ne_ta/checking/acceptable/01.md

11 lines
2.9 KiB
Markdown

### अनुवाद एउटा स्वीकार्य शैली हो
नयाँ अनुवाद पढ्ने क्रममा आफैंलाई यी प्रश्‍नहरू सोध्‍नुहोस् । यी प्रश्‍नहरूले अनुवाद भाषा समुदायको लागि स्वीकार्य छ कि छैन भन्‍ने कुराको निर्क्यौल गर्न मदत गर्नेछन्ः
१. के यो अनुवाद भाषा समुदायका बालक र वृद्ध दुबैले सजिलै बुझ्‍न सकिने तरिकाले लेखिएको छ? कुनै व्यक्तिले बोल्‍ने क्रममा बालक र वृद्ध दुबैले बुझ्‍ने गरी शब्द छनौट गर्न सक्छन् । के यो अनुवादमा बालक र वृद्ध दुबैले बुझ्‍ने शब्दहरूको प्रयोग गरिएको छ?
२. यस अनुवादको शैली धेरै औपचारिक छ कि धेरै अनौपचारिक? के यसको बोलाइको शैली स्थानीय समुदायले मन पराउने किसिमको छ, कि यसलाई कम औपचारिक वा अनौपचारिक बनाउनुपर्छ?
३. यस अनुवादले अरु भाषाका शब्दहरू धेरै प्रयोग गरेको छ, अथवा के ती शब्दहरू भाषा समुदायको निम्ति स्वीकार्य छन्?
४. के लेखकले वृहत्तर भाषा समुदायको निम्ति स्वीकार्य भाषा शैलीको प्रयोग गरेका छन्? के लेखक तपाईंको क्षेत्रमा बोलिने क्षेत्रीय भाषासँग परिचित छन्? के लेखकले सम्पूर्ण भाषा समुदायले बुझ्‍ने भाषा शैलीको प्रयोग गरेका छन्, कि एउटा सानो क्षेत्रमा मानिसले बुझ्‍ने किसिमको शैली प्रयोग गरेका छन्?
यदि अनुवादमा भाषा शैलीलाई गलत तरिकाले प्रयोग गरिएको पाउनुभयो भने, अनुवाद समूहसँग छलफलको निम्ति त्यसको टिपोट बनाउनुहोस् ।