ne_ta/translate/figs-irony/01.md

64 lines
16 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

### वर्णन
वक्ताले भनेका शब्दहरूको शाब्दिक अर्थको ठिक विपरित अर्थ लाग्‍ने गरी अभिव्यक्त गरिने अलङ्‍कारलाई व्यङ्ग्य भनिन्छ । कहिलेकाहीँ कुनै व्यक्तिले अरूको शब्दलाई सापटी लिएर यसको प्रयोग गर्छ, तर उसले आफू त्यससँग सहमत छैन भन्‍ने कुरा सञ्‍चार गर्न खोजेको हुन्छ । मानिसहरूले कुनै कुरा हुनुपर्ने भन्दा कति फरक छ भन्‍ने कुरा जनाउलाई प्रयोग गर्छन् वा केही कुराप्रति कसैको विश्‍वास कति गलत वा मूर्ख छ भन्‍ने कुरा देखाउनलाई पनि यसको प्रयोग गरिन्छ ।
>तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “निरोगीलाई वैद्यको खाँचो पर्दैन, तर रोगीलाई मात्र । म धर्मीहरूलाई होइन, तर पापीहरूलाई पश्‍चात्तापको निम्‍ति बोलाउन आएको हुँ ।” (लूका ५:३१-३२ )
येशूले "धर्मीहरू" भनेर साँच्चै धर्मीहरूलाई भन्‍नुभएको होइन, तर आफूलाई धर्मी ठान्‍नेहरूलाई भन्‍नुभएको हो । आफूलाई अरूभन्दा धर्मी ठानी पश्‍चाताप गर्नु आवश्यक छैन भन्‍ने सोच्‍नु गलत हो भन्‍ने देखाउनलाई येशूले व्यङ्ग्यको प्रयोग गर्नुभयो ।
#### यो अनुवादको विषय हुनुको कारण
* यदि कसैले वक्ताले व्यङ्ग्यको प्रयोग गरेको हो भन्‍ने कुरा बुझेन भने वक्ताले जे विश्‍वास गर्छ त्यही नै बोल्छ भन्‍ने भ्रम पर्न सक्छ । यसैले उसले खण्डले भन्‍न खोजेको कुराको विपरित बुझ्छ ।
### बाइबलबाट उदाहरणहरू
>तिमीहरू आफ्‍ना परम्‍परा मान्‍नलाई <u>कति धूर्ततासँग परमेश्‍वरको आज्ञालाई टारिदिन्‍छौ</u> (मर्कूस ७:९ )
यहाँ येशूले फरिसीहरूले गरेको गलत कामलाई येशूले प्रशंसा गर्नुभएको छ । उहाँले व्यङ्ग्यको माध्यमद्वारा प्रशंसाको विपरित कुराको सञ्‍चार गर्नुहुन्छः उहाँले आज्ञाहरू पालन गर्ने कुरालाई गर्वको रूपमा लिने फरिसीहरूलाई तिनीहरूका परम्पराहरूले परमेश्‍वरको आज्ञालाई भङ्ग गरेका कारण तिनीहरू परमेश्‍वरदेखि धेरै टाढा छन् भन्‍ने कुराको सञ्‍चार गर्नुहुन्छ । व्यङ्ग्यको प्रयोगले फरिसीहरूका पापलाई स्पष्ट र सनसनीपूर्ण बनाइदिनुभयो ।
>“आफ्‍नो मुद्दा-मामिला पेश गर,” परमप्रभु भन्‍नुहुन्‍छ । “आफ्‍नो तर्क ल्‍याओ,” याकूबका महाराजाधिराज भन्‍नुहुन्‍छ। <u>“जे हुन आउने छ सो बताइदिन तिमीहरूका मूर्तिहरूलाई ल्‍याओ । यसरी भइसकेका कुरा हामीलाई बताइदेओ, र हामी तिनको विचार गरौं, र तिनको आखिरी नतीजा के हुन्‍छ भनी हामी जान्‍न सकौं । अथवा हुन आउने कुरा हामीलाई बताइदेओ</u> ।” (यशैया ४१:२१-२२ )
मानिसहरूले आफ्ना मूर्तिहरूको पूजा यसरी गरे कि मानौँ ती मूर्तिहरूसँग ज्ञान वा शक्ति थियो, र परमेश्‍वर तिनीहरूको यस क्रियाकलापदेखि क्रोधित हुनुभयो । यसैले उहाँले व्यङ्ग्यको प्रयोग गरेर भविष्यमा के हुने हो सो कुरा बताउन तिनीहरूका मूर्तिहरूलाई चुनौति दिनुभयो । मूर्तिहरूले त्यसो गर्न सक्दैनन् भन्‍ने उहाँलाई थाहा थियो, तर तिनीहरूले सक्छन् झैं गरेर तिनीहरूलाई गिज्याउनुभयो । यसरी तिनीहरूको असक्षमतालाई उहाँले थप स्पष्ट पारिदिनुभयो र तिनीहरूको पूजा गरेको कारण मानिसहरूलाई हप्काउनुभयो ।
>के तैंले तिनीहरू हरेकलाई तिनीहरूका ठहराएका सिमानामा लैजान सक्‍छस्‌?
>र तिनीहरूका घर जाने बाटो तँलाई थाहा छ?
><u>नि:सन्‍देह तैंले यी सबै कुरा जान्‍दछस्‌ होला, किनकि तँ जन्‍मिसकेको थिइस्‌!</u>
>“<u>तँ कति धेरै वर्ष बाँचिसकिस्‌!</u>“ (अय्यूब ३८:२०, २१ )
अय्यूबले आफूलाई बुद्धिमानी सोचे । अय्यूब बुद्धिमानी छैनन् भन्‍ने देखाउनलाई परमेश्‍वरले व्यङ्ग्यको प्रयोग गर्नुभयो । माथि रेखाङ्‍कन गरिएका दुई वाक्यांशहरू व्यङ्ग्य हुन् । तिनीहरूले लेखिएको कुराभन्दा विपरित अर्थ दिन्छन्, किनकि यी वाक्यांशहरू झुटा हुन् । अय्यूबलाई ज्योतिको सृष्टिको बारेमा थाहा छैन किनकि तिनी धेरै-धेरै वर्षपछि जन्मिका थिए भन्‍ने कुरालाई यसले जोड दिएको छ ।
>तिमीहरू तृप्‍त भइसकेका छौ । तिमीहरू धनी भइसकेका छौ । हामीविना नै तिमीहरू राजा भएका छौ। तिमीहरूले साँच्‍चै राज्‍य गरेका भए हुन्‍थ्‍यो, ताकि हामी पनि तिमीहरूसँगै राज्‍य गर्न सकौं! (१ कोरिन्थी ४:८ )
कोरिन्थीका मानिसहरूले आफूलाई धेरै बुद्धिमानी, आफैँमा पूर्ण, र आफूलाई पावलका शिक्षाहरूको आवश्यकता नपर्ने ठाने । तिनीहरूले कति घमण्डका साथ नाटक गरिरहेका थिए र तिनीहरू बुद्धिमानी थिएनन् भ‍न्‍ने कुरा देखाउनलाई पावलले व्यङ्ग्यको प्रयोग गरे ।
### अनुवादका रणनीतिहरू
यदि तपाईंको भाषामा व्यङ्ग्यलाई बुझिन्छ भने यसलाई जस्ताको तस्तै अनुवाद गर्नुहोस् । होइन भने केही रणनीतिहरू तल दिइएका छन्ः
१. अरू कसैले के कुरा विश्‍वास गर्छ भन्‍ने कुरा वक्ताले बताउँदैन् भन्‍ने अर्थ लाग्‍ने गरी अनुवाद गर्नुहोस् ।
२. व्यङ्ग्यले भन्‍न खोजेको वास्तविक कुरालाई व्यक्त गर्ने किसिमले अनुवाद गर्नुहोस् । वक्ताले व्यक्त गरेको शब्दहरूमा वास्तविक अर्थ पाइन्‍नन्, वास्तविक अर्थ वक्ताले प्रयोग गरेका शब्दहरूको शाब्दिक अर्थको विपरित हुन्छ ।
### अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू
१. अरू कसैले के कुरा विश्‍वास गर्छ भन्‍ने कुरा वक्ताले बताउँदैन् भन्‍ने अर्थ लाग्‍ने गरी अनुवाद गर्नुहोस् ।
* **<u>तिमीहरू आफ्‍ना परम्‍परा मान्‍नलाई कति धूर्ततासँग परमेश्‍वरको आज्ञालाई टारिदिन्‍छौ</u>** (मर्कूस ७:९ )
* <u>तिमीहरू आफ्‍ना परम्‍परा मान्‍नलाई </u>तिमीहरूले असलै गरिरहेका छौँ भन्‍ने सोच्छौ तर तिमीहरूले परमेश्‍वरको आज्ञा भङ्‍ग गरेका छौ ।
* <u>तिमीहरू आफ्‍ना परम्‍परा मान्‍न सकौँ भनेर </u>परमेश्‍वरको आज्ञा भङ्‍ग गर्नु ठिकै हो जस्तो गर्छौ ।
* **म <u>धर्मीहरूलाई</u>होइन, तर पापीहरूलाई पश्‍चात्तापको निम्‍ति बोलाउन आएको हुँ ।** (लूका ५:३२ )
*<u>आफैंलाई धर्मी ठान्‍नेहरूलाई</u> होइन, तर पापीहरूलाई पश्‍चात्तापको निम्‍ति बोलाउन आएको हुँ ।
२ व्यङ्ग्यले भन्‍न खोजेको वास्तविक कुरालाई व्यक्त गर्ने किसिमले अनुवाद गर्नुहोस् ।
* **<u>तिमीहरू आफ्‍ना परम्‍परा मान्‍नलाई कति धूर्ततासँग परमेश्‍वरको आज्ञालाई टारिदिन्‍छौ</u>** (मर्कूस ७:९ )
* <u>तिमीहरू आफ्‍ना परम्‍परा मान्‍नलाई परमेश्‍वरको आज्ञालाई इन्कार गरेर तिमीहरूले एकदमै नराम्रो काम गरिरहेका छौ</u>
* **“आफ्‍नो मुद्दा-मामिला पेश गर,” परमप्रभु भन्‍नुहुन्‍छ । “आफ्‍नो तर्क ल्‍याओ,” याकूबका महाराजाधिराज भन्‍नुहुन्‍छ। <u>“जे हुन आउने छ सो बताइदिन तिमीहरूका मूर्तिहरूलाई ल्‍याओ । यसरी भइसकेका कुरा हामीलाई बताइदेओ, र हामी तिनको विचार गरौं, र तिनको आखिरी नतीजा के हुन्‍छ भनी हामी जान्‍न सकौं । अथवा हुन आउने कुरा हामीलाई बताइदेओ</u> ।”** (यशैया ४१:२१-२२ )
* “आफ्‍नो मुद्दा-मामिला पेश गर,” परमप्रभु भन्‍नुहुन्‍छ । “आफ्‍नो तर्क ल्‍याओ,” याकूबका महाराजाधिराज भन्‍नुहुन्‍छ। <u>“तिमीहरूका मूर्तिहरूले आफ्नो तर्क ल्याउन सक्दैनन् वा हुन आउने कुराको बारेमा बताउन सक्दैनन् </u> यसरी तिनको बारेमा हामीले राम्ररी जान्‍न सकौँ। हामी तिनीहरूका कुरा सुन्‍न सक्दैनौँ किनकि तिनीहरूले पहिले गरेका घोषणाहरूको बारेमा बताउनको निम्ति <u>तिनीहरू बोल्‍न सक्दैनन्</u> ताकि हामी तिनको विचार गरौं, र तिनको आखिरी नतीजा के हुन्‍छ भनी हामी जान्‍न सकौं ।
* **के तैंले तिनीहरू हरेकलाई तिनीहरूका ठहराएका सिमानामा लैजान सक्‍छस्‌?**
**र तिनीहरूका घर जाने बाटो तँलाई थाहा छ?**
**<u>नि:सन्‍देह तैंले यी सबै कुरा जान्‍दछस्‌ होला, किनकि तँ जन्‍मिसकेको थिइस्‌!</u>**
**<u>तँ कति धेरै वर्ष बाँचिसकिस्‌!</u>“** (अय्यूब ३८:२०, २१ )
* के तैंले तिनीहरू हरेकलाई तिनीहरूका ठहराएका सिमानामा लैजान सक्‍छस्‌? र तिनीहरूका घर जाने बाटो तँलाई थाहा छ? <u>तिनीहरूको सृष्टि गरेको बेला तँ त्यहाँ भएझैँ र तेरो उमेर सृष्टिको उमेर जति नै भएझैँ, ज्योति र अन्धकार कसरी सृष्टि गरिए भन्‍ने कुरा जाने जस्तो नाटक गर्छस्, तर तँलाई केही पनि थाहा छैन !</u>