ne_ta/translate/figs-metaphor/01.md

173 lines
37 KiB
Markdown

### वर्णन
कुनै एउटा धारणालाई अर्को धारणाको निम्ति प्रयोग गरिने अलङ्‍कारलाई रूपक भनिन्छ, ती दुई धारणाहरूको बिचमा कम्तिमा पनि एउटा तुलनायोग्य कुरा हुनुपर्छ । अर्को शब्दमा भन्‍नुपर्दा कुनै दुई फरक कुराहरूको बारेमा बताएर ती दुई कुरा एउटै हुन् भन्‍ने कुरा बुझाउनको लागि यसको प्रयोग गरिन्छ । उदाहरणको लागि, कसैले भन्‍न सक्छः
* ती केटीको प्रेम रातो गुलाब हो ।
यहाँ वक्ताले "मैले प्रेम गरेकी केटी" र "रातो गुलाब" बिचमा के कुरा समान् छन् भ‍न्‍ने कुरा श्रोताहरूले सुनून् भन्‍ने चाहन्छन् । सायद तिनले ती दुबै सुन्दर छन् भन्‍न खोजेका होलान् ।
कहिलेकाहीँ वक्ताले आफ्नो भाषामा प्रायः गरेर प्रयोग गरिने रूपकहरूको प्रयोग गर्छन् भने कहिले प्रायः प्रयोग नगरिने र विशिष्ट किसिमका रूपकको प्रयोग गर्छन् ।
आफ्नो सन्देशलाई जोड दिन, भाषालाई स्पष्ट पार्न, आफ्नो भावनालाई अझ राम्ररी व्यक्त गर्न, अर्को तरिकाले भन्‍न कठिन हुने कुरालाई व्यक्त गर्न वा मानिसहरूले आफ्नो सन्देश सम्झून् भनेर वक्ताले अक्सर गरेर रूपकहरूको प्रयोग गर्छन् ।
### रूपकका प्रकारहरू
रूपकका दुई प्रकारहरू छन्ः "मृत" रूपक र "जीवित" रूपक । ती दुबैलाई अनुवाद गर्दा आआफ्नै समस्याहरू छन् ।
#### मृत रूपकहरू
कुनै पनि भाषामा धेरै प्रयोग गरिएको कारण बोल्ने व्यक्तिले कुनै एक धारणलाई अर्को धारणासँग तुलना गर्नको निम्ति प्रयोग गर्न छोडेको रूपकलाई मृत रूपक भनिन्छ । मृत रूपकहरू जताततै पाइन्छन् । उदाहरणको रूपमा "खाटका खुट्टा", "मातृभूमी" आदिलाई लिन सकिन्छ । ह्रिब्रू बाइबलमा "हात" लाई "शक्ति" जनाउन, "मुहार" लाई "उपश्थिति जनाउन र भावनाहरू र नैतिक गुणहरूलाई "कपडाहरू" लाई जनाउनको निम्ति प्रयोग गरिएको छ ।
**रूपकको रूपमा प्रयोग गरिएका जोडी अवधारणाहरू**
रूपकहरू प्रयोग गरेर बोलिने धेरै तरिका जोडी अवधारणाहरूको प्रयोगमा आधारित छन्, जहाँ कुनै एउटा अवधारणा अर्को अवधारणासँगै आउँछ । उदाहरणको लागि, आकासिनु, बढ्नु वा माथि जानु शब्दहरूले धेरै वा असल भन्‍ने अर्थ दिन्छ । यसैले "ग्याँसको मूल्य *आकासिँदै* छ जस्ता वाक्यहरू बनाउन सकिन्छ। यसरी नै उल्टो अर्थ लाग्‍ने वाक्य पनि बनाउन सकिन्छ, "तापक्रम *घट्दैछ*
जोडी अवधारणा संसारका भाषाहरूमा अक्सर प्रयोग गर्न सकिन्छ, किनकि तिनले विचारको गठनमा मदत गर्छ । मानिसहरूले शक्ति, उपश्थिति, भावनाहरू र नैतिक गुणहरूलाई कुनै देख्‍न वा समात्‍न सकिने वस्तु, शरीरका अङ्गहरू वा देख्‍न सकिने कुनै घटनाझैँ गरी व्यक्त गर्छन् ।
यी रूपकहरूलाई सामान्य तरिकाले प्रयोग गर्दा वक्ता र श्रोताले तिनलाई अलङ्‍कारको रूपमा लिँदैनन् । नेपाली भाषामा प्रयोग गरिएका नचिने रूपकहरूका उदाहरणहरूः
* “भाउ *घटाऊ*” यहाँ घटाउनुलाई कम गर्नु भन्‍ने अर्थमा प्रयोग गरिएको छ ।
* “आउनुहोस् वादविवादलाई *अगाडि बढाऔँ ।*” योजना गरिएको कुरा गर्नुलाई हिँड्नु वा अगाडि बढ्नुझैँ गरी प्रस्तुत गरिएको छ ।
* “तिमीले आफ्नो सिद्धानतको *बचाऊ* राम्ररी गर्‍यौ ।” तर्कलाई युद्धको रूपमा व्यक्त गरिएको छ ।
* “शब्दहरूको *प्रवाह*" मा शब्दलाई कुनै तरल पदार्थको रूपमा व्यक्त गरिएको छ ।
नेपाली भाषीहरूले यी वाक्यहरूलाई अनौठो मान्दैनन् वा रूपकको प्रयोग गरिएको छ भन्‍ने कुरा थाहा पाउँदैनन् । यसैले यसलाई अर्को भाषामा अनुवाद गर्दा धेरै ध्यान दिनुपर्ने अलङ्‍कारलाई जस्तो गरेर अनुवाद गर्नुहुँदैन ।
बाइबलीय भाषामा यस्तो किसिमको रूपकको महत्त्वपूर्ण ढाँचाको वर्णनको लागि[बाइबलीय ढाँचा](../bita-part1/01.md)हेर्नुहोस् ।
मृत रूपकको अनुवाद गर्दा तिनलाई रूपकको रूपमा अनुवाद नगर्नुहोस् । यसको साटो लक्षित भाषामा उपयुक्त हुने अभिव्यक्तिको प्रयोग गर्नुहोस् ।
#### जीवित रूपकहरू
यी रूपकहरूमा एउटा अवधारणा बुझाउन अर्को अवधारणा वा एउटा वस्तु बुझाउन अर्को वस्तुको प्रयोग गरिएको छ भन्‍ने मानिसहरूले बुझ्छन् । यी रूपकहरूले ति दुई कुराहरूमा के कुरा समान् छन् भनेर सोच्‍न लगाउँछन्, किनकि ती दुई कुराहरूमा धेरै भिन्‍नता हुन्छन् । यी रूपकहरूलाई सन्देशलाई बल पुर्‍याउने रूपकको रूपमा मानिसहरूले चिन्छन् । यही कारणले यी रूपकहरूलाई मानिसहरूले ध्यान दिन्छन् । उदाहरणको लागि,
> तर मेरो नाउँको आदर गर्ने तिमीहरूमाथि चाहिँ धार्मिकताको सूर्य आफ्‍ना पखेटामा आरोग्‍यता लिएर उदाउने छ । (मलाकी ४:२ )
यहाँ परमेश्‍वरले आफ्नो मुक्तिलाई उहाँले प्रेम गर्ने मानिसहरूलाई निको पार्ने सूर्योदयको किरणको रूपमा व्यक्त गर्नुभएको छ । उहाँले यी पखेटाहरूलाई मानिसहरूलाई निको पार्ने औषधि ल्याउने पखेटाहरूको रूपमा व्यक्त गर्नुहुन्छ । एउटा अर्को उदाहरणः
> येशूले भन्‍नुभयो, “गएर त्‍यस स्‍याललाई भन...,” (लूका १३:३२ )
यहाँ "स्यालले" हेरोदलाई जनाउँछ । उहाँलाई सुन्‍नेहरूले येशूले स्यालका गुणहरूसँग हेरोदका गुणहरूसँग तुलना गर्दै हुनुहुन्थ्यो भने बुझे । हेरोद धुर्त, अरूका कुरा लिने दुष्ट, वा नष्ट गर्ने हत्यारा वा यी सबै थिए भनेर येशूले भन्‍नुभएको हो भन्‍ने सुन्‍नेहरूले बुझे ।
जीवित रूपकहरूको अनुवाद गर्दा विशेष ध्यान दिनुपर्छ । तिनको अनुवाद गर्दा हामीले रूपका भागहरू र ती भागहरूले कसरी अर्थ ल्याउँछन् भन्‍ने कुरा बुझ्‍नुपर्छ ।
#### रूपकका भागहरू
रूपकका तीन भागहरू छन्ः
१. **विषय** - जेको बारेमा बोलिन्छ त्यसलाई विषय भनिन्छ ।
१. **बिम्ब** - विषयलाई जनाउनको लागि प्रयोग गरिएको कुरालाई बिम्ब भनिन्छ ।
१. **तुलनाको बिन्दु** - विषय र बिम्ब के कारणले उस्तै हुन् भनेर लेखकले गरेको दाबीलाई तुलनाको बिन्दु भनिन्छ ।
तल दिइएको रूपकमा वक्ताले स्त्रीलाई रातो गुलाबको रूपमा वर्णन गरेका छन् । उक्त स्त्री (उनकी "प्रेमिका") **विषय** हुन्, र "रातो गुलाब" **बिम्ब** हो । 'सुन्दरता र कोमलता' वक्ताले विषय र बिम्बका बिचमा भएको समानता जनाउनको निम्ति प्रयोग गरेका **तुलनाको बिन्दु** हुन् ।
* मेरी प्रेमिका एउटा रातो, रातो गुलाब हुन् ।
माथि दिइएको रूपकमा जस्तै प्रायः गरेर वक्ताले **विषय****बिम्ब** लाई स्पष्ट रूपमा र **तुलनाको बिम्दु** लाई अस्पष्ट रूपमा व्यक्त गर्छन् । तुलनाको बिन्दुको बारेमा श्रोता आफैंले सोच्‍नुपर्छ । श्रोताहरूले आफैँ यी विचारको बारेमा सोच्‍नुपर्छ, श्रोताहरूमा वक्ताको सन्देशले शक्तिशाली प्रभाव पार्छ ।
बाइबलमा **विषय****बिम्ब** लाई स्पष्ट रूपमा र **तुलनाको बिम्दु** लाई अस्पष्ट रूपमा व्यक्त गरिएको छ । भन्‍न खोजिएको तुलनाको बिन्दुको बारेमा श्रोता आफैंले सोच्‍नुपर्छ ।
> येशूले तिनीहरूलाई भन्‍नुभयो “जीवनको रोटी म हुँ। मकहाँ आउने भोकाउनछैन, र ममाथि विश्‍वास गर्ने कहिल्‍यै तिर्खाउने छैन ।” (यूहन्‍ना ६:३५ )
यो रूपकमा येशूले आफूलाई रोटी भन्‍नुभयो । यहाँ म **विषय** हो र रोटी **बिम्ब** हो । रोटी मानिसहरूले खाने खानेकुरा हो । रोटी र येशूको बिचमा **तुलनाको बिम्दु** चाहीँ मानिसहरूलाई बाँच्‍नको निम्ति यी दुबै कुराको आवश्यकता पर्दछ । जसरी शारीरिक जीवनको लागि खानेकुराको आवश्यकता पर्दछ त्यसरी नै आत्मिक जीवनको लागि पनि येशूमा विश्‍वास गर्नुपर्छ ।
**रूपकको उद्देश्यहरू**
* मानिसहरूलाई थाहा भएको कुरा (**बिम्ब**) को बारेमा कुरा गरेर थाहा नभएको (**विषय**) को बारेमा मानिसहरूलाई सिकाउनु रूपकको एउटा उद्देश्य हो ।
* कुनै कुराको विशेष गुण छ वा त्यो गुण एकदमै धेरै छ भन्‍ने कुरा देखाउनु रूपकको अर्को उद्देश्य हो ।
* मानिसहरूले जसरी (**बिम्ब**) को बारेमा सोच्छन् त्यसरी नै (**विषय**) को बारेमा महसुस गराउनु रूपकको अर्को उद्देश्य हो ।
#### यो अनुवादको विषय हुनुका कारणहरू
* मानिसहरूले रूपकलाई नचिन्‍न सक्छन् । उनीहरूले रूपकलाई शाब्दिक रूपमा बुझ्‍न सक्छन् ।
* बिम्बको रूपमा प्रयोग गरिएको कुरासँग मानिसहरू परिचित नभएको कारण तिनीहरूले रूपकलाई नबुझ्‍न सक्छन् ।
* यदि विषयलाई व्यक्त गरिएको छैन भने मानिसहरूले विषयको बारेमा थाहा नपाउन सक्छन् ।
* वक्ताले प्रयोग गरेको तुलनाको बिन्दुलाई मानिसहरूले नबुझ्‍न सक्छन् । यदि तिनीहरूले तुलनाको बिन्दुको बारेमा सोच्‍न सकेनन् भणे तिनीहरूले रूपकलाई बुझ्दैनन् ।
* मानिसहरूलाई रूपक बझे जस्तो लाग्‍न सक्छ तर बुझेका भने हुँदैनन् । तिनीहरूले तुलनालाई बाइबलको आधारमा नभइ आफ्नै भाषाको आधारमा बुझ्दा यसो हुन्छ ।
#### अनुवाद रणनीतिहरू
* मूल पाठकहरूका लागि जस्तै गरी लक्षित पाठकहरूका लागि पनि उक्त रूपकलाई सकेसम्म स्पष्ट बनाउनुहोस् ।
* मूल पाठकहरूका लागि रूपकलाई जति स्पष्ट पारिएको छ त्योभन्दा स्पटष्ट नपार्नुहोस् ।
### बाइबलबाट उदाहरणहरू
>हे सामरिया डाँडामा बस्‍ने <u>बाशानका गाई हो</u>, (आमोस ४:१ )
यस रूपकमा आमोसले सामरियाका उच्च-तहका स्त्रीहरूलाई (शीर्षक "तिमी") गाई (बिम्ब) को रूपमा प्रयोग गरिएको छ । ती स्त्रीहरू र गाईहरू बिचको तुलनाको बिन्दु के हो भनेर आमोसले बताउँदैनन् । पाठकहरूले यो कुराको बारेमा सोचून् र त्यतिबेलाको सन्दर्भअनुसार बुझून् भन्‍ने उनको चाहना हो । सन्दर्भलाई हेर्ने हो भने ती स्त्रीहरू बाशानका गाईहरू जस्तै मोटा र खाने कुराहरूमा मात्र ध्यान दिने गर्थे । यदि यसलाई हामीले अर्कै सन्दर्भअनुसार बुझेर गाईहरू पवित्र हुनाले तिनीहरूको पूजा गर्नुपर्छ भनेर बुझ्यौँ भने त्यसले गलत अर्थ दिन्छ ।
टिप्पणी, आमोसले ती स्त्रीहरूलाई गाई नै हुन् भनेका होइनन् । तिनीहरूलाई उनले मानिसहरू नै भनेका हुन् ।
>तापनि अब हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्‍छ । <u>हामी माटो हौं</u>, र <u>तपाईंचाहिँ कुमाले हुनुहुन्‍छ</u> । हामी सबै तपाईंकै हातका कार्यहरू हौं ।(यशैया ६४:८ )
माथिको उदाहरणमा दुईवटा एकअर्कासँग सम्बन्धित रूपकहरू छन् । "हामी" र "तपाईं" विषय हुन् र "माटो" र "कुमाले" बिम्ब हुन् । कुमाले र परमेश्‍वर बिचमा भएको तुलनाको बिन्दुचाहीँ दुबैले आफ्नो सामाग्रीलाई जस्तो मन लाग्छ त्यसरी नै चलाउँछन् भन्‍ने होः कुमालेले माटोबाट आफूले सोचेजस्तो सामान बनाउँछ र परमेश्‍वरले पनि आफ्ना मानिसहरूबाट आफूले चाहेबमोजिम गर्नुहुन्छ । कुमालेको माटो र "हामी" बिचको तुलनाको बिन्दु यही हो कि माटोले कुमालेलाई र मानिसहरूले परमेश्‍वरलाई आफूलाई यस्तो किन बनाएको भनेर गुनासो गर्न पाउँदैनन् ।
>येशूले तिनीहरूलाई भन्‍नुभयो, “ध्‍यान देओ, <u>फरिसी र सदुकीहरूको खमिर</u>बाट होशियार रहो।” तिनीहरूले आपसमा बहस गर्न लागे, “हामीहरूले रोटी ल्‍याएनौं, र उहाँले यसो भन्‍नुभएको होला।” (मत्ती १६:६-७ )
यहाँ येशूले रूपकको प्रयोग गर्नुभयो तर उहाँका चेलाहरूले यस कुराको महसुस गरेनन् । जब उहाँले "खमिर" भन्‍नुभयो उहाँले रोटीको बारेमा कुरा गरिरहनु भएको छ भनी तिनीहरूले सोचे, तर यहाँ "खमिर" उहाँले प्रयोग गर्नु भएको रूपकको बिम्ब हो र फरिसी र सदुकीहरूको शिक्षाचाहीँ विषय हो । येशूले भन्‍नु भएको कुरा चेलाहरूले (मूल श्रोताहरू) बुझेनन्, यहाँ येशूले भन्‍नु भएको कुरा स्पष्टसँग व्यक्त गर्नु असल हुन्छ ।
### अनुवादका रणनीतिहरू
यदि मानिसहरूले रूपकलाई मूल पाठकहरूले झैँ गरेर बुझ्छन् भने तिनक प्रयोग गर्नुहोस् । मानिसहरूले सही तरिकाले बुझ्छन् कि बुझ्दैनन् भन्‍ने कुरा जाँच्‍नको निम्ति मानिसहरूकहाँ यसको जाँच गर्नुहोस् ।
यदि मानिसहरूले बुझ्दैनन् भने केही रणनीतिहरू तल दिइएको छ ।
१. यदि स्रोत भाषामा रूपकको प्रयोगले जोडी अवधारणालाई बाइबलीय भाषामा (मृत रूपक) व्यक्त गर्छ भने मूल विचारलाई तपाईंको भाषाले रुचाएअनुसार सकेसम्म सरल तरिकाले व्यक्त गर्नुहोस् ।
२. यदि "जीवित" रूपक रहेछ र <u>लक्षित भाषामा पनि मूल भाषामा जस्तै रूपकको प्रयोग गरिन्छ भने</u> यसलाई शाब्दिक रूपमा अनुवाद गर्नुहोस् । यसो गर्दा भाषा समुदायका मानिसहरूले बुझ्छन् कि बुझ्दैनन् भनेर जाँच गर्न नभुल्नुहोस् ।
३. यदि लक्षित पाठकहरूले रूपकलाई चिन्दैनन् भने रूपकलाई उपमामा परिवर्तन गर्नुहोस् । केही भाषाहरूमा "जस्तै" प्रयोग गरेर उपमा बनाइन्छ । हेर्नुहोस् [समान](../figs-simile/01.md).
४. यदि लक्षित पाठकहरूले **बिम्ब** भनेको बुझ्दैनन् भने यसलाई अनुवाद गर्नको लागि [थाहा नपाएका कुराहरूको अनुवाद](../translate-unknown/01.md)हेर्नुहोस् ।
५. यदि लक्षित पाठकहरूले **बिम्ब**को प्रयोग यसले दिनुपर्ने अर्थअनुसार गर्दैनन् भने तपाईंकै सन्दर्भ अनुसारको बिम्ब प्रयोग गर्नुहोस् । यसो गर्दा बाइबलको समयमा सम्भव हुने बिम्बको मात्र प्रयोग गर्नुहोस् ।
६. यदि लक्षित भाषाका पाठकलाई **विषय**को बारेमा थाहा छैन भने त्यसलाई स्पष्टसँग व्यक्त गर्नुहोस् । (तर मूल पाठकलाई विषयको बारेमा थाहा थिएन भने यसो नगर्नुहोस् ।)
७. यदि लक्षित भाषाका पाठकलाई विषय र बिम्ब बिचको **तुलनाको बिन्दु** थाहा छैन भने त्यसलाई स्पष्टसँग व्यक्त गर्नुहोस् ।
८. यदि दिइएका कुनै पनि रणनीतिहरू ठिक लागेनन् भने रूपकको प्रयोग नगरिकन विचारलाई व्यक्त गर्नुहोस् ।
### अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू
१. यदि स्रोत भाषामा रूपकको प्रयोगले जोडी अवधारणालाई बाइबलीय भाषामा (मृत रूपक) व्यक्त गर्छ भने मूल विचारलाई तपाईंको भाषाले रुचाएअनुसार सकेसम्म सरल तरिकाले व्यक्त गर्नुहोस् ।
* **सभाघरका शासकहरूमध्‍ये याइरस नाउँका एक जना उहाँकहाँ आए, र उहाँलाई देखेर <u>उहाँका पाउमा घोप्‍टो परे</u>,** (मर्कूस ५:२२ )
* सभाघरका शासकहरूमध्‍ये याइरस नाउँका एक जना उहाँकहाँ आए, र उहाँलाई देखेर <u>तत्कालै उहाँको अघि निहुरे</u>
२. यदि "जीवित" रूपक रहेछ र <u>लक्षित भाषामा पनि मूल भाषामा जस्तै रूपकको प्रयोग गरिन्छ भने</u> यसलाई शाब्दिक रूपमा अनुवाद गर्नुहोस् । यसो गर्दा भाषा समुदायका मानिसहरूले बुझ्छन् कि बुझ्दैनन् भनेर जाँच गर्न नभुल्नुहोस् ।
* **तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूका <u>हृदयको कठोरताले</u> गर्दा उनले तिमीहरूलाई यो आज्ञा लेखिदिए ।** (मर्कूस १०:५ )
* र येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूका <u>हृदयको कठोरताले</u> गर्दा उनले तिमीहरूलाई यो आज्ञा लेखिदिए ।
यसमा कुनै परिवर्तन गरिएको छैन - तर यसो गर्दा लक्षित पाठकहरूले बुझ्छन् कि बुझ्दैनन् भनेर जाँच गर्नुपर्छ ।
३. यदि लक्षित पाठकहरूले रूपकलाई चिन्दैनन् भने रूपकलाई उपमामा परिवर्तन गर्नुहोस् । केही भाषाहरूमा "जस्तै" प्रयोग गरेर उपमा बनाइन्छ ।
* **तापनि अब हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्‍छ । <u>हामी माटो हौं</u>, र <u>तपाईंचाहिँ कुमाले हुनुहुन्‍छ</u> । हामी सबै तपाईंकै हातका कार्यहरू हौं ।** (यशैया ६४:८ )
* तापनि अब हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्‍छ । हामी माटो <u>जस्तै</u> हौं, र तपाईंचाहिँ कुमाले <u>जस्तै</u> हुनुहुन्‍छ । हामी सबै तपाईंकै हातका कार्यहरू हौं ।
४. यदि लक्षित पाठकहरूले **बिम्ब** भनेको बुझ्दैनन् भने यसलाई अनुवाद गर्नको लागि [थाहा नपाएका कुराहरूको अनुवाद](../translate-unknown/01.md)हेर्नुहोस् ।
* **शाऊल, शाऊल, तिमी किन मलाई सताउँदछौ? <u>सुइरोमा लात हान्‍दा</u> तिमीलाई नै दुख्‍छ ।** (प्रेरित २६:१४ )
* शाऊल, शाऊल, तिमी किन मलाई सताउँदछौ? <u>तिखो लठ्ठिमा लात हान्‍दा</u> तिमीलाई नै दुख्‍छ ।
५. यदि लक्षित पाठकहरूले **बिम्ब**को प्रयोग यसले दिनुपर्ने अर्थअनुसार गर्दैनन् भने तपाईंकै सन्दर्भ अनुसारको बिम्ब प्रयोग गर्नुहोस् । यसो गर्दा बाइबलको समयमा सम्भव हुने बिम्बको मात्र प्रयोग गर्नुहोस् ।
* **तापनि अब हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्‍छ । <u>हामी माटो हौं</u>, र <u>तपाईंचाहिँ कुमाले हुनुहुन्‍छ</u>। हामी सबै तपाईंकै हातका कार्यहरू हौं ।** (यशैया ६४:८ )
* “तापनि अब हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्‍छ । <u>हामी काठ हौँ</u>, र <u>तपाईंचाहिँ सिकर्मी हुनुहुन्‍छ</u>। हामी सबै तपाईंकै हातका कार्यहरू हौं ।”
* “तापनि अब हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्‍छ । <u>हामी धागो हौं</u>, र <u>तपाईंचाहिँ जुलाहा हुनुहुन्‍छ</u>। हामी सबै तपाईंकै हातका कार्यहरू हौं । ”
६. यदि लक्षित भाषाका पाठकलाई **विषय**को बारेमा थाहा छैन भने त्यसलाई स्पष्टसँग व्यक्त गर्नुहोस् । (तर मूल पाठकलाई विषयको बारेमा थाहा थिएन भने यसो नगर्नुहोस् ।)
* **परमप्रभु जीवित हुनुहुन्‍छ! मेरो <u>चट्टानको </u>स्‍तुति-प्रशंसा होस्‌ । मेरा उद्धारक परमेश्‍वर उच्‍च होऊन्‌ ।** (भजनसङ्ग्रह १८:४६ )
* परमप्रभु जीवित हुनुहुन्‍छ! <u>उहाँ मेरो चट्टान हुनुहुन्छ</u> । उहाँको स्‍तुति-प्रशंसा होस्‌ । मेरा उद्धारक परमेश्‍वर उच्‍च होऊन्‌ ।
७. यदि लक्षित भाषाका पाठकलाई विषय र बिम्ब बिचको **तुलनाको बिन्दु** थाहा छैन भने त्यसलाई स्पष्टसँग व्यक्त गर्नुहोस् ।
* **परमप्रभु जीवित हुनुहुन्‍छ! मेरो <u>चट्टानको </u>स्‍तुति-प्रशंसा होस्‌ । मेरा उद्धारक परमेश्‍वर उच्‍च होऊन्‌ ।** (भजनसङ्ग्रह १८:४६ )
* परमप्रभु जीवित हुनुहुन्‍छ! उहाँको स्‍तुति-प्रशंसा होस्‌ किनकि उहाँ चट्टान हुनुहुन्छ <u>जसमुनि म मेरा शत्रुबाट लुक्छु</u>। मेरा उद्धारक परमेश्‍वर उच्‍च होऊन्‌ ।
* **शाऊल, शाऊल, तिमी किन मलाई सताउँदछौ? <u>सुइरोमा लात हान्‍दा</u> तिमीलाई नै दुख्‍छ ।** (प्रेरित २६:१४ )
* शाऊल, शाऊल, तिमी किन मलाई सताउँदछौ? <u>तिमी मेरो विरुद्ध युद्ध गर्छौ र मालिकको तिखो लठ्ठिमा लात हान्‍ने गोरुले जसरी आफैलाई चोट पुर्‍याउँछौ</u>
८. यदि दिइएका कुनै पनि रणनीतिहरू ठिक लागेनन् भने रूपकको प्रयोग नगरिकन विचारलाई व्यक्त गर्नुहोस् ।
* **म तिमीहरूलाई <u>मानिसहरूका जालहारी</u> बनाउने छु ।** (मर्कूस १:१७ )
* म तिमीहरूलाई <u>मानिसहरू भेला गर्ने मानिस</u> बनाउने छु ।
* अहिले तिमीहरू माछा जम्मा गर्छौ । म तिमीहरूलाई <u>मानिसहरू जम्मा गर्ने </u>बनाउने छु ।
रूपकहरूको बारेमा थप जानकारीको निम्ति [बाइबीय बिम्बविधान - साझा ढाँचाहरू](../bita-part1/01.md)हेर्नुहोस् ।