ne_ta/checking/self-check/01.md

6 lines
2.7 KiB
Markdown

### आफैंले गर्ने जाँच कसरी गर्ने
* यदि तपाईंले [पहिलो खेस्रा](../../translate/first-draft/01.md) तयार गर्ने निर्देशिकाको प्रयोग गर्नु भएको छ भने तपाईंले स्रोत पाठको अध्ययन गरेर आफ्नो पहिलो अनुवाद गर्नुभयो र त्यसपछि स्रोत पाठ नहेरी त्यसलाई लेख्‍नुहोस् । यसरी कुनै पनि खण्डको अनुवाद गरेपछि आफ्नो अनुवादलाई स्रोत पाठसँग तुलना गरेर अनुवादलाई आफैंले जाँच गर्नुहोस् । स्रोत पाठका सबै सन्देशहरू नछुटून भन्‍ने कुरामा ध्यान दिनुहोस् । यदि कुनै कुरा छुटेको रहेछ भने तपाईंको भाषामा राम्ररी मिल्ने गरी त्यसलाई राख्‍नुहोस् ।
* यदि तपाईंले बाइबलको अनुवाद गर्दै हुनुहुन्छ भने आफ्नो अनुवादलाई अन्य अनुवादका सोही खण्डहरूसँग दाँज्‍नुहोस् । तीमध्ये कुनैमा अभिव्यक्तीको राम्रो शैली पाउनुभयो भने आफ्नो अनुवादलाई परिवर्तन गर्नुहोस् । यदि तिनले तपाईंलाई पहिलेको भन्दा बढी बुझ्‍न मदत गर्छ भने आफ्नो अनुवादलाई परिवर्तन गर्नुहोस् ।
* यी चरणहरूपछि आफ्नो अनुवादलाई आफ्नै निम्ती ठूलो स्वरले पढ्नुहोस् । आफ्नो समुदायका मानिसले उक्त कुरा बोल्दा जसरी जस्तो सुनिनु पर्ने हो त्यस्तो सुनिएन भने त्यसलाई सुधार्नुहोस् । कहिलेकाहीँ वाक्यका खण्डहरूलाई फरक तरिकाले राख्‍नुपर्ने हुन सक्छ ।