ne_ta/translate/translate-ordinal/01.md

10 KiB
Raw Permalink Blame History

विवरण

बाइबलमा क्रम सङ्ख्याहरूलाई मुख्य रूपमा सूचीमा भएको केही कुराको स्थानको विषयमा भन्‍नलाई प्रयोग गरिएका छन् ।

उहाँले मण्‍डलीलाई पहिला प्रेरितहरू, दोस्रो अगमवक्ताहरू, तेस्रो शिक्षकहरू, त्यसपछि शक्तिशाली कार्यहरू गर्नेहरू दिनुभयो (१ कोरिन्थीहरू १२:२८ यूएलटी)

यो चाहिँ परमेश्‍वरले मण्‍डलीलाई दिनुभएको कामदारहरूको सूची हो जुन तिनीहरूको क्रमअनुसार छ ।

अङ्ग्रेजीमा भएका क्रम सङ्ख्याहरू

अङ्ग्रेजीमा भएका अधिकांश क्रम सङ्ख्याहरूमा सामान्य रूपमा अन्तिममा “-टीएच” थपिएको हुन्छ ।

अङ्क सङ्ख्या क्रम सङ्ख्या
चार चौथो
१० दश दशौँ
१०० एक सय एक सयौँ
१, एक हजार एक हजारौँ

अङ्ग्रेजीमा भएका केही क्रम सङ्ख्याहरूले त्यस ढाँचालाई पछ्याउँदैन ।

अङ्क सङ्ख्या क्रम सङ्ख्या
एक पहिलो
दुई दोस्रो
तीन तेस्रो
पाँच पाँचौँ
१२ बाह्र बाह्रौँ

यो अनुवादको विषय हुनुको कारणः

केही भाषाहरूमा सूचीमा भएका चीजहरूको क्रमलाई देखाउनका लागि विशेष सङ्ख्याहरू हुँदैनन् । यसको सामना गर्नलाई थुप्रै तरिकाहरू छन् ।

बाइबलबाट उदाहरणहरू

पहिलो चिट्ठा यहोयारीबलाई गयो, दोस्रो यदायाहलाई, तेस्रो हारीमलाई, चौथो सोरीमलाई, ... तेइसौँ दलायाहलाई, अनि चौबीसौँ माज्याहलाई । (१ इतिहास २४:७-१८ यूएलटी)

मानिसहरूले चिट्ठा हाले र एउटा यी हरेक मानिसहरूलाई दिइएको क्रममा पर्‍यो ।

तैँले त्यसलाई बहुमूल्य ढुङ्गाहरूको चार लहरमा राख्‍नुपर्छ । पहिलो लहरमा मानिक, पुष्‍पराज, र बेरूज हुनुपर्छ । दोस्रो लहरमा पन्‍ना, नीर, र हीरा हुनुपर्छ । तेस्रो लहरमा नीलमणि, हाकिक, र कटेला हुनुपर्छ । चौथो लहरमा पीतमणि, आनिक्स, र बिल्‍लौर हुनुपर्छ । तिनीहरूलाई सुनका घरहरूमा जडिनुपर्छ । (प्रस्थान २८:१७-२० यूएलटी)

यसले पत्थरहरूका चार लहरहरूलाई वर्णन गर्छ । पहिलो लहर शायद माथिको लहर हो, र चौथो लहर शायद सबैभन्दा तलको लहर हो ।

अनुवादका रणनीतिहरू

यदि तपाईंको भाषामा क्रम सङ्ख्याहरू छन् भने र तिनको प्रयोगले ठीक अर्थ दिन्छ भने, तिनीहरूलाई प्रयोग गर्ने बारेमा विचार गर्नुहोस् । यदि छैनन् भने, विचार गर्नका लागि यहाँ केही रणनीतिहरू छन्ः

१. पहिलो चीजको लागि “एउटा” शब्दको प्रयोग गर्नुहोस् र बाँकीको लागि “अर्को” वा “त्यसपछिको” शब्द प्रयोग गर्नुहोस् । २. चीजहरूको जम्‍मा सङ्ख्या भन्‍नुहोस् अनि तिनलाई वा तिनीहरूसँग सम्बन्धित रहेका कुराहरूलाई सूचीकृत गर्नुहोस् ।

अनुवादका रणनीतिहरूलाई लागु गरिएका उदाहरणहरू

१. चीजहरूको जम्‍मा सङ्ख्या भन्‍नुहोस्, अनि पहिलो चीजको लागि “एउटा” शब्दको प्रयोग गर्नुहोस् र बाँकीको लागि “अर्को” वा “त्यसपछिको” शब्द प्रयोग गर्नुहोस् ।

  • पहिलो चिट्ठा यहोयारीबलाई गयो, दोस्रो यदायाहलाई, तेस्रो हारीमलाई, चौथो सोरीमलाई, ... तेइसौँ दलायाहलाई, अनि चौबीसौँ माज्याहलाई । (१ इतिहास २४:७-१८ यूएलटी)
    • त्यहाँ चौबीसवटा चिट्ठाहरू थिए । एउटा चिट्ठा यहोयारीबलाई गयो, अर्को यदायाहलाई, अर्को हारीमलाई, ... अर्को दलायाहलाई, अनि अन्तिमको माज्याहलाई गयो ।
    • त्यहाँ चौबीसवटा चिट्ठाहरू थिए । एउटा चिट्ठा यहोयारीबलाई गयो, त्यसपछिको यदायाहलाई, त्यसपछिको हारीमलाई, ... त्यसपछिको दलायाहलाई, अनि अन्तिमको माज्याहलाई गयो ।
  • एउटा नदी बगैँचा भिजाउनलाई अदनबाट बाहिर गएको थियो । त्यहाँबाट त्यो भाग भएको थियो र चार नदीहरू भएको थियो । पहिलोको नाउँ पीशोन हो । यो त्यही हो जुन हवीलाको समस्त मुलुकबाट भएर बहन्छ, जहाँ सुन पाइन्छ । त्यस देशको सुन असल हुन्छ । त्यहाँ खोटो र आनिक्स पत्थर पनि छन् । दोस्रोको नाउँ गीहोन हो । यो चाहिँ कूशको समस्त मुलुकबाट भएर बहन्छ । तेस्रोको नाउँ टाइग्रिस हो, जुन अश्‍शूरको पूर्वबाट भएर बहन्छ । चौथो नदी यूफ्रेटिस हो । (उत्पत्ति २:१०-१४ यूएलटी)
    • एउटा नदी बगैँचा भिजाउनलाई अदनबाट बाहिर गएको थियो । त्यहाँबाट त्यो भाग भएको थियो र चार नदीहरू भएको थियो । एउटाको नाउँ पीशोन हो । यो त्यही हो जुन हवीलाको समस्त मुलुकबाट भएर बहन्छ, जहाँ सुन पाइन्छ । त्यस देशको सुन असल हुन्छ । त्यहाँ खोटो र आनिक्स पत्थर पनि छन् । त्यसपछिको नाउँ गीहोन हो । यो चाहिँ कूशको समस्त मुलुकबाट भएर बहन्छ । त्यसपछिको नाउँ टाइग्रिस हो, जुन अश्‍शूरको पूर्वबाट भएर बहन्छ । अन्तिम नदी यूफ्रेटिस हो ।

२. चीजहरूको जम्‍मा सङ्ख्या भन्‍नुहोस् अनि तिनलाई वा तिनीहरूसँग सम्बन्धित रहेका कुराहरूलाई सूचीकृत गर्नुहोस् ।

  • पहिलो चिट्ठा यहोयारीबलाई गयो, दोस्रो यदायाहलाई, तेस्रो हारीमलाई, चौथो सोरीमलाई, ... तेइसौँ दलायाहलाई, अनि चौबीसौँ माज्याहलाई । (१ इतिहास २४:७-१८ यूएलटी)
    • तिनीहरूले चौबीसवटा चिट्ठाहरू हाले । चिट्ठाहरू यहोयारीब, यदायाह, हारीम, सोरीम, ... दलायाह, अनि माज्याहलाई गयो ।