ne_ta/translate/figs-gendernotations/01.md

59 lines
9.7 KiB
Markdown

बाइबलका केही खण्डहरूमा "मानिस", "दाजुभाइहरू" र "छोराहरू" ले पुरुषलाई मात्र जनाउँछ । अन्य खण्डहरूमा भने ती शब्दहरूले पुरुष र स्त्री दुबैलाई जनाउँछ । जहाँ लेखकले पुरुष र स्त्री दुबैलाई जनाएका छन् त्यसलाई अनुवाद गर्दा पुरुषलाई मात्र जनाउने गरी गर्नुहुन्‍न ।
### वर्णन
कुनै भाषाहरूमा पुरुषलाई जनाउने शब्दलाई पुरुष र स्त्री दुबैलाई जनाउनको लागि प्रयोग गरिन्छ । उदाहरणको लागि, कहिलेकहिँ बाइबलमा प्रयोग गरिएको <u>भाइहरू</u> शब्दले दाजुभाइहरू र दिदीबहिनीहरू दुबैलाई जनाउँछ ।
यसैगरी केही भाषाहरूमा पुलिङ्गी "ऊ" र "उसलाई" शब्द स्त्री र पुरुष दुबैलाई जनाउनको निम्ति प्रयोग गरिन्छ । उदाहरणको निम्ति, तल उदाहरणमा दिइएको "उसको" शब्द पुरुषमा मात्र सिमित छैन ।
>बुद्धिमान्‌ छोराले <u>उसको</u> बुबालाई खुशी तुल्‍याउँछ,
>तर मूर्ख छोराले <u>उसकी</u> आमालाई पिरोल्‍छ । (हितोपदेश १०:१ )
#### यो अनुवादको विषय हुनुको कारण
* केही संस्कृतिहरूमा "मानिस,", "भाइ" र "छोरा" ले पुरुषलाई मात्र जनाउँछ । अनुवाद गर्दा यी शब्दहरूलाई सामान्य रूपले अनुवाद गरियो भने मानिसहरूले यी शब्दहरूले महिलालाई जनाउँदैन भन्‍ने बुझ्छ ।
* केही संस्कृतिहरूमा "ऊ" र "उसले" जस्ता पुलिङ्गी सर्वनामहरूले पुरुषलाई मात्र जनाउँछ । यदि पुलिङ्गी सर्वनामको प्रयोग गरियो भने मानिसहरूले यो कुरा महिलामा लागु हुँदैन भन्‍ने सोच्छन् ।
#### अनुवाद रणनीतिहरू
यदि अनुवाद पुरुष र स्त्री दुबैमा लागु हुन्छ भने यसलाई अनुवाद गर्दा दुबैलाई लागु हुने गरी गर्नुहोस् ।
### बाइबलबाट उदाहरणहरू
> <u>भाइ हो</u>, माकेडोनियाका मण्‍डलीहरूमा परमेश्‍वरले दिनुभएको अनुग्रहको विषयमा हामी तिमीहरूलाई बताउन चाहन्‍छौं । (२ कोरिन्थी ८:१ )
यो पदले कोरिन्थमा भएका विश्‍वासीहरूलाई सम्बोधन गरेको छ, पुरुषहरूलाई मात्र होइन तर **पुरुषहरू र स्त्रीहरू** दुबैलाई ।
> तब येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “कोही मेरो पछि आउने इच्‍छा गर्दछ भने, <u>उसले</u> <u>उसलाई</u> इन्‍कार गरोस्‌ र <u>उसको</u> क्रूस उठाएर मेरो पछि लागोस्‌ ।” (मत्ती १६:२४)
यहाँ येशूले पुरुषको बारेमा मात्र होइन **पुरुष र स्त्री** दुबैको बारेमा बोल्नुभएको हो ।
**चेतावनी**: कहिलेकहिँ पुलिङ्गी शब्दहरू पुरुषलाई मात्र जनाउनको निम्ति प्रयोग गरिन्छ । तिनको अनुवाद गर्दा स्त्रीलाई पनि समेट्ने गरी अनुवाद नगर्नुहोस् । तल रेखाङ्कन गरिएका शब्दहरूले पुरुषलाई मात्र जनाउँछन् ।
>मोशाले हामीलाई लेखिदिएका छन्, कि कसैको <u>दाजु</u> मर्‍यो र निस्‍सन्‍तान भएर पत्नीलाई छोडिराख्‍यो भने, <u>उसको</u> <u>भाइले</u> त्‍यस <u>स्‍त्रीलाई</u> लैजानुपर्छ र <u>उसको</u> <u>दाजुको</u> निम्‍ति सन्‍तान खडा गर्नुपर्छ ।' (मर्कूस १२:१९ )
### अनुवादका रणनीतिहरू
पुलिङ्गी शब्दहरू "मानिस", "भाइ" र "ऊ" भित्र स्त्रीलाई पनि समावेश गर्दा मानिसहरूले बुझ्छन् भने तिनको प्रयोग गर्न सक्‍नुहुन्छ । नत्र, तल दिइएका अन्य विकल्पहरू प्रयोग गर्नुहोस्ः
१. स्त्री र पुरुष दुबैलाई जनाउने नाम शब्दको प्रयोग गर्नुहोस् ।
२. पुरुषलाई जनाउने एउटा शब्द र स्त्रीलाई जनाउने अर्को शब्दको प्रयोग गर्नुहोस् ।
३. स्त्री र पुरुष दुबैमा प्रयोग गरिने सर्वनामको प्रयोग गर्नुहोस् ।
### अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू
१. स्त्री र पुरुष दुबैलाई जनाउने नाम शब्दको प्रयोग गर्नुहोस् ।
* **मूर्खजस्‍तै बुद्धिमान्‌ <u>मानिस </u>पनि मर्नैपर्छ ।** (उपदेशक २:१६ )
* “मूर्खजस्‍तै बुद्धिमान्‌ <u>व्यक्ति </u>पनि मर्नैपर्छ । ”
* “मूर्खजस्‍तै बुद्धिमान्‌ <u>मानिसहरू </u>पनि मर्नैपर्छ । ”
२. पुरुषलाई जनाउने एउटा शब्द र स्त्रीलाई जनाउने अर्को शब्दको प्रयोग गर्नुहोस् ।
* **<u>भाइ हो<u>, हामीले एशियामा भोगेका दुःखको विषयमा तिमीहरू अजान रहो भन्‍ने हामी चाहँदैनौं ।**
*<u>दाजुभाइ र दिदीबहिनीहरू हो</u>, हामीले एशियामा भोगेका दुःखको विषयमा तिमीहरू अजान रहो भन्‍ने हामी चाहँदैनौं ।” (२ कोरिन्थी १:८)
३. स्त्री र पुरुष दुबैमा प्रयोग गरिने सर्वनामको प्रयोग गर्नुहोस् ।
* **तब येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “कोही मेरो पछि आउने इच्‍छा गर्दछ भने, उसले उसलाई इन्‍कार गरोस्‌ र उसको क्रूस उठाएर मेरो पछि लागोस्‌ ।”** (मत्ती १६:२४ ) - अङ्ग्रेजी पाठकहरूले पुलिङ्गी एकवचन सर्वनामहरू "ऊ," र "उसको" लाई कुनै पनि लिङ्ग जनाउने बहुवचन सर्वनामहरू "तिनीहरू," "तिनीहरूको" शब्दहरूमा परिवर्तन गर्न सकिन्छ । जसले दुबैलाई जनाउँछ । यसैगरी नेपालीमा "आफ्नो" शब्द राख्‍न सकिन्च ।
* “मानिसहरू मेरो पछि आउने इच्‍छा गर्दछन् भने, तिनीहरूले आफैंलाई इन्‍कार गरून् र आफ्नो क्रूस उठाएर मेरो पछि लागून्।”