ne_ta/translate/figs-euphemism/01.md

46 lines
5.9 KiB
Markdown

### विवरण
मृत्यु वा निजी तवरले गरिने क्रियाकलापहरू जस्ता कुनै दुखद, लज्जास्पद, वा सामाजिक रूपमा अस्वीकार्य कार्यहरूलाई नम्र तरिकाले व्यक्त गर्दा व्यञ्‍जनाको प्रयोग हुन्छ ।
### परिभाषा
>... उनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्‍बो डाँडामा <u>ढलेका</u> भेट्टाए । (१ इतिहास १०:८)
यसको अर्थ शाऊल र तिनका छोराहरूलाई "मरेका भेट्टाए" हो । यहाँ व्यञ्‍जनाको प्रयोग गरिएको छ किनकि शाऊल र तिनका छोराहरू ढलेका थिए भन्‍ने कुरा महत्त्वपूर्ण होइन तर तिनीहरू मरेका थिए भन्‍ने कुराचाहिँ महत्त्वपूर्ण कुरा हो । कहिलेकहिँ मानिसहरूले मृत्युको बारेमा सिधा कुरा गर्दैनन् किनकि यो दुखद कुरा हो ।
### यो अनुवादको विषय हुनुको कारण
विभिन्‍न भाषाहरूले व्यञ्‍जनाको प्रयोग भिन्‍न भिन्‍न तरिकाले गर्छन् । यदि लक्षित भाषामा स्रोत भाषामा जस्तो व्यञ्‍जनाको प्रयोग गरिन्‍न भने पाठकहरूले यसको अर्थ नबुझ्‍न सक्छन् र त्यसलाई शाब्दिक रूपमा मात्र बुझ्‍न सक्छन् ।
### बाइबलबाट उदाहरणहरू
>... शाऊल त्‍यस गुफामा आएर हल्का हुनलाई भित्र पसे । (१ शमूएल २४:३)
यहाँ पाठकहरूले शाऊल दिसा बस्‍नलाई गए भन्‍ने बुझ्थे तथापि लेखकले त्यसलाई शाऊलके गरे भनेर **सिधै लेखेनन्**
> मरियमले स्वर्गदूतलाई भनिन्, "यो कसरी हुनसक्छ, किनकि म एक कन्या हुँ ।" (लूका १:३४)
**नम्रताको खातिर**, मरियमले कुनै मानिससँग यौनसम्बन्ध भएकै छैन भन्‍ने कुरा व्यक्त गर्नको निम्ति व्यञ्‍जनाको प्रयोग गर्छिन् ।
### अनुवादका रणनीतिहरू
यदि तपाईंको भाषामा व्यञ्‍जनाको प्रयोग स्वभाविक छ र सही अर्थ दिन्छ भने यसको प्रयोग गर्नुहोस् । नत्र अन्य विकल्पहरू तल दिइएका छन्ः
१. व्यञ्‍जनालाई आफ्नै तरिकाले प्रयोग गर्नुहोस् ।
२. यदि त्यसले कसैलाई असर पार्दैन भने व्यञ्‍जनाविना नै जानकारीलाई व्यक्त गर्नुहोस् ।
### अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू
१. व्यञ्‍जना प्रयोग यसरी गर्नुहोस्
* **...शाऊल त्‍यस गुफामा आएर <u>हल्का हुनलाई</u> भित्र पसे ।** (१ शमूएल २४:३) - केही भाषाहरूमा व्यञ्‍जनाको प्रयोग यसरी गरिन सक्छः
* “...शाऊल त्‍यस गुफामा आएर <u>खाडल खन्‍नलाई</u> भित्र पसे ।“
* “...शाऊल त्‍यस गुफामा आएर <u>एकान्तमा समय बिताउनलाई</u> भित्र पसे ।“
* **मरियमले स्वर्गदूतलाई भनिन्, "यो कसरी हुनसक्छ, किनकि म एक <u>कन्या हुँ </u> ।"** (लूका १:३४)
* मरियमले स्वर्गदूतलाई भनिन्, "यो कसरी हुनसक्छ, किनकि म <u>कुनै पुरुषलाई चिन्दिनँ</u>” - (मूल ग्रीकमा यो व्यञ्‍जनाको प्रयोग गरिएको छ ।)
२. यदि त्यसले कसैलाई असर पार्दैन भने व्यञ्‍जनाविना नै जानकारीलाई व्यक्त गर्नुहोस् ।
* **... उनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्‍बो डाँडामा <u>ढलेका</u> भेट्टाए ।** (१ इतिहास १०:८)
* “... उनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्‍बो डाँडामा <u>मरेका</u> भेट्टाए ।”