ne_ta/translate/translate-whatis/01.md

4.9 KiB

परिभाषा

अनुवाद भनेको एउटा प्रक्रिया हो जुन विभिन्‍न भाषाहरूको बीचमा गरिन्छ जसलाई लेखक वा वक्ताले स्रोत भाषामा मूल पाठकवर्गलाई प्रवाह गर्न अभिप्राय गरेको अर्थलाई बुझ्‍न, र त्यसपछि त्यही अर्थलाई लक्षित भाषामा एउटा फरक पाठकवर्गकहाँ व्यक्त गर्नका एउटा व्यक्ति (अनुवादक) चाहिन्छ ।

अनुवादले अधिकांश समय यसरी काम गर्नुपर्छ भनेर मानिन्छ, तर कहिलेकाहीँ केही अनुवादहरूका अन्य लक्ष्यहरू हुन्छन्, जस्तो कि स्रोत भाषाको प्रारूपलाई पुनरुत्पादन गर्नु, जसरी हामी तल देख्‍नेछौँ ।

त्यहाँ मूलभूत रूपमा दुई प्रकारका अनुवादहरू हुन्छन्ः अक्षरशः र परिवर्तनशील (वा अर्थमा आधारित) ।

  • अक्षरशः गरिएको अनुवादले स्रोत भाषामा भएका शब्दहरूलाई उस्तै मूलभूत अर्थ दिने लक्षित भाषामा भएका शब्दहरूले प्रतिनिधित्व गर्नमा ध्यान लगाउँछ । तिनीहरूले स्रोत भाषामा भएका वाक्यांशहरूसँग समान संरचनाहरू भएका वाक्यांशहरूलाई पनि प्रयोग गर्छन् । यस किसिमको अनुवादले पाठकलाई स्रोत खण्‍डको संरचना हेर्न दिन्छ, तर स्रोत खण्‍डको अर्थ बुझ्‍नलाई भने यसले पाठकको लागि कठिन वा असम्भव बनाउन सक्‍छ ।
  • परिवर्तनशील, अर्थमा आधारित अनुवादहरूले स्रोत भाषाको वाक्यले त्यसको सन्दर्भमा बोकेको अर्थलाई प्रतिनिधित्व गर्नमा ध्यान लगाउँछ, र त्यो अर्थलाई लक्षित भाषामा प्रवाह गर्नका लागि सबैभन्दा बढी उपयुक्त रहेका जेपनि शब्दहरू र वाक्यांशहरूको प्रयोग गर्नेछ । यस किसिमको अनुवादको लक्ष्य भनेको पाठकको लागि स्रोत खण्‍डको अर्थ बुझ्‍नलाई सजिलो बनाउने हो । अरू भाषाको (ओएल) अनुवादहरूका लागि यस अनुवाद निर्देशन पुस्तिकामा सुझाव दिइएको अनुवाद चाहिँ यस्तै किसिमको हो ।

यूएलटीलाई अक्षरशः गरिएको अनुवाद हुने गरी निर्माण गरिएको छ, ताकि ओएल अनुवादकले मूल बाइबलीय भाषाहरूका प्रारूपहरूलाई देख्‍न सकून् । यूएसटीलाई परिवर्तनशील अनुवाद हुने गरी निर्माण गरिएको छ, ताकि बाइबलमा भएका यी प्रारूपहरूको अर्थलाई ओएल अनुवादकले बुझ्‍न सकून् । यी स्रोतहरूको अनुवाद गर्दा, कृपया यूएलटीलाई अक्षरशः हुने गरेर अनुवाद गर्नुहोस् र यूएसटीलाई परिवर्तनशील ढङ्गले अनुवाद गर्नुहोस् । यी स्रोतहरूको बारेमा थप जानकारीको लागि, गेटवे भाषा निर्देशन पुस्तिका लाई हेर्नुहोस् ।