ne_ta/checking/church-leader-check/01.md

15 lines
4.8 KiB
Markdown

### मण्डली नेतृत्वद्वारा गरिने जाँच कसरी सञ्‍चालन गर्ने
समुदायका सदस्यहरूले अनुवादको स्पष्टता जाँच गरेपछि मण्डलीका अगुवाहरूद्वारा यसको शुद्धता जाँच गरिन्छ । यस समूहमा लक्षित स्थानीय भाषा बोल्ने र स्रोत भाषामा भएको सामाग्रीलाई पनि बुझ्‍ने मण्डलीका कम्तिमा तीन सदस्यहरू रहन्छन् । ती व्यक्तिहरू अनुवाद समूहसँग सम्बन्धित वा नजिकका सम्बन्ध नभएका व्यक्तिहरू हुनुपर्छ । प्रायः यी समीक्षकहरू पास्टरहरू हुने छन् । यी अगुवाहरूले भाषा समुदायका फरक-फरक मण्डली सञ्‍जालको प्रतिनिधित्व गर्नुपर्छ । समुदाय ठूलो छ भने यो समूहमा तीन भिन्‍न मण्डली सञ्‍जालका मण्डली अगुवाहरू हुनुपर्छ भन्‍ने सिफारिस गर्दछौँ ।
यी समीक्षकहरूले निम्‍न चरणहरू अनुसरण गर्नुपर्छः
१. समीक्षा गर्ने क्रममा [अनुवाद मार्गदिर्देशनहरू](../../intro/translation-guidelines/01.md) लाई पढ्नुपर्छ ताकि अनुवाद यससँग मेल खाएको होस् ।
२. [अनुवादकका योग्यताहरू](../../translate/qualifications/01.md)शीर्षकमा रहेका अनुवादक वा अनुवाद समूहसँग सम्बन्धित प्रश्‍नहरूको जवाफ दिनुहोस् ।
३. गरिएको अनुवाद लक्षित पाठकको निम्ति स्वीकार्य शैलीमा आधारित छ कि छैन भन्‍ने कुरा [स्वीकार्य शैली](../acceptable/01.md)मा रहेका प्रश्‍नहरू सोधेर प्रमाणित गर्नुहोस् ।
४. अनुवादले स्रोत पाठको अर्थलाई सही तरिकाले सञ्‍चार गरेको छ कि छैन भन्‍ने कुरा [शुद्धताको जाँच](../accuracy-check/01.md)मा दिइएका मार्गदिर्देशनहरूको आधारमा प्रमाणित गर्नुहोस् ।
५. [अनुवादको पूर्णता](../complete/01.md)मा रहेका मार्गनिर्देशनहरूको आधारमा अनुवाद पूर्ण छ कि छैन भन्‍ने कुरा प्रमाणित गर्नुहोस् ।
६. बाइबलका केही अध्यायहरू वा एउटा पुस्तकको समीक्षा गरिसकेपछि अनुवाद समूहसँग भेटेर हरेक समस्याको बारेमा सोध्नुहोस् । अनुवाद समूहले ती समस्याहरू कसरी समाधान गर्न सक्छन् भन्‍ने बारेमा सरसल्लाह गर्नुहोस् । अनुवाद समूहले अनुवादलाई सच्याएर समुदायमा जाँच गरेपछि फेरि अनुवाद समूहसँग भेट गर्नुहोस् ।
७. अनुवाद समूहले समस्याहरूको समाधान गरेका छन् कि छैनन् भन्‍ने कुराको जाँच गर्नको लागि तिनीहरूसँग फेरि भेट गर्नुहोस् ।
८. अनुवाद राम्रो छ भनेर पुष्टि गर्नुहोस् । यसको लागि तह दुई पुष्टि पानामा रहेको [तह २ पुष्टि](../good/01.md) हेर्नुहोस् ।