ne_ta/translate/figs-parallelism/01.md

93 lines
14 KiB
Markdown

### वर्णन
**सादृष्य**मा एकै किसिमका ढाँचा वा विचार भएका दुई वाक्यांश वा उपवाक्यहरूलाई एकसाथ प्रयोग गरिन्छ । सादृष्य विविध किसिमका हुन्छन् । यीमध्ये केहीलाई तल दिइएका छन्ः
१. दोस्रो उपवाक्य वा वाक्यांशले पहिलोको जस्तै अर्थ दिन्छ । यसलाई पर्यायवाची सादृष्य पनि भनिन्छ ।
२. पहिलोले दोस्रोलाई स्पष्ट पार्छ वा थप बलियो बनाउँछ ।
३. दोस्रोले पहिलोलाई पूरा गर्छ ।
४. दोस्रोले पहिलोभन्दा फरक कुरा गर्छ तर त्यही विचार व्यक्त गर्छ ।
सादृष्यको प्रयोग प्रायः पुरानो करारका भजनसङ्ग्रह तथा हितोपदेशजस्ता कविताहरूमा पाइन्छ । नयाँ करारको ग्रीकमा (सुसमाचारका चार पुस्तकहरू र प्रेरितहरूको पत्रहरूमा) पनि यसको प्रयोग पाइन्छ ।
मूल भाषाका कविताहरूमा प्रयोग गरिएको पर्यायवाची सादृष्यका (दुवै वाक्यांशको अर्थ एउटै हुने) विविध प्रभावहरू छन्ः
* यसले कुनै कुरालाई एकभन्दा धेरैपटक दोहोर्‍याएर त्यो कुरा धेरै महत्त्वपूर्ण छ भन्‍ने कुरा देखाउँछ ।
* यसले कुनै विचारलाई विविध तरिकाले व्यक्त गरेर उक्त विचारको बारेमा थप गहिरिएर सोच्‍नको निम्ति श्रोतालाई मदत गर्छ ।
* यसले भाषालाई सामान्य बोलिचालीको भन्दा थप सुन्दर र उच्चकोटीको बनाउँछ ।
#### यो अनुवादको विषय हुनुको कारण
केही भाषामा पर्यायवाची सादृष्यको प्रयोग गरिँदैन । कुनै कुरा दोहोर्‍याएर भन्दा उनीहरूलाई अनौठो लाग्‍न सक्छ वा दुई वाक्यांशले फरक अर्थ दिन्छ भन्‍ने लाग्‍न सक्छ । तिनीहरूको निम्ति यसको प्रयोग सुन्दर लाग्‍नुको साटो अलमलमा पार्ने किसिमको हुन जान्छ ।
टिप्पणीः हामी उस्तै अर्थ दिने लामा वाक्यांश वा उपवाक्यहरूको निम्ति "पर्यायवाची सादृष्य" को प्रयोग गर्छौँ । एउटै अर्थ दिने शब्द वा छोटा वाक्यांशहरूको लागि हामी [उस्तै अर्थ लाग्‍ने जोडी शब्दहरू](../figs-doublet/01.md)को प्रयोग गर्छौँ ।
### बाइबलबाट उदाहरणहरू
**दोस्रो उपवाक्य वा वाक्यांशले पहिलोको जस्तै अर्थ दिन्छ । यसलाई पर्यायवाची सादृष्य पनि भनिन्छ ।**
>तपाईंका वचन मेरा गोडाका निम्‍ति बत्ती, र मेरो बाटोको निम्‍ति उज्‍यालो हो । (भजनसङ्ग्रह ११९:१०५ )
वाक्यका दुबै भागहरू रूपक हुन् र तिनले मानिसहरूले कसरी जिउनुपर्छ भन्‍ने कुरा सिकाउँछन् ।
>आफ्‍नो हातका कामहरूमाथि तपाईंले त्‍यसलाई शासक बनाउनुभएको छ ।
>सबै थोक तपाईंले त्‍यसका पैतालामुनि राखिदिनुभएको छ; (भजनसङ्ग्रह ८:६ )
दुबै हरफहरूले परमेश्‍वरले मानिसलाई हरेक कुराहरूको शासक बनाउनुभएको कुरा गर्छन् ।
**पहिलोले दोस्रोलाई स्पष्ट पार्छ वा थप बलियो बनाउँछ ।**
>परमप्रभुको नजर सर्वत्र रहन्‍छ,
>दुष्‍ट र असल दुवैमाथि उहाँ नजर राख्‍नुहुन्‍छ । (हितोपदेश १५:३ )
दोस्रो हरफले परमेश्‍वरले के कुरा हेर्नुहुन्छ भनेर बताउँछ ।
**दोस्रोले पहिलोलाई पूरा गर्छ ।**
>म चर्को सोरले परमप्रभुमा पुकार गर्दछु,
>र उहाँले आफ्‍नो पवित्र पर्वतबाट मलाई जवाफ दिनुहुन्‍छ । (भजनसङ्ग्रह ३:४ )
पहिलो उपवाक्यमा मानिसले गरेको कुराको कारण परमेश्‍वरले के गर्नुहुन्छ भनेर दोस्रो हरफले बताउँछ ।
**दोस्रोले पहिलोभन्दा फरक कुरा गर्छ तर त्यही विचार व्यक्त गर्छ ।**
>किनकि परमप्रभुले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्‍छ,
>तर दुष्‍टहरूको मार्ग नष्‍ट हुने छ । (भजनसङ्ग्रह १:६ )
यसले धर्मी मानिस र दुष्ट मानिसहरलाई हुने फरकको बारेमा बताउँछ ।
>नम्र जवाफले क्रोधलाई शान्‍त पार्छ,
>तर कठोर वचनले रिस उठाउँछ । (हितोपदेश १५:१ )
यसले नम्र जवाफ दिने र कठोर जवाफ दिने बिचको फरकको बारेमा बताउँछ ।
### अनुवादका रणनीतिहरू
प्रायः सादृष्यहरूमा दुबै उपवाक्य वा वाक्यांशहरूको अनुवाद गर्नु जरुरी हुन्छ । तपाईंको भाषा बोल्ने मानिसहरूले कुनै कुरालाई दुई पटक व्यक्त गर्दा अर्थमा थप जोड मिल्छ भन्‍ने कुरा बुझ्छन् भने पर्यायवाची सादृष्यका दुबै उपवाक्यहरूको अनुवाद गर्नु असल हुन्छ । यदि तपाईंको भाषा बोल्ने मानिसहरूले सादृष्यको प्रयोग यसरी गर्दैनन् भने तल दिएका अनुवादका रणनीतिहरू प्रयोग गर्नुहोस्ः
१. दुबै उपवाक्यका विचारलाई जोडेर एउटै बनाउनुहोस् ।
२. कुनै कुरा वास्तवमा नै सत्य छ भन्‍ने कुरा देखाउनलाई उपवाक्यहरूको एकसाथ प्रयोग गरिएको छ भने त्यस सत्यलाई "साँच्चै" वा "वास्तवमा" प्रयोग गरेर उक्त सत्य कुरालाई जोड दिनुहोस् ।
३. यदि तिनमा भएको कुनै एक विचारलाई जोड दिनको लागि उपवाक्यहरूको प्रयोग गरिएको छ भने "धेरै", "पूर्णतया" वा "सबै" जस्ता शब्दहरूको प्रयोग गर्नुहोस् ।
### अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू
१. दुबै उपवाक्यका विचारलाई जोडेर एउटै बनाउनुहोस् ।
* **“तपाईंले त अझै पनि मलाई बेवकूफ तुल्‍याइराख्‍नुभएको छ र मलाई झूट बोल्‍दैहुनुहुन्‍छ ।** (न्यायकर्ताहरू १६:१३, ) - दलीलाले आफू धेरै दुखी भएको कुरा सुनाउनको निम्ति एउटा विचारलाई जोड दिएर दुई पटक व्यक्त गरेकी हन् ।
* “तपाईंले त अझै पनि मलाई झुट बोलेर बेवकूफ तुल्याइराक्‍नुभएको छ ।"
* **किनभने मानिसको चाल त सधैँ परमप्रभुको दृष्‍टिमा रहिरहन्‍छ, र उहाँले त्‍यसका सबै मार्गहरू जाँच्‍नुहुन्‍छ ।** (हितोपदेश ५:२१ ) - "त्यसका सबै मार्गहरू" एउटा रूपक हो र यसले "त्यसले गर्ने सबै कुराहरू" जनाउँछ ।"
* “कुनै एक व्यक्तिले गरेको सबै कुरामा परमप्रभुले ध्यान दिनुहुन्छ ।"
* **आफ्‍नो प्रजासित उहाँको गुनासो छ, उहाँले इस्राएलमाथि एक अपराधको दोष लाउँदैहुनुहुन्‍छ ।** (मीका ६:२ ) - यस सादृष्यले एक समूहका मानिसहरूसँग परमप्रभुको गम्भीर असहमतीलाई वर्ण गर्छ । यदि यो स्पष्ट छैन भने वाक्यांशहरूलाई जोड्न सकिन्छः
* “आफ्नो प्रजा इस्राएलीहरूसँग उहाँको अपराधको दोष छ ।”
२. कुनै कुरा वास्तवमा नै सत्य छ भन्‍ने कुरा देखाउनलाई उपवाक्यहरूको एकसाथ प्रयोग गरिएको छ भने त्यस सत्यलाई "साँच्चै" वा "वास्तवमा" प्रयोग गरेर उक्त सत्य कुरालाई जोड दिनुहोस् ।
* **किनभने मानिसको चाल त सधैँ परमप्रभुको दृष्‍टिमा रहिरहन्‍छ, र उहाँले त्‍यसका सबै मार्गहरू जाँच्‍नुहुन्‍छ ।** (हितोपदेश ५:२१ )
* “एक व्यक्तिले गर्ने सबै चाल साँच्चै नै परमप्रभुको दृष्टिमा रहिरहन्छ ।"
३. यदि तिनमा भएको कुनै एक विचारलाई जोड दिनको लागि उपवाक्यहरूको प्रयोग गरिएको छ भने "धेरै", "पूर्णतया" वा "सबै" जस्ता शब्दहरूको प्रयोग गर्नुहोस् ।
* **तपाईंले त अझै पनि मलाई बेवकूफ तुल्‍याइराख्‍नुभएको छ र मलाई झूट बोल्‍दैहुनुहुन्‍छ ।** (न्यायकर्ताहरू १६:१३ )
* “तपाईंले भनेको सबै कुरा झुट हुन् ।"
* **किनभने मानिसको चाल त सधैँ परमप्रभुको दृष्‍टिमा रहिरहन्‍छ, र उहाँले त्‍यसका सबै मार्गहरू जाँच्‍नुहुन्‍छ ।** (हितोपदेश ५:२१ )
* “मानिसले गर्ने सबै कुरा परमप्रभुले हेर्नुहुन्छ ।”