ne_ta/translate/translate-help/01.md

4.4 KiB

अनुवादका सहयोगी सामग्रीहरूको प्रयोग गर्ने

अनुवादकहरूलाई सम्भव भएसम्‍मको सर्वोत्तम अनुवाद गर्न मदत गर्नलाई, अनुवादका टिप्‍पणीहरू, अनुवादका शब्दहरू, अनि अनुवादका प्रश्‍नहरू बनाइएका छन् ।

अनुवादका टिप्‍पणीहरू चाहिँ ठ्याक्‍कै मिल्‍ने गरेर अनुवाद गर्न अनुवादकलाई आवश्‍यक पर्ने सांस्कृतिक, भाषागत, र व्याख्यात्मक टिप्‍पणीहरू हुन् जसले बाइबलका केही पृष्‍ठभूमिलाई वर्णन गर्न व्याख्या गरन मदत गर्छन् । अनुवादकहरूले एउटै अर्थलाई कुन-कुन विभिन्‍न तरिकाहरूमा व्यक्त गर्न सक्‍छन् भनेर अनुवादका टिप्‍पणीहरूले तिनीहरूलाई जानकारी पनि दिन्छ । हेर्नुहोस् http://ufw.io/tn/

अनुवादका शब्दहरू चाहिँ खुला बाइबल कथाहरू र बाइबलमा पाइने प्रमुख शब्दहरू हुन् जुन ठीक तरिकाले अनुवाद गर्नलाई महत्त्वपूर्ण छन् । यी हरेक शब्दहरू वा वाक्यांशहरूमा त्यसको वरिपरि सानो घेराउ लगाइएको छ र साथै खुला बाइबल कथाहरू वा बाइबलमा अन्य कुन स्थानहरूमा त्यो शब्दको प्रयोग गरिएको छ भनेर ती स्थानहरू पनि उल्‍लेख गरिएको छ । यो चाहिँ अनुवादको शब्दलाई प्रयोग गरिएको अन्य तरिकाहरू अनुवादकलाई देखाउन र ती स्थानहरूमा पनि त्यो ठीक तरिकाले अनुवाद भएको छ भनेर पक्‍का गर्नलाई हो । हेर्नुहोस् http://ufw.io/tw/

अनुवादका प्रश्‍नहरू भनेका बुझाइ दिने प्रश्‍नहरू हुन् जुन तपाईंको अनुवादको स्व‍-जाँच गर्नका लागि प्रयोग गर्न सकिन्छ । यदि तपाईंले लक्षित भाषाको अनुवादलाई मात्र प्रयोग गरेर अनुवादका प्रश्‍नहरूको ठीक उत्तर दिन सक्‍नुहुन्छ भने, तब त्यो ठ्याक्‍कै मिलेको अनुवाद हो । अनुवादका प्रश्‍नहरू लक्षित भाषा समुदायमा जाँच गर्नलाई प्रयोग गर्नका निमित्त एउटा असल साधन पनि हुन् । हेर्नुहोस् http://ufw.io/tq/

तपाईंले एकपटक अनुवादका टिप्‍पणीहरू, अनुवादका शब्दहरू अनि अनुवादका प्रश्‍नहरू हेरिसक्‍नुभएपछि, तपाईं सर्वोत्तम अनुवाद गर्नलाई तयार हुनुहुन्छ ।

तपाईंको अनुवाद गर्नुहुँदा अनुवादका टिप्‍पणीहरू र अनुवादका शब्‍दहरूलाई कृपया हेर्नुहोस् !