ne_ta/checking/peer-check/01.md

11 lines
2.4 KiB
Markdown

### सहपाठीसँग गरिने मौखिक जाँच कसरी गर्ने
यस बिन्दुसम्म आइपुग्दा तपाईंको अनुवादको खेस्रा कसरी तयार गर्ने भन्‍ने कुरा थाहा पाइसक्नुभयो । अब तपाईंको अनुवाद अन्य व्यक्तिले जाँच गर्ने, समस्या र गल्ती पत्ता लगाउने र थप राम्रो बनाउने कुराको निम्ती तपाईं तयार हुनुहुन्छ । यसो गर्नको निम्ती दिइएका चरणहरू पालना गर्नुहोस् ।
* यस खण्डमा काम नगरेको सहपाठीलाई (अनुवाद समूहको सदस्य)अनुवाद पढेर सुनाउनुहोस् ।
* सर्वप्रथम सहपाठीले अनुवाद स्वभाविक छ कि छैन भन्‍ने कुरा थाहा पाउनको निम्ती सुन्‍नेछन् र कुन खण्ड स्वभाविक सुनिएको छैन भनी तपाईंलाई बताउँछन् । त्यसपछि त्यसलाई अरू व्यक्तिले कसरी भन्छन् भन्‍ने बारेमा सँगसँगै सोच्‍नुहोस् ।
* अस्वभाविक सुनिएको खण्डलाई स्वभाविक बनाउनको निम्ती ती तरिकाहरू प्रयोग गर्नुहोस् ।
* त्यसपछि फेरि पढेर सुनाउनुहोस् । यसबेला तपाईंको सहपाठीले तपाईंको अनुवादलाई स्रोत पाठसँग दाँज्छन् ।
* तपाईंको सहपाठीले स्रोतपाठमा थपिएको वा छुटेको वा परिवर्तन भएको ठाउँको बारेमा बताउँछन् ।
* अनुवादका ती खण्डलाई सच्याउनुहोस् ।