ne_ta/checking/goal-checking/01.md

20 lines
5.4 KiB
Markdown

### जाँच किन?
अनुवाद समूहलाई सही, स्वभाविक, स्पष्ट र मण्डलीद्वारा स्वीकृत अनुवादको सृजना गर्ने कार्यमा सहायता गर्नु नै जाँचको लक्ष्य्य हो । अनुवाद समूहले पनि यो लक्ष्य्य हासिल गर्न चाहन्छ । यो सहज देखिन्छ तर वास्तवमा यो अती कठिन कार्य हो । यसको लागि धेरै मानिसहरूको आवश्यकता पर्छ र अनुवादको निम्ती धेरै संशोधनहरूको आवश्यकता पर्छ । तसर्थ सही, स्वभाविक, स्पष्ट र मण्डलीद्वारा स्वीकृत अनुवादको सृजना गर्ने कार्यमा अनुवाद समूहलाई सहायता गर्ने कार्यमा जाँच समूहहरूको धेरै महत्त्वपूर्ण भूमिका हुन्छ ।
#### शुद्धता
पास्टरहरू, मण्डलीका अगुवाहरू र मण्डली सञ्‍जालमा रहेका अगुवाहरूका रूपमा रहेका जाँचकीहरूले शुद्ध वा सही अनुवादको उत्पादनमा मदत गर्ने छन् । तिनीहरूले अनुवादलाई स्रोत भाषासँग र सम्भव भए बाइबलका मूल भाषाहरूसँग तुलना गर्ने छन् । (शुद्ध अनुवादसँग सम्बन्धित थप जानकारीको लागि [शुद्ध अनुवादको सृजना](../../translate/guidelines-accurate/01.md)मा हेर्नुहोस्)
#### स्पष्ट
भाषा समुदायका सदस्यहरूका रूपमा रहेका जाँचकीहरूले अनुवादलाई स्पष्ट बनाउने काममा अनुवाद समूहलाई सहयोग गर्ने छन् । तिनीहरूले अनुवादलाई सुनेर आफूले नबुझेका र अर्थ नलाग्‍ने अनुवाद भएका ठाउँहरू औँल्याउँछन् । त्यसपछि अनुवाद समूहले सच्याएर स्पष्ट पार्न सक्छन् । (स्पष्ट अनुवादसँग सम्बन्धित थप जानकारीको लागि [स्पष्ट अनुवादको सृजना](../../translate/guidelines-clear/01.md)हेर्नुहोस् ।)
#### स्वभाविक
भाषा समुदायका सदस्यहरूका रूपमा रहेका जाँचकीहरूले अनुवादलाई स्वभाविक बनाउने काममा अनुवाद समूहलाई सहयोग गर्ने छन् । तिनीहरूले अनुवादलाई सुनेर अनौठो सुनिने र आफ्नो भाषामा कसैले त्यसलाई त्यसरी भन्दैन भन्‍ने लागेका ठाउँहरू औँल्याउँछन् । त्यसपछि अनुवाद समूहले सच्याएर स्वभाविक बनाउन सक्छन् (स्वभाविक अनुवादसँग सम्बन्धित थप जानकारीको लागि [Create Natural Translations](../../translate/guidelines-natural/01.md)हेर्नुहोस् ।)
#### मण्डलीद्वारा स्वीकृत
भाषा समुदायका सदस्यहरूका रूपमा रहेका जाँचकीहरूले अनुवादलाई मण्डलीद्वारा अनुमोदित र स्वीकृत बनाउने काममा अनुवाद समूहलाई सहयोग गर्ने छन् । तिनीहरूले भाषा समुदायमा रहेका अन्य मण्डलीका सदस्य र अगुवाहरूसँग काम गरेर यो कार्य गर्ने छन् । भाषा समुदायका सदस्य र अगुवाहरू मिलेर अनुवाद असल छ भन्‍ने कुरामा सहमती जनाएपछि अनुवाद स्वीकृत हुन्छ र उक्त समुदायका मण्डलीहरूमा प्रयोग गरिन्छ । (मण्डलीद्वारा स्वीकृत अनुवादसँग सम्बन्धित थप जानकारीको लागि [Create Church-Approved Translations](../../translate/guidelines-church-approved/01.md)हेर्नुहोस् ।)