ne_ta/checking/intro-checking/01.md

5.7 KiB

अनुवाद जाँच

परिचय

अनुवाद जाँच किन गर्ने?

अनुवादले सञ्‍चार गर्नुपर्ने सन्देश स्पष्टसँग सञ्‍चार गरिरहेको छ भन्‍ने कुरालाई जोड दिनको निम्ती विभिन्‍न व्यक्तिहरूले अनुवादको जाँच गर्नु जरुरी हुन्छ । अनुवाद गर्न भर्खरै सुरु गरेका एक अनुवादकले एक पटक भने, "म मेरो भाषा एकदमै राम्ररी बोल्छु । अनुवाद त्यही भाषामा नै गर्ने हो । त्यो भन्दा बढी के चाहियो? उनले भनेको कुरा सही हो, तर ख्याल गर्नुपर्ने थप दुई कुराहरू छन् ।

एउटा कुरा उनले स्रोत भाषा स्पष्टसँग नबुझ्‍न सक्छन्, र त्यो भाषा बुझ्‍ने व्यक्तिले अनुवादलाई सच्याउन सक्छन् । उनले स्रोत भाषाको वाक्यांश वा अभिव्यक्ती नबुझेर यसो हुन सक्छ । यस्तो अवस्थामा स्रोत भाषा राम्ररी बुझ्‍ने व्यक्तिले अनुवादलाई सच्याउन सक्छन् ।

वा बाइबलले कुनै निश्चित ठाउँमा सञ्‍चार गर्न खोजेको कुरा तिनले नबुझेका हुनसक्छन् । यस्तो अवस्थामा, बाइबल शिक्षक वा बाइबल अनुवाद जाँच गर्ने व्यक्ती जस्ता बाइबललाई राम्ररी बुझेका व्यक्तिले अनुवादलाई सच्याउन सक्छन् ।

अर्को कुरा, अनुवादकले खण्डले के भन्‍नुपर्छ भन्‍ने कुरा राम्ररी जानेको भए तापनि उनको अनुवादले अर्को व्यक्तिलाई फरक अर्थ दिन सक्छ । अनुवादकले सञ्‍चार गर्न खोजेको कुराभन्दा फरक कुरा अन्य व्यक्तिले बुझ्‍न सक्छन् ।

एक व्यक्तिले लेखेको वाक्य अर्को व्यक्तिले पढ्दा यस्तो हुन्छ । लेखकले भन्‍न खोजेको भन्दा फरक कुरा अन्य व्यक्ती बुझ्छन् । उदाहरणको लागि तल दिइएको वाक्यलाई लिन सकिन्छ ।

यूहन्‍नाले पत्रुसलाई मन्दिर लगे र त्यसपछि तिनी घर गए ।

लेखकले यो कुरा लेख्दा पत्रुस घर गए भन्‍ने कुरा बताउन खोजेका हुन् तर पाठकले यूहन्‍ना घर गए भन्‍ने कुरा बुझ्‍न सक्छन् । यसलाई थप स्पष्ट पार्नको निम्ती यो वाक्यलाई परिवर्तन गर्नुपर्छ ।

अनुवाद समूह अनुवादमा डुबेको हुनाले अर्को व्यक्तिले देख्‍ने गल्ती उनीहरूले देख्‍न सक्दैनन् । यी कारणहरूले गर्दा अनुवादलाई थप शुद्ध र स्पष्ट पार्नको निम्ती अनुवादलाई अन्य व्यक्तिहरूले कसरी बुझ्छन् भन्‍ने जाँच गर्नु आवश्यक हुन्छ ।

जाँचको प्रक्रियालाई मार्गनिर्देशन गर्ने काम यस जाँच नियमावलीले गर्छ । यस नियमावलीले यी समस्याहरूलाई सच्याउनको निम्ती विविध किसिमका जाँचहरूद्वारा सहायता गर्छ । विभिन्‍न किसिमका जाँचहरूमा धेरै व्यक्तिहरू सामेल हुँदा जाँचको प्रक्रिया चाँडो हुन्छ, वृहत्तर मण्डली सहभागिता र स्वामित्व र राम्रो अनुवाद उत्पादन गर्छ भन्‍ने कुरामा हामी विश्‍वास गर्छौँ ।

  • आभार: अभिव्यक्तिको प्रयोगअनुमतिमा गरिएको, © २०१३, एसआइएल इन्टर्नेशनल, हाम्रो मौलिक संस्कृतिको बाँडचुँड, पृ. ६९*