ne_ta/translate/figs-imperative/01.md

77 lines
13 KiB
Markdown

### वर्णन
कुनै इच्छा व्यक्त गर्न वा कसैलाई केही काम गर्न लगाउनको निम्ति विध्यर्थ वाक्यहरूको प्रयोग गरिन्छ । कहिलेकाहीँ बाइबलमा प्रयोग गरिएका विध्यर्थ वाक्यका अन्य प्रयोग पनि हुन्छन् ।
### यो अनुवादको विषय हुनुको कारण
केही भाषाहरूमा बाइबलमा प्रयोग गरे जसरी विध्यर्थ वाक्यहरूको प्रयोग गर्दैनन् ।
### बाइबलबाट उदाहरणहरू
वक्ताहरूले प्राय गरेर सुन्‍ने व्यक्तिलाई केही काम गर्न लगाउनको निम्ति विध्यर्थ वाक्यहरूको प्रयोग गर्छन् । उत्पत्ति २ मा परमेश्‍वर इसाहकसँग बोल्‍नुभयो अनि तिनलाई मिश्रमा नजान र परमेश्‍वरले भनेको ठाउँमा बसोबास गर्न भन्‍नुभयो ।
> परमप्रभुले तिनीकहाँ देखा परेर तिनलाई भन्‍नुभयो, “<u>मिश्रमा नजा</u>, तर मैले तँलाई भनेकै ठाउँमा <u>बस्‌</u> । (उत्पत्ति २६:२ )
कहिलेकाहीँ बाइबलमा प्रयोग गरिएका विध्यर्थ वाक्यहरूका अन्य प्रयोगहरू हुन्छन्ः
#### विध्यर्थले कुनै कुराहरू सम्भव गराउने काम गर्छ
परमेश्‍वरले कुनै कुरा होओस् भनेर आज्ञा गर्नुहुन्छ र ती कुराहरू हुन्छन् । येशूले एकजना मानिसलाई निको होऊ भनेर आज्ञा गर्नुभयो र ऊ निको भयो । त्यस मानिसले आज्ञा पालन गर्नको लागि केही गर्न सकेन तर येशूले त्यसलाई निको पार्नुभयो । ("शुद्ध होऊ" को अर्थ "निको होऊ" हुन्छ ।)
> “म इच्‍छा गर्छु, तिमी <u>निको भइजाऊ</u> ।” तुरुन्‍तै त्‍यसको कुष्‍ठरोग निको भइगयो । (मत्ती ८:३ )
उत्पत्ति १ मा परमेश्‍वरले उज्यालो होस् भनेर आज्ञा गर्नुभयो र आज्ञा गरेर नै उहाँले उज्यालोलाई अस्तित्वमा ल्याउनुभयो । केही भाषाहरूमा उदाहरणको लागि बाइबलमा प्रयोग गरिएको हिब्रू भाषामा आज्ञाहरू तृतीय पुरुषमा छन् । अङ्ग्रेजीमा त्यस्तो छैन, त्यसैले तृतीय पुरुषमा भएको आज्ञालाई द्वितीय पुरुषमा परिवर्तन गर्नुपर्छ । उदाहरणः
>परमेश्‍वरले भन्‍नुभयो, “<u>उज्‍यालो होस्‌</u> ।” तब उज्‍यालो भयो । (उत्पत्ति १:३ )
तृतीय पुरुष आज्ञा प्रयोग गरिने भाषाहरूले मूल हिब्रूलाई पच्छ्याउन सक्छन्, यसलाई सिधै अनुवाद गर्दा "उज्यालो हुनुपर्छ" हुन्छ ।
#### आशिष्‌हरूको रूपमा प्रयोग गरिएका विध्यर्थहरू
बाइबलमा मानिसहरूलाई आशिष् दिँदा विध्यर्थको प्रयोग गर्नुहुन्छ । यसले तिनीहरूको निम्ति उहाँको इच्छालाई जनाउँछ ।
>परमेश्‍वरले तिनीहरूलाई आशिष्‌ दिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “<u>फल्‍दै-फुल्‍दै</u>, <u>वृद्धि हुँदै</u>, पृथ्‍वीमा <u>भरिँदै</u> र त्‍यसलाई आफ्‍नो <u>वशमा पार्दैजाओ</u> । समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्‍वीका सबै जीवित प्राणीहरूमाथि <u>अधिकार गर</u> ।” उत्पत्ति १:२८
#### सर्तहरूको रूपमा विध्यर्थ
कुनै कुरा हुनको निम्ति आवश्यक **सर्त** को रूपमा पनि विध्यर्थ वाक्याको प्रयोग गर्न सकिन्छ । हितोपदेशले जीवन र अक्सर गरेर हुने कुराहरूको बारेमा बताउँछ । तल दिइएको हितोपदेश ४:६ को उद्देश्य आज्ञा दिनु नभइ **यदि** मानिसहरूले बुद्धिलाई प्रेम गरे भने तिनीहरूको जीवनमा के हुन्छ भन्‍ने कुरा सिकाउनु हो ।
>... बुद्धिलाई <u>नत्‍याग्</u>, र त्‍यसले तँलाई सुरक्षित राख्‍ने छ । त्‍यसलाई <u>प्रेम गर्</u>, र त्‍यसले तँमाथि हेरचाह गर्ने छ ।(हितोपदेश ४:६ )
तल दिइएको हितोपदेश २२:६ मानिसहरूले आफ्ना छोराछोरीलाई हिँड्नुपर्ने बाटोमा तालीम दिँदा के हुन्छ भनेर सिकाउँछ ।
>बालकलाई ऊ हिँड्‌नुपर्ने बाटोमा <u>तालीम देऊ</u>
>,र वृद्धावस्‍थासम्‍म ऊ त्‍यसबाट तर्किएर जाँदैन । (हितोपदेश २२:६ )
### अनुवादका रणनीतिहरू
१. बाइबलमा जुन कार्यहरू जनाउनको लागि विध्यर्थको प्रयोग भएको छ, यदि तपाईंको भाषा बोल्ने मानिसहरूले उक्त कार्य जनाउनको लागि विध्यर्थ प्रयोग गर्दैनन् भने विध्यर्थको ठाउँमा सामान्य वाक्यको प्रयोग गर्नुहोस् ।
२. कुनै कुरा गराउनको निम्ति प्रयोग गरिएको वाक्यलाई मानिसहरूले बुझ्दैनन् भने कुनै कुरा भनिएको कारण त्यो काम भएको हो भन्‍ने जनाउन "यसैले" को प्रयोग गर्नुहोस् ।
३. यदि तपाईंको भाषा बोल्ने मानिसहरूले आज्ञालाई सर्तको रूपमा प्रयोग गर्दैनन् भने, यसलाई "यदि" र "तब" भएका सामान्य वाक्यको रूपमा अनुवाद गर्नुहोस् ।
### अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू
१. बाइबलमा जुन कार्यहरू जनाउनको लागि विध्यर्थको प्रयोग भएको छ, यदि तपाईंको भाषा बोल्ने मानिसहरूले उक्त कार्य जनाउनको लागि विध्यर्थ प्रयोग गर्दैनन् भने विध्यर्थको ठाउँमा सामान्य वाक्यको प्रयोग गर्नुहोस् ।
* **शुद्ध होऊ ।** (मत्ती ८:३ )
* “अब तिमी शुद्ध भयौ ।”
* “अब म तिमीलाई शुद्ध पार्छु ।”
* **परमेश्‍वरले भन्‍नुभयो, “<u>उज्‍यालो होस्‌ </u>।” तब उज्‍यालो भयो ।** (उत्पत्ति १:३ )
* परमेश्‍वरले भन्‍नुभयो, “<u>यहाँ अब उज्‍यालो छ </u>।” तब उज्‍यालो भयो ।
* **परमेश्‍वरले तिनीहरूलाई आशिष्‌ दिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “<u>फल्‍दै-फुल्‍दै</u>, <u>वृद्धि हुँदै</u>, पृथ्‍वीमा <u>भरिँदै</u> र त्‍यसलाई आफ्‍नो <u>वशमा पार्दैजाओ</u> । समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्‍वीका सबै जीवित प्राणीहरूमाथि <u>अधिकार गर</u> ।”** (उत्पत्ति १:२८ )
* परमेश्‍वरले तिनीहरूलाई आशिष्‌ दिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “<u>तिमीहरूको लागि मेरो इच्छा तिमीहरू फलदायी होओ</u>, <u>वृद्धि हुँदै जाओ</u>, पृथ्‍वीमा <u>भरिँदै जाओ</u> र त्‍यसलाई आफ्‍नो <u>वशमा पार्दैजाओ</u> । समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्‍वीका सबै जीवित प्राणीहरूमाथि <u>अधिकार गर भन्‍ने म चाहन्छु</u> ।”
२. कुनै कुरा गराउनको निम्ति प्रयोग गरिएको वाक्यलाई मानिसहरूले बुझ्दैनन् भने कुनै कुरा भनिएको कारण त्यो काम भएको हो भन्‍ने जनाउन "त्यसैले" को प्रयोग गर्नुहोस् ।
* **परमेश्‍वरले भन्‍नुभयो, “<u>उज्‍यालो होस्‌ </u>।” तब उज्‍यालो भयो ।** (उत्पत्ति १:३ )
* परमेश्‍वरले भन्‍नुभयो, 'उज्‍यालो होस्‌ ,' <u>त्यसैले</u> उज्‍यालो भयो ।
* परमेश्‍वरले भन्‍नुभयो, “उज्‍यालो हुनुपर्छ,” <u>फलस्वरूप</u> उज्‍यालो भयो ।
३. यदि तपाईंको भाषा बोल्ने मानिसहरूले आज्ञालाई सर्तको रूपमा प्रयोग गर्दैनन् भने, यसलाई "यदि" र "तब" भएका सामान्य वाक्यको रूपमा अनुवाद गर्नुहोस् ।
>**बालकलाई ऊ हिँड्‌नुपर्ने बाटोमा तालीम देऊ,**
>**र वृद्धावस्‍थासम्‍म ऊ त्‍यसबाट तर्किएर जाँदैन ।** (हितोपदेश २२:६ )
#### अनुवाद गर्दा:
>“<u>यदि</u> तिमीले बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालिम दियौ भने,
><u>तब</u> ऊ वृद्ध हुँदा त्यसबाट तर्किएर जाँदैन ।”