ne_ta/translate/figs-doublenegatives/01.md

59 lines
11 KiB
Markdown

एउटा वाक्यमा दुई वटा नकारात्मक अर्थ दिने शब्दहरू भएको वाक्यलाई दोहोरो नकारात्मक शब्द भएका वाक्य भनिन्छ। फरक भाषाहरूमा दोहोरो नकारात्मक शब्दहरू भएका वाक्यहरूले फरक फरक अर्थ दिन्छन्। दोहोरो नकारात्मक शब्दहरू भएका वाक्यहरूको सही र स्पष्ट तरिकाले अनुवाद गर्नको निम्ति बाइबलमा दोहोरो नकारात्मक शब्द भएका वाक्यहरूले के अर्थ दिन्छन् र तिनलाई तपाईंको आफ्नो भाषामा कसरी व्यक्त गर्न सकिन्छ भन्‍ने बुझ्‍नुपर्छ।
### विवरण
"होइन" भन्‍ने अर्थ दिने शब्दहरू नै नकारात्मक शब्दहरू हुन्। उदाहरणको लागि, "हुन्‍न," "होइन,", "कुनै पनि होइन," "कोही पनि होइन," "केही पनि होइन," "कहिँ पनि होइन," "कदापि होइन," "न त," र "बाहेक"। केही शब्दहरूमा प्रत्यय र उपसर्ग लागेर पनि नकारात्मक शब्द बन्छन्। तल दिइएका उदाहरणमा रेखांकित शब्दहरू यस्ता शब्दहरू हुन्ः “**बे**खुशी,” “**अ**सम्भव,” र “**बे**कार।”
एउटा वाक्यमा दुई वटा नकारात्मक अर्थ दिने
शब्दहरू भएको वाक्यलाई दोहोरो नकारात्मक शब्द भएका वाक्य भनिन्छ।
> सहायता पाउने हाम्रो हक **न**भएर हामीले यो गरेको होइन … (२ थेसलोनिकी ३:९)
> अनि योचाहिँ <u>विना</u>शपथ भएको <u>होइन</u> । ... (हिब्रू ७:२०)
> दुष्‍टहरू दण्‍ड<u>विना</u> उम्‍कने <u>छैनन्</u> (हितोपदेश ११:२१)
#### यो अनुवादको विषय हुनुको कारण
दोहोरो नकारात्मक शब्दहरू भएका वाक्यहरूले फरक भाषाहरूमा फरक अर्थ दिन्छन्।
* स्पेनिशजस्ता केही भाषाहरूमा नकारात्मकलाई जोड दिन दोहोरो नकारत्मकको प्रयोग गरिन्छ। तल दिइएको स्पानिस् वाक्य *No ví a nadie* को अर्थ “मैले कोही पनि होइनलाई देखिन " हो। यसमा कोही पनि होइन र देखिन दुबै नकारात्मक अर्थ दिने शब्दको प्रयोग भएको छ । स्पानिस्‌ भाषामा दुई वटै नकारात्मक शब्दहरू मिलेका देखिन्छन् र त्यसको अर्थ हो, "मैले कसैलाई पनि देखिन।"
* केही भाषाहरूमा दोस्रो नकारात्मक शब्दले पहिलो नकारात्मक शब्दलाई रद्द गर्छ र त्यसले सकारात्मक अर्थ दिन्छ। यसैले "ऊ अविवेकी छैन" को अर्थ "ऊ विवेकी छ " हुन्छ।
* केही भाषाहरूमा दुई वटा नकारात्मक शब्दहरूले सकारात्मक शब्दको सृजना गर्छन् तर त्यो कमजोर वाक्य बन्छ। "ऊ अविवेकी छैन" को अर्थ "ऊ केही विवेकी छ" हुन्छ।
* बाइबलमा प्रयोग गरिएजस्ता केही भाषाहरूमा दोहोरो नकारात्मक शब्दले सकारात्मक वाक्यको सृजना गर्छ र यसले वाक्यलाई बलियो बनाउँछ । यसैले "ऊ अविवेकी छैन" को अर्थ "ऊ विवेकी छ" वा " ऊ धेरै विवेकी छ" बन्छ।
दोहोरो नकारात्मक शब्दहरू भएका वाक्यहरूलाई सही र स्पष्टसँग अनुवाद गर्नको निम्ति बाइबलमा दोहोरो नकारात्मक शब्द भएका वाक्यहरूले के अर्थ दिन्छन् र तिनलाई तपाईंको आफ्नो भाषामा कसरी व्यक्त गर्न सकिन्छ भन्‍ने बुझ्‍नुपर्छ ।
### बाइबलबाट उदाहरणहरू
> … तिनीहरू **निष्‍फल** **न**होऊन्‌। (तितस ३:१४)
यसको अर्थ "तिनीहरू फलदायी हुन्।"
> सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँ**विना** **बनिएन**। (यूहन्‍ना १:३)
दोहोरो नकारात्मक शब्दहरूको प्रयोग गरेर यूहन्‍नाले परमेश्‍वरको पु्त्रले सबै कुरा सृष्टि गर्नुभयो भन्‍ने कुरालाई जोड दिएका छन् ।
### अनुवादका रणनीतिहरू
दोहोरो नकारात्मक शब्दहरू भएका वाक्यहरू तपाईंको भाषामा स्वभाविक सुनिन्छन् र तिनले सकारात्मक अर्थ दिन्छन् भने तिनको प्रयोग गर्नुहोस्। यदि होइन भने, तल दिइएका रणनीतिहरूको प्रयोग गर्न सक्नुहुन्छः
१. यदि बाइबलमा प्रयोग गरिएका दोहोरो नकारात्मक शब्दहरूको उद्देश्य सकारात्मक अभिव्यक्ति दिनु मात्र हो र तपाईंको भाषामा त्यस्तो प्रयोग हुँदैन भने दुइटै नकारात्मक शब्दलाई हटाएर सकारात्मक बनाउनुहोस्। २. यदि बाइबलमा प्रयोग गरिएका दोहोरो नकारात्मक शब्दहरूको उद्देश्य सकारात्मक अभिव्यक्तिमा जोड दिनु हो र तपाईंको भाषामा त्यस्तो प्रयोग हुँदैन भने दुइटै नकारात्मक शब्दहरूलाई हटाएर "धेरै" वा "साँच्चै" वा "पक्का" जस्ता जोड दिने शब्द थप्‍नुहोस्।
### अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू
१. यदि बाइबलमा प्रयोग गरिएका दोहोरो नकारात्मक शब्दहरूको उद्देश्य सकारात्मक अभिव्यक्ति दिनु मात्र हो र तपाईंको भाषामा त्यस्तो प्रयोग हुँदैन भने दुइटै नकारात्मक शब्दलाई हटाएर सकारात्मक बनाउनुहोस् ।
* **किनकि हाम्रा प्रधान पुजारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन <u>नसक्‍ने </u><u>हुनुहुन्‍न </u>।** (हिब्रू ४:१५ )
* “किनकि हाम्रा प्रधान पुजारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन सक्‍ने हुनुहुन्छ ।"
* **... तिनीहरू <u>निष्‍फल</u> <u>नहोऊन्‌</u> ।** (तितस ३:१४)
* “... तिनीहरू फलदायी होऊन् ।”
२. यदि बाइबलमा प्रयोग गरिएका दोहोरो नकारात्मक शब्दहरूको उद्देश्य सकारात्मक अभिव्यक्तिमा जोड दिनु हो र तपाईंको भाषामा त्यस्तो प्रयोग हुँदैन भने दुइटै नकारात्मक शब्दहरूलाई हटाएर "धेरै" वा "साँच्चै" वा "पक्का" जस्ता जोड दिने शब्द थप्‍नुहोस्।
* **यो कुरा निश्‍चित छ: दुष्‍टहरू <u>दण्‍डविना</u> उम्‍कने<u>छैनन्</u> …** (हितोपदेश ११:२१)
* “यो कुरा निश्‍चित छ: दुष्‍टहरूको दण्ड <u>पक्का</u> छ …”
* **सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि <u>उहाँविना</u> <u>बनिएन</u>।** (यूहन्‍ना १:३)
* “सबै थोक उहाँद्वारा बनिए। बनिएका सबै कुरा <u>पूर्ण रूपले</u> उहाँले बनाउनुभयो।"