ne_ta/translate/figs-order/01.md

77 lines
5.9 KiB
Markdown

### वर्णन
धेरैजसो भाषाहरूमा वाक्यका शब्दहरूलाई क्रममा राख्‍ने प्रक्रिया सामान्य नै हुन्छ । सबै भाषामा एउटै तरिकाले शब्दलाई क्रममा राखिँदैन । अनुवादकहरूले आफ्नो भाषाको शब्दयोजनाको बारेमा थाहा पाउनुपर्छ ।
### वाक्यका प्रमूख भागहरू
धेरैजसो वाक्यहरूमा तीन महत्त्वपूर्ण भागहरू हुन्छन्ः कर्ता, कर्म र क्रिया । कर्ता र कर्म प्रायः नामहरू (अर्थात्, व्यक्ति, ठाउँ वा विचार) वा सर्वनामहरू हुन्छन् । क्रियाहरूले काम वा कुनै कुरा हनुलाई जनाउँछ ।
#### कर्ता
वाक्य केको बारेमा हो त्यो बताउने काम कर्ताले गर्छ । यसले कुनै कार्यलाई जनाउँछ ।
कर्ता **सक्रिय** हुनसक्छ र यसले काम गर्छ उदाहरण, गाउनु, काम गर्नु वा सिकाउनु ।
* <u>पत्रुसले</u> राम्ररी गीत गाउँछ ।
यदि कुनै व्यक्ति, ठाउँ र विचारको निम्ति केही गरिन्छ भने त्यो पनि कर्ता नै हो ।
* <u>पत्रुसलाई</u> असल खानेकुरा दिइयो ।
कर्ताको वर्णन गर्न सकिन्छ वा यो कुनै **अवस्था** को रूपमा पनि आउनसक्छ, उदाहरणको लागि, खुसी, दुःखी, वा रिस ।
* <u></u> अग्लो छ
* <u>केटो</u> खुसी छ ।
#### कर्म
कर्ताले जसको निम्ति कुनै कुरा गर्छ त्यसलाई **कर्म** भनिन्छ ।
* पत्रुसले <u>भकुण्डो</u>लाई हिर्कायो ।
* पत्रुसले <u>एउटा पुस्तक</u> पढ्यो ।
* पत्रुसले राम्ररी <u>गीत </u>गायो ।
* पत्रुसले <u>असल खानेकुरा</u> खायो ।
#### क्रिया
क्रियाले कार्य वा हुनुको भावलाई जनाउँछ ।
* पत्रुसले राम्ररी गीत <u>गाउँछ</u>
* पत्रुसले गीत <u>गाउँदै छ</u>
* पत्रुस अग्लो <u></u>
#### प्राथमिक शब्दयोजना
सबै भाषाका आफ्नै प्राथमिक शब्दयोजना हुन्छ । तल दिइएको "पत्रुसले हान्छ भकुण्डो" मा कर्ता, क्रिया र कर्मको शब्दयोजनाको प्रयोग गरिएको छ । केही अङ्‍ग्रेजी लगायतका केही भाषाहरूमा यो क्रमको प्रयोग गरिन्छ ।
* पत्रुसले हान्छ भकुण्डो ।
नेपाली लगायत अन्य भाषामा यो क्रम फरक (कर्ता-कर्म-क्रिया) हुन्छ ।
* पत्रुसले बल हान्छ ।
अन्य केही भाषाहरूमा क्रिया-कर्ता-कर्म हुन्छ ।
* हान्छ पत्रुसले बल ।
#### शब्दयोजनामा परिवर्तन
निम्‍न अवस्थामा शब्दयोजना परिवर्तन हुनसक्छः
* प्रश्‍न वा आदेशमा
* कुनै कुरा हुनुको अवस्था वा भावको वर्णन गर्दा (ऊ खुसी छ । ऊ अग्लो छ ।)
* सर्त त्यक्त गर्ने वाक्य वा "यदि" भएको वाक्यमा
* स्थान आएको अवस्थामा
* समय आएको अवस्थामा
* कवितामा
निम्‍न अवस्थामा पनि शब्दयोजना परिवर्तन हुनसक्छ
* वाक्यको कुनै भागमा बढी जोड दिनु परेमा
* वाक्य कर्ताको बारेमा नभइ अर्कै कुराको बारेमा भएको अवस्थामा
### अनुवाद रणनीतिहरू
* आफ्नो भाषाको शब्दयोजना थाहा गर्नुहोस् ।
* परिवर्तन गर्ने कुनै निश्‍चित कारण नभएको अवस्थामा बाहेक अन्य अवस्थामा आफ्नो भाषाको प्राथमिक शब्दयोजनाको प्रयोग गर्नुहोस् ।
* स्वभाविक लाग्‍ने गरी वाक्यको अर्थ सही र स्पष्ट हुनेगरी अनुवाद गर्नुहोस् ।