ne_ta/checking/authority-process/01.md

12 lines
3.2 KiB
Markdown

### वर्णन
आफ्नो भाषामा बाइबल अनुवादको गुणस्तर राम्रो छ कि छैन भन्‍ने कुराको निर्णय गर्ने अधिकार हरेक समुदायको मण्डलीसँग हुन्छ । कुनै बाइबल अनुवादको जाँच गरी स्विकृति प्रदान गर्ने कुरा (यो स्थिर हुन्छ) बाइबल अनुवाद प्रक्रियाको जाँच गर्ने क्षमताभन्दा (यसलाई वृद्धि गर्न सकिन्छ) फरक कुरा हो । गुणस्तर निर्धारण गर्ने अधिकार मण्डलीमा निहित हुन्छ, यसमा तिनीहरूको हालको क्षमता, अनुभव वा बाइबल अनुवादको जाँच गर्नको निम्ति आवश्यक पर्ने स्रोत-साधनहरूमाथिको पहुँचले केही फरक पार्दैन । बाइबल अनुवादको जाँच गरेर स्विकृति प्रदान गर्नु कुनै भाषा समूहमा भएका मण्डलीको अधिकार हो भने ती मण्डलीको बाइबल अनुवादको गुणस्तर जाँच गर्ने क्षमता सुनिश्‍चित गर्नको निम्ति अनुवाद एकेडेमीजस्ता वचन प्रकटिकरण सामाग्रीहरूको निर्माण गरिएको छ ।
यस मोडेलले अनुवादको गुणस्तर जाँचको पुष्टिको निम्ति तीन तहको प्रक्रिया प्रस्ताव गर्छ, जसले मानिसहरूको समूहमा मण्डलीको तीन सामान्य तहहरूलाई प्रतिबिम्बित गर्छः
* [अधिकार तह १](../authority-level1/01.md): मण्डलीमा आधारित अनुवाद समूहद्वारा निर्धारित
* [अधिकार तह २](../authority-level2/01.md): भाषा समूहमा पर्ने भिन्‍न मण्डली सञ्‍जालमा रहेका पास्टरहरू/एल्डरहरूद्वारा निर्धारित र भाषा समुदायद्वारा जाँचिने
* [अधिकार तह ३](../authority-level3/01.md): सोही भाषा बोल्ने मानिसहरू भऐका मण्डली सञ्‍जालहरूद्वारा निर्धारित
अनुवादको जाँच प्रक्रियाको वर्णन "जाँच प्रक्रिया" शीर्षक अन्तरगत गरिने छ ।