ne_ta/translate/translate-retell/01.md

5.0 KiB
Raw Permalink Blame History

अर्थलाई कसरी पुनः बताउने

क्रमैसँगको कदमहरूलाई यहाँ दिइएको छ । यी कदमहरूको उद्देश्‍य भनेको अनुवादकलाई त्यस्तो एउटा अनुवाद बनाउनलाई मदत गर्ने हो जुन स्वभाविक, बुझ्‍न सकिने, र ठ्याक्‍कै मिलेको हुन्छ । अनुवाककको सबैभन्दा बढी हुने गल्ती भनेको मिलेको खण्‍ड निर्माण गर्नका लागि लक्षित भाषामा भएका स्वभाविक प्रारूपहरूलाई प्रयोग गर्नलाई चुक्‍नु हो । यी कदमहरूलाई पछ्याएर, अनुवादकले अझ बढी स्वभाविक र अझ बढी बुझ्‍न सकिने अनुवाद निर्माण गर्नेछ ।

१. स्रोत भाषामा छानिएको खण्‍डलाई पूरै पढ्नुहोस् । खण्‍ड चाहिँ एउटा हरफ वा कथामा भएको कुनै एउटा कुरा, वा जम्‍मै खण्‍ड पनि हुन सक्‍छ (केही बाइबलहरूमा, एउटा शीर्षकदेखि अर्को शीर्षकसम्‍म भएका सबैकुरा) । कुनै अप्ठेरो पाठ्यखण्‍डमा, खण्‍ड चाहिँ केवल एउटा वा दुईवटा पदहरू मात्र पनि हुन सक्‍छ । २. स्रोत भाषामा भएको खण्‍डलाई नहेरिकन, त्यसलाई लक्षित भाषामा मौखिक रूपमा भन्‍नुहोस् । तपाईंले केही भाह‍गहरूलाई बिर्सन सक्‍ने भएतापनि, तपाईंले सम्‍झनुहुने कुरालाई अन्त्यसम्‍मै भनिरहनुहोस् । ३. फेरि, स्रोत भाषाको खण्‍डलाई हेर्नुहोस् । अब फेरि लक्षित भाषामा सबैकुरा भन्‍नुहोस् । ४. स्रोत भाषाको खण्‍डलाई फेरि पनि हेर्दै, तपाईंले बिर्सनुभएको कुरामा मात्रै ध्यान लगाउनुहोस्, अनि त्यसपछि त्यो सबैलाई स्मरणबाट नै लक्षित भाषामा पुनः भन्‍नुहोस् । ५. पूरा खण्‍डलाई याद गरिसकेपछि, तपाईंले स्मरणबाट पुनः भनेका कुरालाई नै ठ्याक्‍कै लेख्‍नुहोस् । ६. एकपटक लेखिसकेपछि, तपाईंले कुनै कुरालाई छुटाउनुभएको छ कि भनेर थाहा गर्नका लागि स्रोत भाषालाई हेर्नुहोस् । त्यस्तो कुनै पनि कुरालाई सबैभन्दा बढी स्वभाविक स्थानमा राख्‍नुहोस् । ७. यदि तपाईंले स्रोत खण्‍डमा भएको कुनै कुरालाई बुझ्‍नु हुँदैन भने, अनुवादमा [नबुझिएको] भनेर लेख्‍नुहोस् र बाँकीको खण्‍ड लेख्‍नमा निरन्तरता दिनुहोस् । ८. अब, तपाईंले के लेख्‍नुभयो भनेर पढ्नुहोस् । त्यसलाई तपाईंले बुझ्‍नुहुन्छ वा हुँदैन भनेर जाँच गर्नुहोस् । सुधार हुनुपर्ने भागलाई मिलाउनुहोस् । ९. अर्को खण्‍डमा जानुहोस् । त्यसलाई स्रोत भाषामा पढ्नुहोस् । कदम २ दखि कदम ८ लाई कडाइका साथ पछ्याउनुहोस् ।

अनुमतिद्वारा प्रयोग गरिएको, © २०१३, एसआइएल इन्टरनेशनल, हाम्रो आफ्‍नो जातीय संस्कृतिलाई बाँड्दै, पृ. ५९ ।