ne_ta/translate/figs-idiom/01.md

72 lines
10 KiB
Markdown

टुक्का शब्दहरू मिलेर बनेको आलङ्‍कार हो, यसले यसमा प्रायुक्त हरेक शब्दहरू दिने सामान्य अर्थभन्दा फरक अर्थ दिन्छ । यो भाषा बोल्ने मानिसले यसको अर्थ नबताएसम्म यो भाषा नबोल्ने मानिसले यसको वास्तविक अर्थ थाहा पाउन सक्दैन । हरेक भाषामा टुक्काको प्रयोग गरिन्छ । नेपालीका केही उदाहरणहरूः
* तपाईंका दिनहरू कसरी कटिरहेका छन् । (यसको अर्थ हुन्छ "तपाईंको समय कसरी बितिरहेको छ")
* यदि मैले भएको जस्तो भएन भने म मेरो कान काट्छु । (यसको अर्थ हुन्छ, "मैले भनेको जस्तै हुन्छ भनी म कसम खान्छु" ।)
* तपाईंले त्यसरी मुख छाड्न मिल्दैन । (यसको अर्थ हुन्छ, "तपाईंले त्यसरी गाली गर्न मिल्दैन")
* मेरो छोरोले मेरो नाक राख्छ । (यसको अर्थ हुन्छ, "मेरो छोरोले मेरो प्रतिष्ठा राख्छ")
### वर्णन
टुक्का यस्तो वाक्यांश हो, जसले त्यही भाषा बोल्ने र प्रयोग गर्ने व्यक्तिलाई विशेष अर्थ दिन्छ । टुक्काले हरेक छुट्टाछुट्टै शब्दले दिने अर्थभन्दा फरक अर्थ दिन्छ ।
>उहाँको स्‍वर्गारोहणको दिन नजिकै आइपुग्‍दा उहाँले यरूशलेमतिरै जाने <u>अठोट गर्नुभयो </u> । (लूका ९:५१ )
अँग्रेजी बाइबलमा प्रयोग भएका शब्दहरू "set his face" अङ्ग्रेजी टुक्का हो, यसको अर्थ "निर्णय गर्नुभयो" हुन्छ ।
कहिलेकाहीँ मानिसहरूले टुक्कालाई सामान्य तरिकाले बुझ्‍न सक्छन् तर त्यसको अर्थ अनौठो लाग्‍न सक्छ ।
>किनकि तपाईं <u>मेरो छानामुनि (घरभित्र)</u> प्रवेश गर्नुहुने योग्‍यको म छैनँ । (लूका ७:६ )
"छानामुनि" वाक्यांशले "घरभित्र" भन्‍ने अर्थ दिन्छ ।
>“यी कुरा <u>तिमीहरूका कानमा गडून्</u>, किनभने मानिसको पुत्र मान्‍छेहरूका हातमा पक्राउ पर्न आँटेको छ ।” (लूका ९:४४ )
यो टुक्काको अर्थ "मैले भनेको कुरालाई ध्यान दिएर सुन र सम्झ" हुन्छ ।
**उद्देश्य**: कुनै व्यक्तिले झुक्किएर कुनै कुरालाई अनौठो तरिकाले व्याख्या गर्दा टुक्काको सृजना भएको हुन सक्छ । तर जब त्यो अनौठो तरिकाले गरिएको व्याख्याले भन्‍न खोजेको कुरालाई झन् शक्तिशाली तरिकाले व्यक्त गर्छ, तब अन्य मानिसहरूले त्यसको प्रयोग गर्न सुरु गर्छन् । केही समयपछि यो नै सामान्य बन्‍न जान्छ ।
#### यो अनुवादको विषय हुनुका कारणहरू
* मूल बाइबलमा प्रयोग भएका टुक्काहरूको भाषाको बारेमा थाहा नभएका मानिसहरूले टुक्काहरूलाई गलत तरिकाले बुझ्‍नसक्छन् ।.
* अनुदित बाइबलको भाषाको बारेमा जानकारी नभएका व्यक्तिहरूले बाइबलका स्रोत भाषामा प्रयोग गरिएका टुक्काहरूलाई गलत तरिकाले बुझ्‍नसक्छन् ।
* लक्षित भाषाका पाठकहरूले अर्थ बुझ्दैनन् भने टुक्काहरूको शाब्दिक अनुवाद (शब्दको अर्थअनुसार) गर्नु बेकार हुन्छ ।
### बाइबलबाट उदाहरणहरू
>यसपछि सारा इस्राएल जम्‍मा भएर हेब्रोनमा दाऊदकहाँ आए। तिनीहरूले भने, “हामीहरू तपाईंकै <u>हाडनाता</u> हौं ।” (१ इतिहास ११:१ )
यसको अर्थ हो, "हामी र तपाईं एउटै जाति र परिवारका हौँ ।"
>उनले <u>साहससँग</u> निस्केर गए । (प्रस्थान १४:८)
अङ्ग्रेजी टुक्का with a high hand (साहससँग) को अर्थ हो इस्राएलीहरू नडराइकन अटेर गरेर निस्केर गए ।"
>तर हे परमेश्‍वर, तपाईं मेरो वरिपरि एक ढाल हुनुहुन्‍छ, तपाईं मेरो गौरव र <u>मेरो शिर उच्‍च पारिदिने</u> हुनुहुन्‍छ । (भजनसङ्ग्रह ३:३ )
यसको अर्थ हो, "मलाई सहायता गर्ने" ।
### अनुवादका रणनीतिहरू
यदि तपाईंको भाषामा टुक्काहरूलाई सजिलै बुझ्‍न सकिन्छ भने तिनको प्रयोग गर्नुहोस् । यदि सकिन्‍न भने अरू विकल्पहरू तल दिइएका छन् ।
१. टुक्काको प्रयोग नगरिकन सामान्य अर्थको अनुवाद गर्नुहोस् ।
२. तपाईंको भाषा बोल्ने मानिसहरूले प्रयोग गर्ने उस्तै अर्थ दिने अर्को टुक्काको प्रयोग गर्नुहोस् ।
### अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू
१. टुक्काको प्रयोग नगरिकन सामान्य अर्थको अनुवाद गर्नुहोस् ।
* **त्‍यसपछि सारा इस्राएल जम्‍मा भएर हेब्रोनमा दाऊदकहाँ आए । तिनीहरूले भने, “हामीहरू तपाईंकै <u>हाडनाता हौं </u>।** ( १ इतिहास ११:१ )
* ...हामीहरू तपाईंकै <u>जाति हौँ</u>
* **उहाँको स्‍वर्गारोहणको दिन नजिकै आइपुग्‍दा उहाँले यरूशलेमतिरै जाने <u>अठोट गर्नुभयो </u> ।** (लूका ९:५१ )
* उहाँले यरूशलेमतर्फको यात्रा सुरु गर्नुभयो, "</u>उहाँ त्यहाँ पुग्‍ने कुरामा दृढ हुनुहुन्थ्यो</u>
* तपाईं <u>मेरो छानामुनि </u> प्रवेश गर्नुहुने योग्‍यको म छैनँ । (लूका ७:६ )
* तपाईं <u>मेरो घरभित्र </u> प्रवेश गर्नुहुने योग्‍यको म छैनँ ।
२. तपाईंको भाषा बोल्ने मानिसहरूले प्रयोग गर्ने उस्तै अर्थ दिने अर्को टुक्काको प्रयोग गर्नुहोस् ।
* **यी कुरा <u>तिमीहरूका कानमा गडून्</u>, किनभने मानिसको पुत्र मान्‍छेहरूका हातमा पक्राउ पर्न आँटेको छ ।** (लूका ९:४४ )
* यी कुराहरू <u>कान थापेर सुन</u>
* **शोकले गर्दा मेरा <u>आँखा धमिला<u> भएका छन्‌ ।** (भजनसङ्ग्रह ६:७ )
* शोकले गर्दा मेरा <u>आँखाको आँसु </u> सुकेका छन् ।