ne_ta/translate/translate-problem/01.md

7.8 KiB

प्रारूपहरूको अर्थ बदलिन्छ

अक्षरशः गरिएका अनुवादहरूले स्रोत पाठ्यखण्‍डको प्रारूपलाई लक्षित खण्‍डमा कायम राख्‍छन् । केही अनुवादहरूलाई यसो गर्न इच्‍छा हुन सक्‍छ किनभने, जसरी हामीले “प्रारूपको महत्त्व” भन्‍ने शिक्षण भागमा देख्‍यौँ, खण्‍डको प्रारूपले खण्‍डको अर्थलाई असर गर्छ । तापनि, हामीले याद राख्‍नुपर्छ कि विभिन्‍न समाजबाटका मानिसहरूले प्रारूपहरूको अर्थलाई फरक-फरक ढङ्गले बुझ्‍छन् । विभिन्‍न समाजहरूमा, एउटै प्रारूपलाई निकै फरक तरिकाहरूमा बुझिन सक्‍छ । त्यसैकारण मूल प्रारूपलाई कायम राखेर अर्थलाई परिवर्तन हुन नदिन सम्भव छैन । अर्थलाई जोगाउने एउटै मात्र तरिका भनेको मूल प्रारूपलाई एउटा नयाँ प्रारूपमा बदल्‍नु हो जसले पुरानो प्रारूपले पुरानो समाजमा प्रवाह गरेको उही अर्थलाई नै नयाँ समाजमा प्रवाह गर्छ ।

विभिन्‍न भाषाहरूले शब्दहरू र वाक्यांशहरूका विभिन्‍न क्रमहरूलाई प्रयोग गर्छन्

यदि तपाईंले आफ्‍नो अनुवादमा स्रोत शब्द क्रमलाई कायम राख्‍नुभयो भने, तपाईंको भाषा बोल्‍ने मानिसहरूका लागि त्यो बुझ्‍ने धेरै अप्ठेरो हुनेछ, र कहिलेकाहीँ असम्भव हुनेछ । तपाईंले लक्षित भाषाको स्वभाविक शब्द क्रमलाई प्रयोग गर्नैपर्छ ताकि मानिसहरूले खण्‍डको अर्थ बुझ्‍न सकून् ।

विभिन्‍न भाषाहरूले विभिन्‍न वाक्‍पद्धतिहरू र अभिव्यक्तिहरूको प्रयोग गर्छन्

हरेक भाषाको त्यसको आफ्‍नै वाक्‍पद्धतिहरू र अन्य अभिव्यक्तिहरू हुन्छन्, जस्तो कि, शब्दहरू जसले आवाजहरू वा भावनाहरूलाई प्रतिनिधित्व गर्छन् । यी कुराहरूको अर्थलाई व्यक्त गर्नका लागि, तपाईंले एउटा वाक्‍पद्धति वा अभिव्यक्ति छान्‍नुपर्छ जसको लक्षित भाषामा उही अर्थ हुन्छ, केवल हरेक शब्दलाई अनुवाद मात्रै गर्ने होइन । यदि तपाईंले हरेक शब्दलाई अनुवाद मात्रै गर्नुभयो भने, वाक्‍पद्धति वा अभिव्यक्तिले गलत अर्थ दिनेछ ।

केही शब्दहरूसँग मिल्‍ने शब्दहरू अन्य समाजहरूमा हुँदैनन्

बाइबलमा त्यस्ता कुराहरूका लागि थुप्रै शब्दहरू छन् जुन कुराहरू अब छैनन्, जस्तो कि प्राचीन वजनहरू (स्टेडिया, क्यूबिट), पैसा (दिनारीअस, स्टेटर) अनि नापहरू (हिन, एफा) । धर्मशास्‍त्रमा उल्‍लेख गरिएका जनावरहरू संसारका केही भागहरूमा नभएका हुन सक्‍छन् (फ्याउरो, ऊँट) । अरू शब्दहरू केही समाजहरूमा नजानिएका हुन सक्‍छन् (हिउँ, खतना) । त्यस्ता अवस्थाहरूमा यी शब्दहरूका लागि सामान्य रूपमा मिल्‍ने शब्दहरू राख्‍न सम्भव हुँदैन । मूल अर्थलाई प्रवाह गर्नका लागि अनुवादकले अर्को तरिका भेट्टाउनुपर्ने हुन्छ ।

बाइबल चाहिँ बुझियोस भन्‍ने अभिप्राय गरिएको थियो

धर्मशास्‍त्रको गवाही आफैँले नै देखाउँछ कि तिनीहरू बुझियोस् भनेर लेखिएका थिए । बाइबल तीनवटा भाषाहरूमा लेखिएको थियो किनभने परमेश्‍वरका जनहरूले प्रयोग गर्ने भाषा विभिन्‍न समयहरूमा फरक-फरक थियो । जब यहूदीहरू निर्वासनबाट फर्केर आए र हिब्रू भाषा याद थिएन, पूजाहारीहरूले पुरानो करारका लेखहरूलाई आइमेकमा अनुवाद गरे ताकि तिनीहरूले बुझ्‍न सकून् (नहेमिया ८:८) । पछि, जब नयाँ करार लेखियो, त्यो साझा क्वाइनी ग्रीकमा लेखिएको थियो, जुन चाहिँ त्यस समयमा अधिकांश मानिसहरूले बोल्‍ने भाषा थियो, र हिब्रू वा आरमेइक वा पुरानो ग्रीकमा लेखिएको थिएन, जुन बुझ्‍न सामान्य मानिसहरूलाई बढी कठिन हुने थियो ।

यी र अन्य कारणहरूले देखाउँछन् कि परमेश्‍वरले उहाँको वचन मानिसहरूले बुझेको चाहनुहुन्छ । त्यसैले हामी जान्दछौँ कि हामीले बाइबलको अर्थलाई अनुवाद गरेको उहाँ चाहनुहुन्छ, प्रारूपलाई पुनरुत्पादन गरेको होइन । धर्मशास्‍त्रको अर्थ चाहिँ प्रारूपभन्दा बढी महत्त्वपूर्ण छ ।