ne_ta/translate/translate-literal/01.md

6.9 KiB

परिभाषा

अक्षरशः गरिएको अनुवादले स्रोत पाठ्यखण्‍डको प्रारूपलाई, सम्भव भएसम्‍म, पुनरुत्पादन गर्ने कोसिस गर्छ ।

अन्य नाउँहरू

अक्षरशः गरिएका अनुवादहरूलाई यसो पनि भनिन्छः

  • प्रारूप-आधारित
  • शब्द-शब्द एउटै
  • परिवर्तित अक्षरशः अनुवाद

अर्थमाथि प्रारूप

अक्षरशः गरिएको अनुवाद भनेको त्यो हो जसले अर्थ बदलिए पनि, वा परिणामस्वरूप बुझ्‍नलाई कठिन बने पनि, स्रोत पाठ्यखण्‍डको प्रारूपलाई लक्षित भाषामा पुनरुत्पादन गर्नमा ध्यान लगाउँछ । अक्षरशः गरिएको अनुवादको एउटा चरम संस्करण चाहिँ खासमा अनुवाद नै हुँदैन—त्यसमा स्रोत भाषाको झैँ उही अक्षरहरू र शब्दहरू हुने थियो । त्यसको सबैभन्दा नजिकैको अर्को कदम भनेको स्रोत भाषामा भएको प्रत्येक शब्दलाई लक्षित भाषाबाट त्यससँग मिल्‍ने शब्दले प्रतिस्थापन गर्ने हो । भाषाहरूको बीचमा भएको व्याकरणको भिन्‍नताहरूको कारणले गर्दा, लक्षित भाषाका पाठकहरूले सम्भवतः यस किसिमको अनुवादलाई बुझ्‍नेछैनन् । केही बाइबलका अनुवादकहरू गलत विश्‍वास गर्छन् कि तिनीहरूले स्रोत पाठ्यखण्‍डको शब्द क्रमलाई लक्षित पाठ्यखण्‍डमा कायम राख्‍नुपर्छ र केवल स्रोत भाषाका शब्दहरूको ठाउँमा लक्षित भाषाका शब्दहरू राख्‍नुपर्छ । तिनीहरूले गलत विश्‍वास गर्छन् कि यसो गर्नाले स्रोत पाठ्यखण्‍डलाई परमेश्‍वरको वचनको रूपमा आदर देखाउँछ । तर वास्तवमा यस किसिमको अनुवादले मानिसहरूलाई परमेश्‍वरको वचन बुझ्‍नबाट वञ्‍चित गर्छ । मानिसहरूले उहाँको वचन बुझेको परमेश्‍वर चाहनुहुन्छ, त्यसैले मानिसहरूले बुझ्‍न सक्‍ने गरेर बाइबललाई अनुवाद गर्नाले बाइबल र परमेश्‍वरलाई सबैभन्दा महान् आदर देखाउँछ ।

अक्षरशः गरिएको अनुवादका कमजोरीहरू

अक्षरशः गरिएका अनुवादहरूमा सामान्यतया निम्‍न दिइएका समस्याहरू हुन्छन्ः

  • विदेशी शब्दहरू जुन लक्षित पाठकवर्गले बुझ्‍दैनन्
  • शब्द क्रम कुन लक्षित भाषामा अनौठो वा नमिल्दो हुन्छ
  • वाक्‍पद्धतिहरू जुन लक्षित भाषामा प्रयोग हुँदैनन् वा बुझिँदैनन्
  • वस्तुहरूका नाउँहरू जुन लक्षित समाजमा पाइँदैनन्
  • चलनहरूका विवरणहरू जुन लक्षित समाजमा बुझिँदैनन्
  • हरफहरू जसको लक्षित भाषामा कुनै तर्कसङ्गत सम्बन्ध हुँदैन
  • कथाहरू र व्याख्याहरू जसले लक्षित भाषामा कुनै अर्थ दिँदैनन्
  • अन्तर्निहित जानकारीलाई छोडिएको हुन्छ जुन भन्‍न खोजिएको अर्थ बुझ्‍नका लागि आवश्‍यक हुन्छ

अक्षरशः एउटै रहेको अनुवाद कहिले गर्ने

अक्षरशः एउटै रहेको अनुवाद गर्ने एकमात्र समय भनेको गेटवे भाषा सामग्रीहरूको अनुवाद गर्ने बेलामा हो, जस्तो कि यूएलटी, जुन अन्य भाषा अनुवादकहरूद्वारा प्रयोग गरिनेछ । यूएलटीको उद्देश्‍य भनेको अनुवादकलाई मूल खण्‍डमा के छ भनेर देखाउनु हो । तब पनि, यूएलटी कडाइका साथ अक्षरशः छैन । यो परिवर्तित अक्षरशः अनुवाद हो जसले लक्षित भाषाको व्याकरणलाई प्रयोग गर्छ ताकि पाठकहरूले त्यसलाई बुझ्‍न सकून् (हेर्नुहोस् पाठ परिवर्तित अक्षरशः अनुवाद) । ती ठाउँहरूमा जहाँ यूएलटीले बाइबलमा भएका मूल अभिव्यक्तिहरूलाई प्रयोग गर्छ जुन बुझ्‍नलाई कठिन हुन सक्‍छ, हामीले तिनको व्याख्या गर्नका लागि अनुवादका टिप्‍पणीहरू प्रदान गरेका छौँ ।