ne_ta/translate/figs-parables/01.md

39 lines
12 KiB
Markdown

दृष्टान्त एउटा छोटो कथा हो, यसले सत्यतालाई बुझ्‍न र सम्झन सजिलो बनाउँछ ।
### वर्णन
सत्यताको बारेमा सिकाउनको निम्ति प्रयोग गरिएको छोटो कथा नै दृष्टान्त हो । दृष्टान्तमा भएका घटनाहरू वास्तवमा भएका हुँदैनन् । सत्य सिकाउनलाई मात्र यिनीहरूको प्रयोग गरिन्छ । दृष्टान्तमा कुनै निश्‍चित व्यक्तिको नाम विरलै मात्र प्रयोग गरिन्छ । यसले तपाईंलाई दृष्टान्त र वास्तविक घटना बिच फरक छुट्याउन मदत गर्छ । दृष्टान्तमा उपमा र रूपकजस्ता अलङ्‍कारको प्रयोग गरिन्छ ।
>अनि उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त पनि भन्‍नुभयो: “के अन्‍धाले अन्‍धालाई डोर्‍याउन सक्‍छ? के तिनीहरू दुवै खाडलमा पर्दैनन्‌ र?” (लूका ६:३९ )
यदि कुनै व्यक्तिसँग आत्मिक समझ छैन भने उसले अर्को व्यक्तिलाई यस कुराको बारेमा सिकाउन सक्दैन भन्‍ने कुरा यस दृष्टान्तले सिकाउँछ ।
### बाइबलबाट उदाहरणहरू
>मानिसहरूले बत्ती बालेर पाथीले त छोप्‍दैनन्, तर सामदानमा राख्‍दछन्, र घरमा हुने सबैको निम्‍ति त्‍यसले उज्‍यालो दिन्‍छ । यसरी नै तिमीहरूको ज्‍योति मानिसहरूका सामुन्‍ने चम्‍कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्‌ । (मत्ती ५:१५-१६ )
हामीले परमेश्‍वरको निम्ति जिएको कुरा अन्य मानिसहरूबाट लुकाउनु हुँदैन भनेर यस दृष्टान्तले सिकाउँछ ।
>येशूले तिनीहरूलाई अर्को दृष्‍टान्‍त भन्‍नुभयो, “स्‍वर्गको राज्‍य रायोको दानाजस्‍तो हो, जो एक जना मानिसले लगेर आफ्‍नो बारीमा रोप्‍‍यो । त्‍यो सबै बीउहरूमा सानो हुन्‍छ, तर जब बढ्‌छ, तब त्‍यो सबै सागपातहरूभन्‍दा ठूलो हुन्‍छ र रूख नै भइहाल्‍छ । आकाशका चराचुरुङ्गीहरू आएर त्‍यसका हाँगाहरूमा गुँड लाउँछन्‌ ।” (मत्ती १३:३१-३२ )
परमेश्‍वरको राज्य सुरुमा सानो लाग्‍न सक्छ तर त्यो बढेर सारा संसारमा फैलने छ भन्‍ने कुरा यस दृष्टान्तले सिकाउँछ ।
### अनुवादका रणनीतिहरू
१. यदि दृष्टान्तमा थाहा नभएका कुराहरूको प्रयोग गरिएको कारण तिनलाई बुझ्‍न कठिन हुन्छ भने त्यो थाहा नभएको कुरालाई परिवर्तन गरेर तपाईंको भाषा बोल्‍ने मानिसहरूले बुझ्‍ने कुरा राख्‍नुहोस् । यसो गर्दा शिक्षालाई परिवर्तन गर्न मिल्दैन ।(हेर्नुहोस्: [थाहा नभएका कुराहरूको अनुवाद](../translate-unknown/01.md))
२. यदि दृष्टान्तको शिक्षा स्पष्ट छैन भने त्यसले सिकाउन खोजेको कुरालाई परिचयमा राख्‍नुहोस् । उदाहरणको लागि, "येशूले यो कथा दयालु हुनुपर्छ भन्‍ने कुरा सिकाउनलाई भन्‍नुभयो ।"
### अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू
१. यदि दृष्टान्तमा थाहा नभएका कुराहरूको प्रयोग गरिएको कारण तिनलाई बुझ्‍न कठिन हुन्छ भने त्यो थाहा नभएको कुरालाई परिवर्तन गरेर तपाईंको भाषा बोल्‍ने मानिसहरूले बुझ्‍ने कुरा राख्‍नुहोस् । यसो गर्दा शिक्षालाई परिवर्तन गर्न मिल्दैन ।
* **उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के कसैले बत्ती बालेर पाथीमुनि वा खाटमुनि राख्‍न भनेर भित्र ल्‍याउँछ? के <u>सामदानमाथि </u>राख्‍न भनेर होइन र? “** (मर्कूस ४:२१ ) - यदि मानिसहरूले सामदान शब्दलाई बुझ्दैनन् भने बत्तीलाई राख्‍नको निम्ति प्रयोग गरिने अर्को बुझिने कुराको प्रयोग गर्नुहोस् ।
* उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के कसैले बत्ती बालेर पाथीमुनि वा खाटमुनि राख्‍न भनेर भित्र ल्‍याउँछ? के <u>अग्लो खापामाथि </u>राख्‍न भनेर होइन र?
* **येशूले तिनीहरूलाई अर्को दृष्‍टान्‍त भन्‍नुभयो, “स्‍वर्गको राज्‍य रायोको दानाजस्‍तो हो, जो एक जना मानिसले लगेर आफ्‍नो बारीमा <u>रोप्‍‍यो</u> । त्‍यो सबै बीउहरूमा सानो हुन्‍छ, तर जब बढ्‌छ, तब त्‍यो सबै सागपातहरूभन्‍दा ठूलो हुन्‍छ र रूख नै भइहाल्‍छ । आकाशका चराचुरुङ्गीहरू आएर त्‍यसका हाँगाहरूमा गुँड लाउँछन्‌ ।”** (मत्ती १३:३१-३२ ) - रोप्‍नु भनेको जमिनमा छरिने गरी हुत्याउनु हो, तपाईंले यसको ठाउँमा छर्नु पनि लेख्‍न सक्नुहुन्छ ।
* येशूले तिनीहरूलाई अर्को दृष्‍टान्‍त भन्‍नुभयो, “स्‍वर्गको राज्‍य रायोको दानाजस्‍तो हो, जो एक जना मानिसले लगेर आफ्‍नो बारीमा <u>छर्‍यो</u> । त्‍यो सबै बीउहरूमा सानो हुन्‍छ, तर जब बढ्‌छ, तब त्‍यो सबै सागपातहरूभन्‍दा ठूलो हुन्‍छ र रूख नै भइहाल्‍छ । आकाशका चराचुरुङ्गीहरू आएर त्‍यसका हाँगाहरूमा गुँड लाउँछन्‌ । ”
२. यदि दृष्टान्तको शिक्षा स्पष्ट छैन भने त्यसले सिकाउन खोजेको कुरालाई परिचयमा राख्‍नुहोस् । उदाहरणको लागि, "येशूले यो कथा दयालु हुनुपर्छ भन्‍ने कुरा सिकाउनलाई भन्‍नुभयो ।"
* **<u>उहाँले तिनीहरूलाई भन्‍नुभयो</u>,“के कसैले बत्ती बालेर पाथीमुनि वा खाटमुनि राख्‍न भनेर भित्र ल्‍याउँछ? के सामदानमाथि राख्‍न भनेर होइन र?**.(मर्कूस ४:२१ )
* <u>उहाँले तिनीहरूले किन खुला रूपमा गबाही बन्‍नुपर्छ भन्‍ने कुरा सिकाउनलाई तिनीहरूलाई एउटा दृष्टान्त भन्‍नुभयो</u>,“के कसैले बत्ती बालेर पाथीमुनि वा खाटमुनि राख्‍न भनेर भित्र ल्‍याउँछ? के सामदानमाथि राख्‍न भनेर होइन र? ” (मर्कूस ४:२१ )
* **<u>येशूले तिनीहरूलाई अर्को दृष्‍टान्‍त भन्‍नुभयो</u>, “स्‍वर्गको राज्‍य रायोको दानाजस्‍तो हो, जो एक जना मानिसले लगेर आफ्‍नो बारीमा रोप्‍‍यो । त्‍यो सबै बीउहरूमा सानो हुन्‍छ, तर जब बढ्‌छ, तब त्‍यो सबै सागपातहरूभन्‍दा ठूलो हुन्‍छ र रूख नै भइहाल्‍छ । आकाशका चराचुरुङ्गीहरू आएर त्‍यसका हाँगाहरूमा गुँड लाउँछन्‌ ।** (मत्ती १३:३१-३२ )
* <u>येशूले परमेश्‍वरको राज्य कसरी बढ्छ भन्‍ने कुरा सिकाउनलाई तिनीहरूलाई अर्को दृष्‍टान्‍त भन्‍नुभयो</u>, “स्‍वर्गको राज्‍य रायोको दानाजस्‍तो हो, जो एक जना मानिसले लगेर आफ्‍नो बारीमा रोप्‍‍यो । त्‍यो सबै बीउहरूमा सानो हुन्‍छ, तर जब बढ्‌छ, तब त्‍यो सबै सागपातहरूभन्‍दा ठूलो हुन्‍छ र रूख नै भइहाल्‍छ । आकाशका चराचुरुङ्गीहरू आएर त्‍यसका हाँगाहरूमा गुँड लाउँछन्‌ ।”