ne_ta/translate/writing-decisions/01.md

3.3 KiB

लेखनसम्बन्धि उत्तर दिनका लागि महत्वपूर्ण प्रश्‍नहरू

कुनै भाषा पहिलो पटक लेख्दा सबै लेखिएका भाषाहरूका निश्‍चित विशेषताहरूलाई कसरी संकेत गर्ने भन्‍ने कुराको निर्णय अनुवादकहरूले लिनुपर्छ ।

यी प्रश्‍नहरूले अनुवादकहरूले स्थानीय भाषाका केही क्षेत्रहरू विशेषगरी पूर्ण विराम, हिज्जे र बाइबलमा भएका नामहरू लेख्‍नको लागि बनाइएका प्रारम्भिक नियमहरूबुझ्‍नको लागि सहायता गर्दछन् । यो कसरी गर्ने भनेर अनुवाद समूह र समुदाय सहमत हुनुपर्छ ।

  • के तपाईंको भाषामा प्रत्यक्ष र उद्वरण गरिएका भनाइहरूलाई हाईलाइट गर्ने तरिका छ ? यसलाई कसरी देखाउनुहुन्छ ?
  • पदहरूको गणना, उद्वरण गरिएका भनाइ, र पुरानो करारका उद्वरणहरूलाई संकेत गर्नलाई कुन नियमहरू पालना गर्नु भएको छ ? ( के राष्ट्रिय भाषाका तरिकाहरू पालन गर्नुभएको छ ? तपाईंको भाषाको प्रयोगमा मिल्नेगरी कुन विविधताको प्रयोग गर्ने निर्णय गर्नुभयो?)
  • बाइबलमा नामहरू लेख्‍नलाई कुन नियमहरू पालना गर्नु भएको छ ? के राष्ट्रिय भाषाको बाइबलमा लेखिएका नामहरू प्रयोग गर्नुहुन्छ ? नामलाई कसरी उच्चारण गर्ने र यदि तिनीहरूलाई शीर्षक दिनुपर्‍यो भने त्यसको निम्ति तपाईंको भाषामा नियमहरू छन् ? ( के यी नियमहरू समुदायको लागि स्वीकार्य छन् ?)
  • तपाईंले आफ्नो भाषाका समुदायसँग बाँड्नुपर्ने हिज्जेसम्बन्धि कुनै नियमहरू टिपोट गर्नु भएको छ , जस्तै शब्दले कहाँनेर यसको रूप परिवर्तन गर्छ वा दुईवटा शब्दहरू जोडिन्छन् ? ( के यी नियमहरू समुदायको लागि स्वीकार्य छन् ?)