ne_ta/translate/figs-infostructure/01.md

12 KiB

वर्णन

फरक भाषाहरूका वाक्य गठन प्रक्रिया फरक-फरक हुन्छन् । अङ्ग्रेजीमा कर्ता सुरुमा आउँछ, त्यसपछि क्रियापद, त्यसपछि कर्म र अन्य परिमार्जकहरू आउँछन् । तर नेपालीको वाक्य गठन प्रक्रिया फरक हुन्छ । कर्ता, कर्म र अन्तमा क्रियापद । उदाहरणको लागिः

हिजो पत्रुसले उसको घरमा रङ्ग लगायो ।

अन्य भाषाहरूमा यो वाक्य गठन फरक हुन्छ । उदाहरणको लागि अङ्ग्रेजीमाः

पत्रुसले रङ्ग लगायो उसको घरमा हिजो ।

सबै भाषाहरूका वाक्य गठन प्रक्रिया फरक भए तापनि वक्ता वा लेखकले आफूले दिन खोजेको जानकारी अनुसार यसलाई बदल्न पनि सक्छन् । मानौं कसैले "पत्रुसले हिजो केमा रङ्ग लगायो?" भन्‍ने प्रश्‍नको जवाफ दिने हो भने प्रश्‍नकर्तालाई कर्ता "उसको घरमा" बाहेकका सबै जानकारी थाहा छ । त्यसैले यो नै जानकारी सबैभन्दा महत्त्वपूर्ण भाग बन्छ र नेपालीमा यसको जवाफ दिने व्यक्तिले यसो भन्‍नसक्छः

उसको घरमा पत्रुसले (हिजो) रङ्ग लगायो ।

यसमा सबैभन्दा महत्त्वपूर्ण जानकारीलाई सुरुमा राखिएको छ, नेपालीमा यसो गर्नु सामान्य हो । केही भाषामा सबैभन्दा महत्त्वपूर्ण जानकारीलाई अन्तिममा राख्‍ने गरिन्छ । पाठकको लागि सबैभन्दा महत्त्वपूर्ण जानकारी नै पाठकको लागि नयाँ जानकारी बन्‍नजान्छ । केही भाषाहरूमा नयाँ जानकारी सुरुमा र अन्य भाषाहरूमा अन्तमा राखिन्छ ।

यो अनुवादको विषय हुनुका कारणहरू

  • फरक भाषाहरूका वाक्य गठन प्रक्रिया फरक-फरक हुन्छन् । यदि अनुवादकले स्रोत भाषाको वाक्य गठन प्रक्रियालाई अनुवादको क्रममा हुबहु नक्कल गर्ने हो भने त्यसले अर्थ दिँदैन ।
  • फरक भाषाहरूमा नयाँ जानकारीलाई प्रस्तुत गर्दा वाक्यको फरक-फरक ठाउँमा राखिन्छ । यदि अनुवादकले अनुवाद गर्दा नयाँ जानकारीलाई स्रोत भाषाको जस्तै गरेर राख्‍ने हो भने यसले अलमलमा पार्छ र गलत सन्देश पनि दिनसक्छ ।

बाइबलबाट उदाहरणहरू

अनि सबैले खाए, र तृप्‍त भए । (मर्कूस ६:४२ )

यो वाक्यका भागहरूको क्रम मूल ग्रीक भाषामा फरक थियो । तिनीहरूको क्रम यस्तो थियोः

  • अनि तिनीहरूले खाए सबै र तिनीहरू भए तृप्त ।

नेपालीमा यसको अर्थ हुन्छ तिनीहरूले हरेक कुरा खाए । तर अर्को पदले तिनीहरूले उब्रिएका बार डाला बटुले भन्छ । यसलाई अलमलमा नपार्ने बनाउन अनुवादकलले यसलाई फरक तरिकाले लेखेका छन् ।

अब दिन ढल्‍कन लाग्‍यो, र बाह्रै जनाले आएर उहाँलाई भने, “भीडलाई बिदा दिनुहोस्, र तिनीहरू गएर आसपासका बस्‍ती र गाउँ हुँदो वास बसून्, र भोजनको व्‍यवस्‍था गरून्, किनकि यहाँ हामी निर्जन ठाउँमा छौं ।” (लूका ९:१२ )

यो पदमा चेलाले येशूलाई भनेको कुरामा महत्त्वपूर्ण जानकारीलाई सुरुमा राखिएको छ - भिडलाई बिदा दिनुहोस् । तर महत्त्वपूर्ण जानकारीलाई अन्तमा राखिने भाषाहरूमा मानिसहरूले भिडलाई जान दिने कारणलाई फरक तरिकाले बुझ्छन् - निर्जन ठाउँमा छौँ - भन्‍ने वाक्यांशचाहिँ चेलाहरूले येशूलाई भन्‍न खोजेको जानकारीको रूपमा बुझ्‍छन् । त्यस ठाउँमा भएका आत्माहरूसँग चेलाहरू डराएको कारण मानिसहरूलाई खाना किन्‍न पठाएर आत्माहरूदेखि जोगाउन खोजेका हुन् भन्‍ने बुझ्‍न सक्छन्, जुन गलत सन्देश हो ।

धिक्‍कार, तिमीलाई, जब सबै मानिसहरूले तिमीहरूको प्रशंसा गर्नेछन्! किनकि यसरी नै तिनीहरूका पुर्खाहरूले झूटा अगमवक्ताहरूलाई गरेथे । (लूका ६:२६ )

यो पदमा महत्त्वपूर्ण जानकारीलाई सुरुमा राखेर - मानिसहरूले गरेको कामलाई "धिक्कार" भनिएको छ । यो चेतावनी दिनुको कारण अन्तमा राखिएको छ । महत्त्वपूर्ण जानकारीहरूलाई अन्तमा राखिने भाषा बोल्ने मानिसहरूले यसलाई गलत बुझ्‍न सक्छन् ।

अनुवादका रणनीतिहरू

१. तपाईंको भाषाको वाक्य गठन अध्ययन गर्नुहोस् र त्यस क्रमलाइ आफ्नो अनुवादमा प्रयोग गर्नुहोस् । २. तपाईंको भाषामा महत्त्वपूर्ण वा नयाँ जानकारीलाई कहाँ राखिन्छ त्यो अध्ययन गर्नुहोस् र शब्दहरूको क्रमलाई त्यही क्रममा राख्‍नुहोस् ।

अनुवादका रणनीतिहरू

१. तपाईंको भाषाको वाक्य गठन अध्ययन गर्नुहोस्, र त्यस क्रमलाइ आफ्नो अनुवादमा प्रयोग गर्नुहोस् ।

  • अनि उहाँ त्‍यहाँबाट निस्‍कनुभयो र उहाँ नगरमा फर्कनुभयो आफ्नै अनि तिनीहरूले उहाँको पछि लागे चेलाहरू उहाँका । (मर्कूस ६:१)

मूल ग्रीकमा यो पदलाई यस क्रममा राखिएको छ । यसलाई नेपालीमा निम्‍नानुसार राखिएको छः

त्‍यहाँबाट निस्‍केर उहाँ आफ्‍नै नगरमा फर्कनुभयो । उहाँका चेलाहरू उहाँको पछि लागे । (मर्कूस ६:१ )

२. तपाईंको भाषामा महत्त्वपूर्ण वा नयाँ जानकारीलाई कहाँ राखिन्छ त्यो अध्ययन गर्नुहोस् र शब्दहरूको क्रमलाई त्यही क्रममा राख्‍नुहोस् ।

अब दिन ढल्‍कन लाग्‍यो, र बाह्रै जनाले आएर उहाँलाई भने, “भीडलाई बिदा दिनुहोस्, र तिनीहरू गएर आसपासका बस्‍ती र गाउँ हुँदो वास बसून्, र भोजनको व्‍यवस्‍था गरून्, किनकि यहाँ हामी निर्जन ठाउँमा छौं ।” (लूका ९:१२ )

यदि तपाईंको भाषामा महत्त्वपूर्ण जानकारीलाई अन्तमा राखिन्छ भने तपाईंले पदको क्रमलाई परिवर्तन गर्न सक्नुहुन्छः

  • अब दिन ढल्‍कन लाग्‍यो, र बाह्रै जनाले आएर उहाँलाई भने, “किनकि यहाँ हामी निर्जन ठाउँमा छौं , भीडलाई बिदा दिनुहोस् र तिनीहरू गएर आसपासका बस्‍ती र गाउँ हुँदो वास बसून्, र भोजनको व्‍यवस्‍था गरून् । ”

धिक्‍कार, तिमीलाई, जब सबै मानिसहरूले तिमीहरूको प्रशंसा गर्नेछन्! किनकि यसरी नै तिनीहरूका पुर्खाहरूले झूटा अगमवक्ताहरूलाई गरेथे । (लूका ६:२६ )

यदि तपाईंको भाषामा महत्त्वपूर्ण जानकारीलाई अन्तमा राखिन्छ भने तपाईंले पदको क्रमलाई परिवर्तन गर्न सक्नुहुन्छः

  • जब सबै मानिसहरूले तिमीहरूको प्रशंसा गर्नेछन्! यो तिनीहरूका पुर्खाहरूले झूटा अगमवक्ताहरूलाई गरेजस्तै हो, तब तिमीलाई धिक्कार ।