ne_ta/translate/translate-original/01.md

6.8 KiB

मूल भाषामा भएको पाठ्यखण्‍ड सबैभन्दा बढी मिलेको हुन्छ

परिभाषा - मूल भाषा भनेको त्यो भाषा हो जसमा बाइबलको पाठ्यखण्‍ड सुरुमा लेखिएको थियो ।

विवरण - नयाँ करारको मूल भाषा ग्रीक हो । पुरानो करारको अधिकांश भागको मूल भाषा हिब्रू हो । तापनि, दानिएल र एज्राका पुस्तकहरूका केही भागहरूको मूल भाषा चाहिँ आरमेइक हो । कुनै भाषाबाट कुनै खण्‍डलाई अनुवाद गर्नका लागि मूल भाषा नै सधैँ सबैभन्दा बढी मिलेको भाषा हुन्छ ।

स्रोत भाषा भनेको त्यो भाषा हो जसबाट कुनै अनुवाद गरिराखिएको हुन्छ । यदि कुनै अनुवादकले बाइबललाई मूल भाषाहरूबाट अनुवाद गरिरहेको छ भने, उसको अनुवादको लागि मूल भाषा र स्रोत भाषा एउटै हो । तापनि, मूल भाषालाई अध्ययन गर्नमा धेरै वर्ष बिताएका मानिसहरूले तिनलाई बुझ्‍न सक्‍छन् र तिनलाई स्रोत भाषाको रूपमा प्रयोग गर्न सक्छन् । त्यस कारणले गर्दा, अधिकांश अनुवादकहरूले वृहत बोलचालको भाषामा अनुवाद गरिएका बाइबलहरूलाई तिनीहरूको स्रोत भाषाको पाठ्यखण्‍डको रूपमा प्रयोग गर्छन् ।

यदि तपाईंले वृहत बोलचालको भाषाबाट अनुवाद गरिरहनुभएको छ भने, एउटै अर्थ छ भनेर पक्‍का गर्नका लागि मूल भाषाको अध्ययन गरेको कोही व्यक्तिलाई लक्षित भाषामा भएको अर्थलाई मूल भाषामा भएको अर्थसँग तुलना गर्न दिनु चाहिँ असल विचार हो । लक्षित भाषामा भएको अनुवाद ठ्याक्‍कै मिलेको छ भनेर पक्‍का गर्ने अर्को तरिका भनेको अनुवादलाई मूल भाषा जानेका मानिसहरूद्वारा लेखिएका अनुवादका सहयोगी सामग्रीहरूले जाँच्‍नु हो । यिनमा बाइबलका टिप्‍पणीहरू र शब्दकोशहरू, साथै अन्‍फोल्‍डिङ्ग वोर्ड अनुवादका टिप्‍पणीहरू, अनुवादका शब्दहरूका परिभाषाहरू, र उत्तरहरू सहितका अनुवादका प्रश्‍नहरू पर्छन् ।

स्रोत भाषामा भएको पाठ्यखण्‍ड ठ्याक्‍कै मिलेको नहुन सक्‍छ

यदि अनुवादकले मूल भाषालाई बुझ्‍दैन भने, उनले वृहत बोलचालको भाषालाई स्रोत भाषाको रूपमा प्रयोग गर्नुपर्नेछ । स्रोतमा भएको अर्थ ठीक हुन सक्‍छ जुन मूल भाषाबाट त्यो कति होशियारीका साथ अनुवाद भएको थियो भन्‍ने कुरामा भर पर्छ । तर त्यो अझै पनि अनुवाद नै हो, त्यसैले मूल भाषाबाट त्यो एक कदम पर पर्छ र ठ्याक्‍कै एउटै हुँदैन । केही खण्‍डहरूमा, स्रोत पनि मूल भाषाबाट अनुवाद हुनुको साटोमा अर्को स्रोतबाट अनुवाद भएको हुन सक्‍छ जसले त्यसलाई मूल भाषाबाट दुई कदम पर सार्छ ।

यहाँ दिइएको उदाहरणलाई विचार गर्नुहोस् । एकजना अनुवादकले स्वाहिली नयाँ करारलाई नयाँ लक्षित भाषाको अनुवादको लागि स्रोतको रूपमा प्रयोग गर्छन् । तापनि, उनले प्रयोग गरिरहेको त्यो स्वाहिली बाइबल संस्करण वास्तवमा अङ्ग्रेजीबाट अनुवाद भएको थियो — सीधै ग्रीकबाट (न.क. को मूल भाषा) होइन । त्यसैले यो सम्भव छ कि मूल भाषाबाट लक्षित भाषाहरूमा अनुवाद गर्ने क्रममा केही अर्थ परिवर्तन भएको छ ।

अनुवाद सम्भव भएसम्‍म ठ्याक्कै मिलेको छ भनेर पक्‍का गर्ने एउटै मात्र तरिका भनेको नयाँ अनुवादलाई मूल भाषाहरूसँग तुलना गर्ने हो । जहाँ यो सम्भव हुँदैन, यूएलटीलाई मूल भाषाहरूबाट अनुवाद गरिएका अन्य बाइबल अनुवादहरूसँगै स्रोत खण्‍डको रूपमा प्रयोग गर्नुहोस् ।