ne_ta/translate/translate-versebridge/01.md

11 KiB

विवरण

केही दुर्लभ खण्‍डहरूमा, तपाईंले अन्‍फोल्‍डिङ्ग वोर्ड अक्षरशः रहेको खण्‍ड (यूएलटी) वा अन्‍फोल्‍डिङ्ग वोर्ड सामान्यीकरण गरिएको खण्‍ड (यूएसटी) मा देख्‍नुहुनेछ कि दुई वा सोभन्दा बढी पद सङ्ख्याहरू जोडिएका हुन्छन्, जस्तै, १७-१८ । यसलाई पदको पुल भनिन्छ । यसको अर्थ हो कि पदहरूमा भएको जानकारीलाई पुनः मिलाएर राखिएका छन् ताकि कथा वा सन्देश बढी सजिलो रूपमा बुझ्‍न सकियोस् ।

२९ होरीहरूका कुलहरू यी नै थिएः लोतान, शोबाल, र सिबोन, र अना, ३० दीशोन, एसेर, दीशानः सेइरको भूमिमा भएका तिनीहरूका कुलहरूका सूचीअनुसार होरीहरूका कुलहरू यी नै थिए । (उत्पत्ति ३६:२९-३० यूएलटी)

२९-३० मानिसहरूका समूहहरू जो होरका सन्तानहरू थिए, तिनीहरू सेइरको भूमिमा बस्थे । मानिसहरूका समूहहरूका नाउँहरू लोतान, शोबाल, र सिबोन, अना, दीशोन, एसेर, र दीशान हुन् । (उत्पत्ति ३६:२९-३० यूएसटी)

यूएलटीको खण्‍डमा, २९ र ३० का पदहरू अलग्‍गै छन्, र मानिसहरू सेइरमा बसिरहेको कुराको बारेमा भएको जानकारी चाहिँ पद ३० को अन्तमा छ । यूएसटीको खण्‍डमा, पदहरूलाई जोडिएको छ, र तिनीहरू सेइरमा बसिरहेको कुराको बारेमा भएको जानकारी चाहिँ सुरुमै छ । धेरै भाषाहरूको लागि यस्तो चाहिँ अझ बढी बुझाइ आउने जानकारीको क्रम हो ।

बाइबलबाट उदाहरणहरू

कहिलेकाहीँ यूएलटीमा छुट्टाछुट्टै पदहरू हुन्छन् भने यूएसटीमा चाहिँ पदको पुल हुन्छ ।

तापनि, तिमीहरूका माझमा कोही पनि गरिब हुनुहुँदैन (किनकि यहवेले तिमीहरूले अधिकार गर्नलाई उत्तराधिकारको रूपमा दिनुहुने देशमा तिमीहरूलाई निश्‍चय नै आशिष् दिनुहुनेछ), यदि आज मैले तिमीहरूलाई आदेश दिइरहेका यी सबै आज्ञाहरूको पालना गर्न, तिमीहरूले यहवे तिमीहरूका परमेश्‍वरको आवाजलाई दिलोज्यानले ध्यान मात्रै दियौ भने, (व्यवस्था १५:४-५ यूएलटी)

४-५ यहवे हाम्रा परमेश्‍वरले तिमीहरूलाई दिइरहनुभएको देशमा तिमीहरूलाई आशिष् दिनुहुनेछ । यदि तिमीहरूले यहवे हाम्रा परमेश्‍वर र आज मैले तिमीहरूलाई दिइरहेका सबै आदेशहरूको पालना गर्‍यौ भने, त्यहाँ तिमीहरूको माझमा कोही गरिब मानिसहरू हुनेछैनन् । (व्यवस्था १५:४-५ यूएसटी)

यूएलटीमा पनि थोरै पदका पुलहरू छन् ।

१७-१८ एज्राका छोराहरू येतेर, मेरेद, एपेर, र यालोन थिए । मेरेदको मिश्री पत्‍नीले मिरियम, शम्‍मै, एश्‍तमोकाका पिता यिश्‍बहलाई जन्माइन् । यिनीहरू फारोकी छोरी, बित्याहका छोराहरू थिए जसलाई मेरेदले विवाह गरेका थिए । मेरेदको यहूदी पत्‍नीले येरेदलाई जन्माइन्, जो गदोरका पिता भए; हेबेरलाई जन्माइन्, जो सोखोका पिता भए; अनि यकूतीएललाई जन्माइन्, जो जानोहका पिता भए । (१ इतिहास ४:१७-१८ यूएलटी)

बित्याहका छोराहरू कुन थिए भनेर अझ बढी प्रस्‍ट ढङ्गले देखाउनका लागि यूएलटीले रेखाङ्कन गरिएको वाक्यलाई पद १८ बाट पद १७ मा सार्‍यो । खास क्रम यहाँ दिइएको छ, जुन धेरै पाठकहरूको लागि अलमल्याउने किसिमको छः

१७ एज्राका छोराहरूः येतेर, मेरेद, एपेर, र यालोन । तिनले गर्भधारण गरिन् र मिरियम, शम्‍मै, र एश्‍तमोकाका पिता यिश्‍बहलाई जन्माइन् । १८ अनि उनकी यहूदी पत्‍नीले गदोरका पिता येरेद, सोखोका पिता हेबेर, र जानोहका पिता यकूतीएललाई जन्माइन् । यिनीहरू फारोकी छोरी, बित्याहका छोराहरू थिए जसलाई मेरेदले विवाह गरेका थिए । (१ इतिहास ४:१७-१८ टीएनके)

अनुवादका रणनीतिहरू

जानकारीलाई तपाइंको पाठकहरूको लागि प्रस्‍ट हुने क्रममा राख्‍नुहोस् ।

१. यदि तपाईंले कुनै पदबाटको जानकारीलाई त्यभन्दा अघिल्‍लो पदबाटको जानकारीभन्दा अगाडि राख्‍नुभयो भने, दुई पदका सङ्ख्याहरूका बीचमा धर्सा कोर्नुहोस् । २. यदि यूएलटीमा पदको पुल छ, तर तपाईंले हेर्नुहुने अर्को बाइबलमा छैन भने, तपाईंले आफ्‍नो भाषामा सबैभन्दा उत्तम तवरमा मिल्‍ने क्रमलाई छान्‍न सक्‍नुहुन्छ ।

ट्रान्सलेसन स्टुडियो एपमा पदहरूलाई कसरी अङ्कित गर्ने भनेर हेर्नुहोस् ।

अनुवादका रणनीतिहरू लागु गरिएका उदाहरणहरू

१. यदि तपाईंले कुनै पदबाटको जानकारीलाई त्यभन्दा अघिल्‍लो पदबाटको जानकारीभन्दा अगाडि राख्‍नुभयो भने, दुई पदका सङ्ख्याहरूका बीचमा धर्सा कोर्नुहोस् ।

  • यहवे तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिइरहनुभएको तिमीहरूको देशको बीचमा तिमीहरूले आफ्‍नो लागि तीनवटा सहरहरू छान्‍नुपर्छ । तिमीहरूले एउटा सडक निर्माण गर्नुपर्छ र तिमीहरूको देशको सिमानालाई तीन भागमा बाँड्‍नुपर्छ, त्यो देश जसलाई यहवे तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उत्तराधिकार गर्ने तुल्याउँदै हुनुहुन्छ, ताकि अर्को व्यक्तिको हत्या गर्ने सबै त्यहाँ भाग्‍न सकून् । (व्यवस्था १९:२-३)
    • २-३ उहाँले तिमीहरूलाई दिइरहनुभएको देशलाई तिमीहरूले तीन भागमा बाँड्‍नुपर्छ । त्यसपछि हरेक भागमा एउटा सहर छान । मानिसहरू ती सहरहरूमा सजिलैसँग जान सकून् भनेर तिमीहरूले असल सडकहरू बनाउनुपर्छ । अर्को व्यक्तिको हत्या गर्ने कोही व्यक्ति सुरक्षित हुनलाई यी सहरहरूमध्ये कुनै एउटामा भागेर जान सक्‍छ । (व्यवस्था १९:२-३ यूएसटी)

२. यदि यूएलटीमा पदको पुल छ, तर तपाईंले हेर्नुहुने अर्को बाइबलमा छैन भने, तपाईंले आफ्‍नो भाषामा सबैभन्दा उत्तम तवरमा मिल्‍ने क्रमलाई छान्‍न सक्‍नुहुन्छ ।