ne_ta/checking/level3-questions/01.md

36 lines
10 KiB
Markdown

### तह तीनको जाँचका निम्ती प्रश्‍नहरू
यी तह तीनका जाँचकीहरूले नयाँ अनुवाद पढ्ने क्रममा ध्यान दिनुपोर्ने प्रश्‍नहरू हुन् ।
अनुवादको केही अंश पढेपछि वा खण्डमा कुनै समस्या आइपरेमा यी प्रश्‍नहरूको जवाफ दिन सक्‍नुहुन्छ । पहिलो समूहमा भएका कुनै पनि प्रश्‍नहरूमा तपाईंको जवाफ "होइन/छैन" छ भने त्यसलाई विस्तारमा वर्णन गर्नुहोस्, तपाईंलाई ठीक नलागेको खण्डलाई समावेश गर्नुहोस् र अनुवाद समूहले त्यसलाई सच्याउनको लागि अनुवाद समूहलाई सिफारिस गर्नुहोस् ।
अनुवाद समूहको लक्ष्य्य भनेको स्रोत पाठको अर्थलाई लक्षितभाषामा स्वभाविक र स्पष्टसँग अभिव्यक्त गर्नु हो भन्‍ने कुरामा ध्यान दिनुहोस् । यसर्थ अनुवाद समूहले केही वाक्यांशको क्रमलाई पुनः मिलाउनु पर्ने हुनसक्छ र स्रोत भाषामा भएको एउटा शब्दको अर्थ बुझाउनको निम्ती लक्षितभाषामा धेरै शब्दहरू राख्‍नुपर्ने हुनसक्छ । अरू भाषाको अनुवादमा यी कुराहरूलाई समस्याको रूपमा लिइन्‍न । UST र ULT जस्ता गेटवे भाषाहरूमा मात्र यस्ता परिवर्तनहरू गर्नुहुँदैन । ULT को उद्देश्य बाइबलका मूल भाषाहरूले अर्थलाई कसरी व्यक्त गर्छन् भन्‍ने देखाउनु हो भने UST को उद्देश्य अरू भाषाहरूमा वाक्पद्धतिको प्रयोग गर्नु स्वभाविक लागे तापनि त्यही अर्थलाई सामान्य र स्पष्ट रूपमा व्यक्त गर्नु हो । गेटवे अनुवादकहरूले ती मार्गनिर्देशनहरू सम्झनु जरुरी छ । तर सदा स्वभाविक र स्पष्ट हुनु नै अरू भाषाका अनुवादकहरूको उद्देश्य हो ।
अनुवादकहरूले मूल पाठमा लेखकले खुलस्त नपारेका तर मूल सन्देशबाट त्यस समयका पाठकहरूले बुझ्‍ने किसिमा जानकारीहरू पनि समेटेका हुनसक्छन् । यदि यस्ता जानकारीहरू पाठकहरूको निम्ती खुलस्त पार्नुपर्ने भएमा तिनलाई समेट्नु जरुरी हुन्छ । यसको बारेमा थप जानकारीको निम्ति, [प्रत्यक्ष र अप्रत्यक्ष जानकारी](../../translate/figs-explicit/01.md)।
१. के यो अनुवाद विश्‍वासको अभिव्यक्ती र अनुवाद मार्गनिर्देशनहरूसँग मेल खान्छ?
२. के अनुवाद समूहले स्रोत र लक्षितभाषा तथा संस्कृतिको राम्रो बुझाइ प्रदर्शन गरेका छन्?
३. अनुवाद स्पष्ट र स्वभाविक छ भन्‍ने कुराको पुष्टि भाषा समुदायले गर्छन्?
४. तलका मध्ये कुन अनुवाद शैलीको प्रयोग अनुवादकहरूले प्रयोग गरेका छन्?
१. शब्द-शब्दको अनुवाद, स्रोत अनुवादको नजिकमा रहेर गरिएको अनुवाद
२. वाक्यांश-वाक्यांशको अनुवाद, स्वभाविक वाक्यांशको प्रयोग गरेर गरिने अनुवाद
३. अर्थमा जोड दिइएको अनुवाद, स्थानीय भाषा अभिव्यक्तिको स्वतन्त्रतालाई लक्ष्य्य मानेर गरिने अनुवाद
५. प्रश्‍न ४ मा उल्लेख गरिएका शैलीको अनुसरण समुदायको निम्ती सही छ भन्‍ने कुराको महसुस समुदायका अगुवाहरूले गरेका छन्?
६. अनुवादकहरूले प्रयोग गरिएको क्षेत्रीय भाषा भाषाको बृहत्तर समुदायले बुझ्‍ने किसिमको छ भन्‍ने कुराको महसुस समुदायका अगुवाहरूले गरेका छन्? उदाहरणको निम्ति, के अनुवादकहरूले प्रयोग गरेका अभिव्यक्तिहरू, वाक्यांश जोड्ने शब्दहरू र हिज्जेहरू भाषा समुदायका व्यक्तिहरूले बुझ्‍ने किसिमका छन्?
७. अनुवादलाई पढ्ने क्रममा अनुवादलाई कठिन बनाउने किसिमका स्थानीय समुदायमा भएका सांस्कृतिक विषयहरूको बारेमा सोच्‍नुहोस् । के त्यस्ता कुराहरूको अनुवाद गर्दा स्रोत पाठलाई स्पष्ट पार्ने किसिमले गरिएको र सांस्कृतिक विषयहरूको कारणले हुने असमझदारीलाई न्युनिकरण गरिएको छ?
८. यस्ता किसिमका कठिन खण्डहरूको अनुवाद गर्दा अनुवादकहरूले स्रोत पाठमा भएको सन्देशलाई बुझाउने किसिमले अनुवाद गरेका छन्?
९. तपाईंको मूल्याङ्कनमा अनुवादले स्रोत पाठको सन्देशलाई स्पष्ट सञ्‍चार गरेको छ? अनुवादको कुनै पनि खण्डमा तपाईंको जवाफ "छैन" आउँछ भने तल दिइएका प्रश्‍नहरूको जवाफ दिनुहोस् ।
तल दिइएका कुनै पनि एक प्रश्‍नको जवाफ यदि "छ" छ भने त्यसलाई विस्तृत रूपमा व्यक्त गर्नुहोस्, ताकि अनुवाद समूहले सच्याउने कुरा र त्यसलाई कसरी सच्याउनु पर्छ भन्‍ने जानकारी प्राप्त गर्न सकून् ।
१. अनुवादमा सिद्धान्तगत गल्तिहरू छन्?
२. के राष्ट्रिय भाषा अनुवाद र ख्रिष्टियान समुदायको विश्‍वाससँग मेल नखाने किसिमका कुराहरू अनुवादमा पाउनुभयो?
३. के स्रोत भाषामा नभएका जानकारीहरू अनुवादक समूहले थपेका छन्? (ध्यान दिनुहोस्, मूल सन्देशमा [प्रत्यक्ष जानकारी](../../translate/figs-explicit/01.md) पनि पर्छ ।)
४. के अनुवाद समूहले स्रोत भाषामा भएका कुनै जानकारीहरू छुटाएका छन्?
अनुवादमा केही समस्याहरू भएमा ती समस्याहरू समाधानका लागि अनुवाद समूहसँग भेट गर्नुहोस् । उनीहरूसँगको भेटपछि अनुवादले सही सञ्‍चार गरेको छ कि छैन भन्‍ने कुराको जाँच गर्नको निम्ती अनुवाद समूहले समुदायका अगुवाहरूसँग भेट गर्नु जरुरी हुन्छ र त्यसपछि तिनीहरूले तपाईंसँग भेट गर्न सक्छन् ।
अनुवादको अनुमोदन गर्नको निम्ती तपाईं तयार भएपछि यहाँ जानुहोस्: [तह ३ को अनुमोदन](../level3-approval/01.md)।