ne_ta/translate/figs-activepassive/01.md

74 lines
11 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

कुनै भाषाहरूमा कर्तु र कर्म दुबै वाक्हुयहरू हुन्छन्। कर्तु वाक्यहरूमा, कर्ताले कार्य गर्छ। कर्म वाक्यहरूमा, कर्ताले कार्य प्राप्त गर्दछ। तल केही उदाहरणहरू दिइएका छन्, जहाँ कर्तालाई रेखाङ्‌कन गरिएको छः
* कर्तृ: <u>मेरो बुबा</u>ले २०१० मा घर बनाउनुभयो।
* कर्म: <u>घर</u> २०१० मा बनाइयो।
अनुवादकहरूको भाषामा कर्म वाच्य छैन भने बाइबलमा भएका कर्म वाक्यहरूलाई कसरी अनुवाद गर्ने जान्‍नु आवश्यक छ। अन्य अनवादकहरूले कर्म र कर्तृ वाक्यहरूको प्रयोग कहाँ गर्ने भन्‍ने जान्‍नुपर्छ।
### विवरण
केही भाषाहरूमा कर्तृ र कर्म दुबै वाक्यहरू हुन्छन्।
* **कर्तृ** वाच्यमा कर्ताले काम गर्छ र यसलाई सधैं उल्लेख गरिन्छ।
* **कर्म** वाच्यमा कर्तामाथि काम गरिन्छ र काम गर्नेलाई सधैं उल्लेख गरिन्‍न।
तल दिइएका उदाहरणहरूमा कर्तालाई रेखाङ्‌कन गरिएको छ ।
* **कर्तृ**:<u>मेरो बुबा</u> ले २०१० मा घर बनाउनुभयो।
* **कर्म**: <u>घर</u> मेरो बुबाद्वारा २०१० मा बनाइयो।
* **कर्म**: <u>घर</u> २०१० मा बनाइयो। (यहाँ काम गर्ने व्यक्तिलाई उल्लेख गरिएको छैन।)
#### यो अनुवादको विषय हुनुको कारण
सबै भाषामा कर्तृ वाच्य हुन्छ। कर्म वाच्य भने कुनै भाषामा हुन्छ र कुनैमा हुँदैन। जुन भाषामा कर्म वाच्य हुन्छ तिनमा पनि एउटै उद्देश्यको निम्ति यसको प्रयोग गरिन्‍न।
#### कर्म वाच्यको उद्देश्य
* वक्ताले कुनै काम कसमाथि गर्यो भन्‍ने कुरामा जोड दिन्छ, काम गर्नेमाथि होइन।
* वक्ताले काम गर्ने व्यक्तिको बारेमा बताउन चाहँदैन।
* काम गर्ने व्यक्तिको बारेमा वक्तालाई थाहा छैन।
#### कर्म वाच्य सम्बन्धित अनुवाद सिद्दान्तहरू
* कर्म वाच्य नभएका भाषाहरूका अनुवादकहरूले यसलाई व्यक्त गर्ने अन्य तरिका अवलम्बन गर्नुपर्छ।
* कर्म वाच्य प्रयोग गरिने भाषा भएका अनवादकहरूले बाइबलमा किन कर्म वाच्यको प्रयोग गरिएको छ भन्‍ने कुरा बुझ्‍नुपर्छ र अनुवाद गर्दा कर्म वाच्य नै प्रयोग गर्ने कि नगर्ने भन्‍ने कुराको निर्णय लिनुपर्छ।
### बाइबलबाट उदाहरणहरू
> त्‍यहाँ काँड चलाउनेहरूले तपाईंका दासहरूलाई पर्खालबाट काँड चलाए, र राजाका कति मानिसहरूलाई <u>मारियो</u>। साथै हजूरको दास हित्ती उरियाह पनि <u>मारियो</u>।” (२ शमूएल ११:२४)
यसको अर्थः शत्रुका काँड चलाउनेहरूले काँड चलाए र उरियाह सहित राजाका केही मानिसहरूलाई मारे। राजाका मानिसहरू र उरियाहलाई के भयो मूख्य कुरा हो, कसले हान्यो महत्त्वपूर्ण कुरा होइन। राजाका मानिसहरू र उरियाहलाई महत्त्व दिनु यहाँ प्रयोग गरिएको कर्म वाच्यको उद्देश्य हो।
> जब नगरवासीहरू बिहानै उठे तब उनीहरूले बाल देवताको वेदी <u>भत्‍काइएको</u> देखे (न्यायकर्ताहरू ६:२८)
त्यस शहरका मानिसहरूले बालको वेदीलाई के भएको थियो त्यो देखे, तर कसले यसो गर्‍यो तिनीहरूलाई थाहा भएन। नगरवासीहरूको तर्फबाट घटनालाई प्रस्तुत गर्नु यहाँ प्रयोग गरिएको कर्म वाच्यको उद्देश्य हो।
> त्‍यसको गलामा जाँतोको एउटा पाटा <u>झुण्‍ड्याएर</u> त्‍यसलाई समुद्रमा <u>फालिदिनु</u> त्‍यसको निम्‍ति बेस हुनेछ। (लूका १७:२)
कुनै व्यक्तिको गलामा जाँतोको एउटा पाटा झुण्‍ड्याएर समुद्रमा फालिने अवस्थालाई यसले जनाउँछ। उक्त व्यक्तिलाई के हुन्छ भन्‍ने बुझाउनु यहाँ प्रयोग गरिएको कर्म वाच्यको उद्देश्य हो। यी कुराहरू गर्ने व्यक्ति महत्त्वपूर्ण छैन।
### अनवुाद रणनीतिहरू
यदि तपाईहरूको भाषामा कर्म वाच्यको प्रयोग नगरिकन कुनै वाक्यको अनवुाद गर्नु उचित लाग्छ भने तपाईंले तल दिइएका रणनीतिहरू प्रयोग गर्न सक्नुहुन्छ।
१. कर्तृ वाच्यमा उही क्रियापद प्रयोग गर्नुहोस् र कार्य गर्ने व्यक्ति वा वस्तुको बारेमा बताउनुहोस्। यसो गर्दा जसमाथि काम गरिन्छ उक्त व्यक्तिमा केन्द्रित हुनुहोस्। २. कर्तृ वाच्यमा उही क्रियापद प्रयोग गर्नुहोस् र कसले कार्य गर्‍यो भनेर नबताउनुहोस्। यसको साटो 'तिनीहरू' वा "मानिसहरू' वा 'कोहि" जस्ता सामान्य अभिव्यक्तिहरूको प्रयोग गर्नुहोस्। ३. फरक क्रियापदको प्रयोग गर्नुहोस्।
### अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू
१. कर्तृ वाच्यमा उही क्रियापद प्रयोग गर्नुहोस् र कार्य गर्ने व्यक्ति वा वस्तुको बारेमा बताउनुहोस्। यसो गर्दा जसमाथि काम गरिन्छ उक्त व्यक्तिमा केन्द्रित हुनुहोस्।
* **बजारको पसलबाट दिनहुँ तिनलाई रोटी <u>दिइन्‍थ्‍यो</u>।** (यर्मिया ३७:२१)
* यर्मियालाई <u>राजाका नोकरहरूले</u> दिनहुँ रोटी दिए।
२. कर्तृ वाच्यमा उही क्रियापद प्रयोग गर्नुहोस् र कसले कार्य गर्‍यो भनेर नबताउनुहोस्। यसको साटो, "तिनीहरू" वा "मानिसहरू" वा "कोहि" जस्ता सामान्य अभिव्यक्तिहरूको प्रयोग गर्नुहोस्।
* **त्‍यसको गलामा जाँतोको एउटा पाटा <u>झुण्‍ड्याएर</u> त्‍यसलाई समुद्रमा <u>फालिदिनु</u> त्‍यसको निम्‍ति बेस हुनेछ।** (लूका १७:२)
* तिनीहरूले त्‍यसको गलामा जाँतोको एउटा पाटा <u>झुण्‍ड्याएर</u> त्‍यसलाई समुद्रमा <u>फालिदिए</u> भने त्‍यसको निम्‍ति बेस हुनेछ।
* कसैले त्‍यसको गलामा जाँतोको एउटा पाटा <u>झुण्‍ड्याएर</u> त्‍यसलाई समुद्रमा <u>फालिदियो</u> भने त्‍यसको निम्‍ति बेस हुनेछ।
३. कर्तृ वाच्यमा फरक क्रियापदको प्रयोग गर्नुहोस्।
* **बजारको पसलबाट दिनहुँ तिनलाई रोटी**
* **<u>दिइन्‍थ्‍यो</u>।** (यर्मिया ३७:२१)
* तिनले बजारको पसलबाट दिनहुँ रोटी <u>प्राप्त गरे</u>