ne_ta/translate/translate-more/01.md

8.8 KiB

अनुवाद भनेको विभिन्‍न भाषाहरूको बीचमा गरिने एउटा प्रक्रिया हो जसले एउटा व्यक्तिलाई (अनुवादकलाई) कुनै लेखक वा वक्ताले मूल पाठकवर्गलाई स्रोत भाषामा प्रवाह गर्न खोजेको अर्थ बुझ्‍न, र त्यसपछि त्यही अर्थलाई लक्षित भाषामा कुनै फरक पाठकवर्ग समक्ष व्यक्त गर्न जरुरी बनाउँछ ।

मानिसहरूले पाठ्यखण्‍डलाई किन अनुवाद गर्छन् ?

अनुवादकहरूसँग तिनीहरूको काम गर्नलाई सामान्य रूपमा विभिन्‍न कारणहरू हुन्छन् । तिनीहरूका कारणहरू तिनीहरूले अनुवाद गरिरहेको लेखमा, अनि तिनीहरूलाई अनुवाद गर्नलाई भन्‍ने व्यक्तिका आवश्‍यकताहरूमा भर पर्छन् । बाइबलको अनुवादमा चाहिँ, मानिसहरूले सामान्यतया तिनीहरूको काम गर्छन् किनभने बाइबलीय खण्‍डहरूका मूल पाठकहरू र श्रोताहरूलाई प्रभाव परे जस्तै गरेर बाइबलका अवधारणाहरूले लक्षित भाषाका पाठकहरूलाई प्रभाव पारोस् भनेर तिनीहरू चाहन्छन् । किनभने बाइबलमा भएका परमेश्‍वरका विचारहरूले हामीलाई येशू ख्रीष्‍टद्वारा उहाँसँगको अनन्त जीवनमा डोहोर्‍याउँछ, लक्षित भाषाका श्रोताहरूले पनि उहाँका विचारहरू जानेका अनुवादकहरू चाहन्छन् ।

हामी बाइबलका अनुवादकहरूको रूपमा बाइबलीय अवधारणाहरूलाई प्रतिनिधित्व गर्न सामान्यतया कसरी अपेक्षा गर्छौँ ?

स्रोत पाठ्यखण्‍डमा भएका अवधारणाहरूलाई हामीले थुप्रै तरिकाहरूमा प्रतिनिधित्व गर्न सक्छौँः हामीले तिनीहरूलाई सूचीमा राख्‍न सक्‍छौँ, पृष्‍ठमा धेरै कम ठाउँ ओगटेर हामीले तिनीहरूको सारांश निकाल्‍न सक्छौँ, हामीले तिनीहरूलाई सरलीकरण गर्न सक्छौँ (जसरी हामीले बालकहरूको बाइबल कथा पुस्तकहरूमा र अन्य बालबलका सहयोगी सामग्रीहरूमा धेरैपटक गर्छौँ), अथवा हामीले तिनीहरूलाई नक्‍साहरूमा वा रेखाचित्रहरूमा पनि राख्‍न सक्छौँ । तापनि, बाइबलका अनुवादकहरूले सामान्यतया बाइबलीय अवधारणाहरूलाई सम्भव भएसम्‍म पूर्ण रूपमा प्रस्तुत गर्न कोसिस गर्छन् । यसको अर्थ यो पनि हो कि तिनीहरूले अनुवादमा मूल लेखहरू जस्तै उस्तै किसिमका लेखहरू बनाउने कोसिस गर्छन् (अगमावाणीको लागि अगमावाणी, पत्रको लागि पत्र, इतिहासको पुस्तकको लागि इतिहासको पुस्तक , इत्यादि ... ) साथै, तिनीहरूले अनुवादमा उही प्रकारका तनावहरू पनि पुनः निर्माण गर्न खोज्‍छन् जुन स्रोत पाठ्यखण्‍डमा पाइन्छन् ।

पाठ्यखण्‍डमा भएको “तनाव” भनेर हामीले के भन्‍ने खोजेका हौँ ?

तनावको उदाहरण तब आउँछ जब एउटा पाठकले कथाका सहभागीहरूलाई अब त्यसपछि के हुन्छ भनेर विचार गर्छ, अथवा पाठकले पत्रको लेखकको वा खण्‍डमा बताइएको संवादको कुनै तर्क, हौसला, र चेतावनीहरूलाई पछ्याउँछ । एउटा पाठकलाई भजन पढ्दै गर्दा तनावको अनुभव हुन सक्‍छ, किनकि परमेश्‍वरका प्रशंसाहरूले भजन गाउनेलाई विभिन्‍न तवरले असर गर्छन् । पुरानो करारको अगमवाणीको पुस्तक पढ्दै गर्दा, पाठकलाई तनाव बढ्दै गरेको अनुभव हुन सक्‍छ जसै अगमवक्ताले मानिसहरूलाई तिनीहरूको पापको लागि दोषी ठहराउँछन्, वा जसै उनले तिनीहरूलाई परमेश्‍वरतर्फ फर्कनलाई चेतावनी दिन्छन् । भविष्‍यको लागि भएका परमेश्‍वरका प्रतिज्ञाहरूका बारेमा पढ्दा पनि तनावको अनुभव हुन सक्‍छ, जसै कोही व्यक्तिले परमेश्‍वरले ती प्रतिज्ञाहरू कहिले पूरा गर्नुभयो, वा उहाँले ती कहिले पूरा गर्नुहुनेछ भनेर विचार गर्छ । असल अनुवादकहरूले स्रोत लेखहरूमा भएका तनावका किसिमहरूको अध्ययन गर्छन्, र लक्षित भाषामा ती तनावहरूलाई पुनः सिर्जना गर्ने कोसिस गर्छन् ।

स्रोत पाठ्यखण्‍डमा भएका तनावहरूलाई पुनः सिर्जना गर्ने बारेमा कुरा गर्ने अर्को तरिका भनेको अनुवादले लक्षित पाठकवर्गमा उही प्रभाव पार्नुपर्छ जुन स्रोत पाठ्यखण्‍डले मूल पाठकवर्गमा पारेको थियो भनी भन्‍नु हो । उदाहरणको लागि, यदि स्रोत पाठ्यखण्‍ड चाहिँ मूल पाठकवर्गलाई गरिएको कुनै हप्‍की हो भने, लक्षित पाठकवर्गले पनि अनुवादलाई हप्‍कीको रूपमा अनुभव गर्नुपर्छ । लक्षित भाषाले हप्‍कीहरूलाई अनि अन्य किसिमका अभिव्यक्तिहरूलाई कसरी व्यक्त गर्छ भनेर अनुवादकले सोच्‍न जरुरी हुनेछ, ताकि अनुवादले लक्षित पाठकवर्गमा ठीक किसिमको प्रभाव पार्न सकोस् ।