ne_ta/translate/figs-partsofspeech/01.md

19 lines
8.5 KiB
Markdown

### वर्णन
शब्दहरूको वर्गीकरणलाई शब्दवर्ग भनिन्छ । वाक्यमा फरक शब्दवर्गहरूको कार्य फरक-फरक हुन्छन् । सबै भाषाहरूमा शब्दवर्ग हुन्छन् र सबै शब्दहरू कुनै न कुनै शब्दवर्गमा अन्तर्गत पर्छन् । धेरै भाषाहरूमा निम्‍न आधारभूत शब्दवर्गहरू हुन्छन् र कुनैमा यीभन्दा पनि बढी वर्गहरू हुन्छन् । यो सूची आफैँमा पूर्ण छैन तर यसले आधारभूत वर्गीकरणलाई भने समेट्छ ।
**क्रियापदहरू**ले कुनै कार्य (जस्तै आउनु, जानु, खानु) वा हुनुको भाव (हो, हुन्, थियो) लाई जनाउँछ । यसको बारेमा थप जानकारी [क्रियापदहरू](../figs-verbs/01.md)मा पाउन सकिन्छ ।
**नामपदहरू**ले कुनै व्यक्त, ठाउँ, वस्तु वा विचारलाई जनाउँछन् । जातिवाचक नामपदहरूले कुनै विशेष नामलाई जनाउँदैन (मान्छे, सहर, देश) । व्यक्तिगत नामले कुनै निश्‍चित नामलाई जनाउँछ (पत्रुस, येरूशलेम, मिश्र) । (थप जानकारीको लागि [नामहरूको अनुवाद कसरी गर्ने](../translate-names/01.md)हेर्नुहोस् ।)
नामको ठाउँमा प्रयोग गरिने ऊ, उनी, यो, ऊ, तिनीहरू र हामीजस्ता शब्दहरूलाई **सर्वनामहरू** भनिन्छ । सर्वनामहरूको बारेमा थप जानकारी भएको पृष्ठको लागि [सर्वनामहरू](../figs-pronouns/01.md)हेर्नुहोस् ।
**संयोजकहरू**ले वाक्यांश वा वाक्यहरूलाई जोड्ने काम गर्छन् । उदाहरणः र, वा, तर, किनकि, या आदि । केही संयोजकहरूलाई जोडीमा प्रयोग गरिन्छः दुबै/र, या त/कि त, मात्र/तर यसको बारेमा थप जानकारी [जोड्ने शब्दहरू](../writing-connectingwords/01.md) मा पाउन सकिन्छ ।
**नामयोगीहरू**ले कुनै एउटा नाम, सर्वनाम, वा विशेषणको बारेमा थप जानकारी दिन्छ । उदाहरणको लागि, "केटी आफ्नो <u>बुबातिर</u> दौडिई । यहाँ प्रयोग गरिएको शब्द "तिर" नामयोगी हो जसले बुबालाई आधार मानेर त्यो केटी दौडिएको दिशालाई जनाउँछ । अर्को उदाहरण, <u>येशुको वरिपरि</u>को भिड बढ्यो । यहाँ <u>वरिपरि</u>ले येशूलाई आधार मानेर भिड कतापट्टि थियो भन्‍ने देखाउँछ । नामयोगीका उदाहरणहरूः तिर, भरि, पश्‍चात्, नजिक, झैँ, सम्म, समेत, सँग, बिना, निम्ति, सट्टा आदि ।
प्रयोग वक्ताले इङ्गित गरेको कुरा नामलाई श्रोता वा पाठकले पहिचान गरून् भन्‍ने चाहेको छ कि छैन भन्‍ने कुरा जनाउनको निम्ति **निश्‍चय वा अनिश्‍चयसूचक शब्दहरू**को गरिन्छ । अङ्ग्रेजी भाषामा 'a, an र the' निश्‍चय वा अनिश्‍चयसूचक शब्दहरू (articles) को प्रयोग गरिन्छ । <u>a</u><u>an</u> ले एउटै अर्थ दिन्छन् । यदि वक्ताले “<u>a dog,</u>" भन्यो भने उसले कुन कुकुरको बारेमा कुरा गरिरहेको छ भन्‍ने कुरा श्रोतालाई थाहा हुँदैन, यसले पहिलो पटक उक्त कुकुरको बारेमा कुरा गरेको हुनसक्छ । तर वक्ताले <u>the</u> dog भन्यो भने उसले कुनै निश्‍चित कुकुरको बारेमा कुरा गरिरहेको हुन्छ र श्रोताले पनि उसले कुन कुकुरको कुरा गरेको भनेर बुझून् भन्‍ने चाहन्छ । अङ्ग्रेजी भाषा बोल्ने मानिसहरूले कुनै कुरालाई सामान्यकृत गर्नको लागि पनि <u>the</u> को प्रयोग गर्छन् । उदाहरणको लागि तिनीहरूले हात्तीहरूलाई सामान्यकृत ढंगबाट जनाउनुपर्‍यो भने <u>The</u> elephant को प्रयोग गर्छन्, तिनीहरूले कुनै निश्‍चित हात्तीलाई जनाउनलाई यसो भनेका होइनन् । यसको बारेमा थप जानकारी [नाम प्रयोग भएका सामान्य वाक्यांशहरू](../figs-genericnoun/01.md)पाइन्छ ।
**विशेषणहरू**ले नामपदहरूको वर्णन गर्छन् र तिनीहरूको मात्रा, आकार, रङ्ग वा उमेरको बारेमा बताउँछन् । कहिलेकाहीँ विशेषणहरूले केही कुराको बारेमा थप जानकारी दिन्छन् भने कुनै एक कुरालाई अर्को कुरादेखि पृथक देखाउनको निम्ति पनि यसको प्रयोग गर्ने गरिन्छ । उदाहरणको लागि, <u>मेरो वृद्ध पिता</u> मा <u>वृद्ध</u> शब्दले पिताको बारेमा थप जानकारी दिएको छ । तर मेरो <u>जेठी दिदी</u> मा <u>जेठी</u> शब्दले कुन दिदी हो भनेर देखाउँछ र यसले तोकिएको दिदी र अन्य दिदीमा भिन्‍नता देखाउँछ । थप जानकारीको लागि [जानकारी दिने वा सम्झाउने तथा भिन्‍नता छुट्याउने](../figs-distinguish/01.md)।
**क्रियाविशेषण**ले क्रियापद वा विशेषणहरूको वर्णन गर्छन् र कति, कहिले, कसरी, कहाँ, किनजस्ता कुराहरूको बारेमा बताउँछन् । अङ्ग्रेजी भाषामा क्रियाविशेषणहरू <u>ly</u> मा अन्त्य हुन्छन् । केही उदाहरणहरूः बिस्तारै, राम्ररी, अति, हिजो आदि ।