ne_ta/translate/bita-manmade/01.md

43 lines
5.6 KiB
Markdown

बाइबलमा भएका मानव निर्मित वस्तुहरूसँग सम्बन्धित बिम्बहरूको सूची तल दिइएको छ । सूचीमा प्रयोग भएका मानव निर्मित वस्तुहरूले विचारको प्रतिनिधित्व गर्छन् । बिम्बको प्रयोग भएका हरेक पदमा उक्त शब्द देखा नपर्न सक्छ, तर त्यस शब्दले प्रतिनिधित्व गर्ने विचारको उपस्थितीचाहिँ अवश्य हुन्छ ।
#### काँसाले शक्तिलाई जनाउँछ
>उहाँले मेरा हातहरूलाई युद्धको निम्‍ति तालीम दिनुहुन्‍छ, यसैले मेरा पाखुराले <u>काँसाको</u> धनु झुकाउन सक्‍छन्‌ । (भजनसंग्रह १८:३४)
#### साङ्लाहरूले नियन्त्रणलाई जनाउँछन्
>हामी उनीहरूका <u>साङ्‌लाहरू</u> छिनालौं, र उनीहरूका <u>बन्‍धनहरू</u> फुकाऔं । (भजनसंग्रह २:३)
#### पहिरनले नैतिक गुणहरू (भावनाहरू, प्रवृत्तिहरू, आत्मा र जीवन) लाई जनाउँछ
>उनै परमेश्‍वर, जसले मलाई <u>शक्तिशाली</u> तुल्‍याउनुहुन्‍छ । (भजनसंग्रह १८:३२)
<blockquote>उहाँको <u>पेटी</u> धार्मिकता हुने छ, र उहाँको कम्‍मरको <u>पटुका</u> सत्‍यता हुने छ । (यशैया ११:५)</blockquote>
>मलाई दोष लाउनेहरूले अपमानको <u>वस्‍त्र</u> लाएका हुने छन्‌, र आफ्‍नो शर्मको <u>खास्‍टोले</u> ढाकेका हुने छन्‌ । (भजनसंग्रह १०९:२९)
<blockquote>म त्‍यसका शत्रुहरूलाई <u>शर्मको वस्‍त्र पहिराउने छु</u>, तर त्‍यसका शिरको मुकुट प्रकाशमय हुने छ ।(भजनसंग्रह १३२:१८)</blockquote>
#### पासो (चरा समात्‍नको निम्ति धागोले बनाइएको हलुका जाल) ले मृत्युको प्रतिनिधित्व गर्छ
>निश्‍चय नै उहाँले तिमीलाई शिकारीको <u>पासोबाट</u>, र घातक रूढीबाट बचाउनुहुने छ। (भजनसंग्रह ९१:३)
<blockquote><u>मृत्‍युको बन्‍धनले</u> मलाई अलमलाइदियो, र चिहानको वेदना ममाथि आइपर्‍यो । दु:ख र शोकले मलाई छोप्‍यो । (भजनसंग्रह ११६:३)</blockquote>
>दुष्‍टहरूले मलाई <u>डोरीले बाँधे</u> पनि म तपाईंको व्‍यवस्‍थालाई बिर्सने छैनँ । (भजनसंग्रह ११९:६१)
<blockquote>दुष्‍टहरूले मेरो निम्‍ति <u>पासो थापेका छन्‌</u>, (भजनसंग्रह ११९:११०)</blockquote>
>दुष्‍टहरूचाहिँ आफ्‍नै हातका कामको <u>जालमा फसेका छन्‌</u> । (भजनसंग्रह ९:१६)
>तर तिनीहरू जाति-जातिहरूसँग मिसिए, र तिनीहरूका रीतिहरू अपनाए ।
तिनीहरूले उनीहरूका मूर्तिहरू पुजे, र ती तिनीहरूका निम्‍ति <u>पासो</u> बने । (भजनसंग्रह १०६:३५-३६)
#### पालले घर , वासस्थान तथा सन्तानहरूलाई जनाउँछ
>परमेश्‍वरले निश्‍चय तँलाई सदाको निम्‍ति नाश गर्नुहुने छ। उहाँले तँलाई तानेर तेरो <u>निवासस्‍थानबाट</u> निकाल्‍नुहुने छ (भजनसंग्रह ५२:५)
<blockquote>दुष्‍टको <u>घर</u> भत्‍काइने छ, तर ईमानदारको <u>पालमा</u> फलिफाप हुने छ । (हितोपदेश १४:११)</blockquote>
>प्रेममा एउटा सिंहासन स्‍थापित गरिने छ, त्‍यसमा दाऊदको घरानाबाट विश्‍वासयोग्‍यसाथ एक मानिस विराजमान हुनुहुने छ। (यशैया १६:५)