्य कथनहरूको तह भएको अवस्थामा स्रोता र पाठकले कसले के कुरा भनिरहेको छ भनेर छुट्ट्याउन कठिन हुन्छ । केही भाषाहरूले यसलाई सरल बनाउनको निम्ति प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू मिलाएर राख्‍ने गर्छन् ।
#### यो अनुवादको विषय हुनुका कारणहरू
१. कुनै एउटा कथनभित्र अर्को कथन हुने अवस्थामा प्रयोग गरिएको सर्वनामले कसलाई सम्बोधन गरेको हो भन्‍ने कुरा बुझ्‍न जरूरी हुन्छ । उदाहरणको लागि कुनै एउटा कथनभित्र रहेको कथनमा "म" शब्दको प्रयोग भएको छ भने त्यसले बाहिरी कथन वा भित्री कथनमध्ये कुनको वक्तालाई जनाएको छ भन्‍ने कुरा छुट्याउन कठिन हुन्छ ।
२. उद्धरणभित्रका उद्धरण भएको अवस्थामा केही भाषाहरूमा फरक किसिमका कथनहरूको प्रयोग गरिन्छन् । केहीमा प्रत्यक्ष र केहीमा अप्रत्यक्ष कथनहरूको प्रयोग गरिन्छन् ।
३. केही भाषाहरूमा अप्रत्यक्ष कथनको प्रयोग गरिन्‍न ।
### बाइबलबाट उदाहरणहरू
#### एउटा तह भएको कथन
> पावलले भने, “तर म त जन्‍मसिद्ध रोमी हुँ ।” (प्रेरित २२:२८ )
#### दुई तह भएका कथनहरू
>तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “होशियार रहो, कसैले तिमीहरूलाई भ्रममा नपारोस्‌ । किनभने धेरै जना मेरो नाउँमा ‘म ख्रीष्‍ट हुँ’ भन्‍दै आउनेछन्, र धेरैलाई बहकाउने छन्‌ ।” मत्ती २४:४-५
बाहिरी तहको कुरा येशूले आफ्ना चेलाहरूलाई भनेको कुरा हो । दोस्रो तहमा अन्य व्यक्तिहरूले के भन्‍ने छन् भन्‍ने कुरा पर्छ ।
>येशूले जवाफ दिनुभयो, “म राजा हुँ भनी तपाईं नै भन्‍नुहुन्‍छ ।” (यूहन्‍ना १८:३७ )
बाहिरी तहले येशूले पिलातसलाई भन्‍नुभएको कुरालाई जनाउँछ । दोस्रो तहले पिलातसले येशूलाई भनेको कुरालाई जनाउँछ ।
#### तिन तह भएको कथन
> ...अब्राहामले भने, ...‘दया गरेर तिमीले मेरो विषयमा <u>“यिनी मेरा दाजु हुन्‌”</u> भन्‍नू है’।” (उत्पत्ति २०:१०-१३ )
बाहिरको तहले अब्राहमले अबीमेलेकलाई भनेको कुरालाई जनाउँछ । दोस्रो तहले अब्राहमले आफ्नी पत्‍नीलाई भनेको कुरालाई जनाउँछ । तेस्रो तहले तिनकी पत्‍नीले भन्‍नुपर्छ भनेर अब्राहमले चाहेको कुरालाई जनाउँछ । हामीले तेस्रो तहलाई रेखाङ्‍कन गरेका छौँ ।
#### चार तह भएको कथन
>तिनीहरूले जवाफ दिए, “हामीसँग भेट गर्नलाई एक जना मानिस आए र तिनले हामीलाई भने, ‘तिमीहरूलाई पठाउने राजाकहाँ जाओ, र तिनलाई यसो भन, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: <u>'के इस्राएलमा कुनै परमेश्‍वर हुनुहुन्‍न र तँ एक्रोनको देवता बाल-जिबबकहाँ सल्‍लाह लिनलाई मानिसहरू पठाउँदैछस्‌ । यसैकारण तँ बिरामी परेको ओछ्यान छोड्‌ने छैनस्‌ । तँ निश्‍चय नै मर्नेछस्‌’।</u> “ (२ राजा १:६ )
सबैभन्दा बाहिरी तहले दूतले राजालाई भनेको कुरालाई जनाउँछ । दोस्रो तहले दूतलाई भेट्ने मानिसले भनेको कुरालाई जनाउँछ । तेस्रो तहले त्यस दूतले राजालाई के भनोस् भनेर त्यस मानिसले चाहन्छ भन्‍‍ने कुरालाई जनाउँछ । चौथो कुरा परमप्रभुले भनेको कुरालाई जनाउँछ । (हामीले चौथो तहलाई रेखाङ्‍कन गरेका छौँ ।)
### अनुवादका रणनीतिहरू
केही भाषाहरूमा प्रत्यक्ष कथनको मात्र प्रयोग गरिन्छ । अन्य भाषाहरूमा दुबै कथनहरू प्रयोग गरिन्छ । केही भाषाहरूमा प्रत्यक्ष कथनहरूको धेरै तहहरूको प्रयोग अनौठो गर्नु अनौठो र अलमलमा पार्ने हुनसक्छ ।
१. सबै कथनहरूलाई प्रत्यक्ष कथनको रूपमा अनुवाद गर्नुहोस् ।
२. एउटा वा केही कथनहरूलाई अप्रत्यक्ष कथनको रूपमा अनुवाद गर्नुहोस् । (हेर्नुहोस् [प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू](../figs-quotations/01.md))
### अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू
१. सबै कथनहरूलाई प्रत्यक्ष कथनको रूपमा अनुवाद गर्नुहोस् । तलको उदाहरणमा अप्रत्यक्ष कथनहरू र प्रत्यक्ष कथनमा परिवर्तन गरिएका कथनहरूलाई रेखाङ्‍कन गरिएको छ ।
* **फेस्‍तसले पावलको मुद्दा राजाको सामुन्‍ने यसो भन्‍दै पेश गरे, “फेलिक्‍सले राखेर गएको एक जना बन्‍दी यहाँ छ, ...यसैले यस कुराको जाँच पडताल गर्ने विषयमा म अलमल्‍ल परेको हुँदा यसको बारे छलफल गर्न <u>यरूशलेममा जान त्‍यसको इच्‍छा छ कि भनेर त्‍यसलाई मैले सोधें </u>। तर पावलले <u>सम्राट्‌को फैसला नभएसम्‍म हिरासतमै राख्‍नू</u> भनी अपिल गरेको हुनाले <u>त्‍यसलाई कैसरकहाँ नपठाउञ्‍जेल पहरामा राख्‍ने हुकुम दिएँ </u>।”** (प्रेरित २५:१४-२१ )
* <u>फेस्‍तसले पावलको मुद्दा राजाको सामुन्‍ने यसो भन्‍दै पेश गरे, “फेलिक्‍सले राखेर गएको एक जना बन्‍दी यहाँ छ, ...यसैले यस कुराको जाँच पडताल गर्ने विषयमा म अलमल्‍ल परेको हुँदा यसको बारे छलफल गर्न त्यसलाई सोधें, </u>'यी कुराको न्यायको निम्ति के तिमी यरूशलेम जान्छौ?' <u>। तर जब पावलले यसो भने, </u>'सम्राट्‌को फैसला नभएसम्‍म हिरासतमै बस्‍न चाहन्छु,'<u> तब मैले पहरेदारलाई भने, त्‍यसलाई कैसरकहाँ नपठाउञ्‍जेल पहरामा राख्‍नू ।' </u>"
२. एउटा वा केही कथनहरूलाई अप्रत्यक्ष कथनको रूपमा अनुवाद गर्नुहोस् । अङ्ग्रेजी भाषाको शब्द "that” अर्थात् नेपाली भाषाको "कि" को प्रयोग अप्रत्यक्ष कथनको अगाडि प्रयोग गर्न सकिन्छ । तलको उदाहरणमा यसलाई रेखाङ्‍कन गरिएको छ । अप्रत्यक्ष कथनको कारणले परिवर्तन गरिएको सर्वनामलाई पनि रेखाङ्‍कन गरिएको छ ।
* **परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूको गनगन मैले सुनेको छु । तिनीहरूलाई भन्, ‘बेलुकी तिमीहरूले मासु खाने छौ, र बिहान रोटीले अघाउने छौ । तब म परमप्रभु तिमीहरूका परमेश्‍वर रहेछु भन्‍ने तिमीहरूले थाहा पाउने छौ’।”** (प्रस्थान १६:११-१२ )
* परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूको गनगन मैले सुनेको छु । तिनीहरूलाई भन् <u>कि</u> बेलुकी तिनीहरूले मासु खाने छन्, र बिहान रोटीले अघाउने छन्। तब म परमप्रभु तिमीहरूका परमेश्‍वर रहेछु भन्‍ने <u>तिनीहरूले </u>थाहा पाउने छन् ।”
* **तिनीहरूले जवाफ दिए, “हामीसँग भेट गर्नलाई एक जना मानिस आए र तिनले हामीलाई भने, ‘तिमीहरूलाई पठाउने राजाकहाँ जाओ, र तिनलाई यसो भन, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: के इस्राएलमा कुनै परमेश्‍वर हुनुहुन्‍न र तँ एक्रोनको देवता बाल-जिबबकहाँ सल्‍लाह लिनलाई मानिसहरू पठाउँदैछस्‌ । यसैकारण तँ बिरामी परेको ओछ्यान छोड्‌ने छैनस्‌। तँ निश्‍चय नै मर्ने छस्‌’।”** (२ राजा १:६ )
* तिनीहरूले जवाफ दिए <u>कि</u> <u>तिनीहरूसँग</u> भेट गर्नलाई एक जना मानिस आएका थिए र तिनले <u>तिनीहरूलाई</u> भने, "तिमीहरूलाई पठाउने राजाकहाँ जाओ, र तिनलाई यसो भन <u>कि</u> परमप्रभु यसो भन्‍नुहुन्‍छ: 'के इस्राएलमा कुनै परमेश्‍वर हुनुहुन्‍न र तँ एक्रोनको देवता बाल-जिबबकहाँ सल्‍लाह लिनलाई मानिसहरू पठाउँदैछस्‌ । यसैकारण तँ बिरामी परेको ओछ्यान छोड्‌ने छैनस्‌। तँ निश्‍चय नै मर्ने छस्‌’।”