ne_ta/translate/translate-fraction/01.md

12 KiB

विवरण

भाग-सङ्ख्याहरू भनेका एक प्रकारको सङ्ख्या हुन् जसले कुनै थोकको बराबर रूपमा रहेका अंशहरूलाई अथवा मानिसहरूको वा थोकहरूको कुनै एउटा ठूलो समूहभित्र बराबर रूपमा रहेका समूहहरूलाई जनाउँछन् । कुनै चीज वा चीजहरूको समूहलाई दुई वा सोभन्दा बढी भागहरूमा वा समूहहरूमा बाँडिन्छ, र भाग-सङ्ख्याले ती अंशहरू वा समूहहरूमध्येमा कुनै एउटा वा त्यसभन्दा बढीलाई जनाउँछ ।

अर्घ-बलिको लागि, तैँले एक हिन दाखमद्यको एक तिहाइ भाग चढाउनुपर्छ । (गन्ती १५:७ यूएलटी)

हिन भनेको चाहिँ दाखमद्य वा अन्य तरल पदार्थहरूको नाप गर्नका लागि प्रयोग गरिने एउटा भाँडो हो । तिनीहरूले एक हिन भाँडोलाई तीन बराबर भागहरूमा विभाजन गर्ने र तीमध्ये केवल एउटालाई मात्र भर्ने हिसाबले सोच्‍नुपर्थ्यो, र त्यति जति चाहिँ चढाउनुपर्थ्यो । जहाजहरूका >एक तिहाइ जति नष्‍ट भए । (प्रकाश ८:९ यूएलटी)

त्यहाँ थुप्रै जहाजहरू थिए । यदि जहाजहरूका तीन बराबर समूहहरूमा ती सबै जहाजहरूलाई भाग गरिएको थियो भने, जहाजहरूको एउटा समूह चाहिँ नष्‍ट भएको थियो ।

अङ्ग्रेजीमा अधिकांश भाग-सङ्ख्याहरूमा सामान्य रूपमा सङ्ख्याको पछाडि अन्तिममा “-टीएच” अक्षरहरू थपिन्छ ।

सम्पूर्ण कुरालाई भाग लगाइएको अंशहरूको सङ्ख्या भाग-सङ्ख्या
चार चौथो
दश दशौँ
एक सय एक सयौँ
एक हजार एक हजारौँ

अङ्ग्रेजीमा केही भाग-सङ्ख्याहरूले त्यो ढाँचालाई पछ्याउँदैनन् ।

सम्पूर्ण कुरालाई भाग लगाइएको अंशहरूको सङ्ख्या भाग-सङ्ख्या
दुई आधा
तीन तेस्रो
पाँच पाँचौँ

अनुवादको विषय हुनुको कारणः केही भाषाहरूले भाग-सङ्ख्यालाई प्रयोग गर्दैनन् । तिनीहरूले सामान्य रूपमा भागहरू वा समूहहरूको रूपमा कुरा गर्न सक्‍छन्, तर तिनीहरूले कुनै एउटा भाग कति ठूलो छ वा कुनै समूहमा कति धेरै समावेश गरिएका छन् भनेर बताउनका लागि भाग-सङ्ख्याहरूको प्रयोग गर्दैनन् ।

बाइबलबाटका उदाहरणहरू

अब मनश्‍शेको कुलको आधा भागलाई, मोशाले बाशानमा अंश प्रदान गरेका थिए, तर अर्को आधा भागलाई चाहिँ, यहोशूले तिनीहरूका दाजुभाइहरूको छेउमा यर्दनको पश्‍चिममा रहेको जमिनको अंश दिए । (यहोशू २२:७ यूएलटी)

मनश्‍शेको कुल दुई समूहहरूमा विभाजन भएको थियो । “मनश्‍शेको कुलको एउटा भाग” भन्‍ने वाक्यांशले ती समूहहरूमध्येको एउटालाई जनाउँछ । “अर्को आधा भाग” भन्‍ने वाक्यांशले चाहिँ अर्को समूहलाई जनाउँछ ।

ती चार दूतहरू जो त्यही घडी, त्यस दिन, त्यस महिना, र त्यस वर्षको लागि तयार पारिएका थिए, तिनीहरूलाई मानवजातिको एक तिहाइ जतिलाई मार्नका लागि छोडियो । (प्रकाश ९:१५ यूएलटी)

यदि सबै मानिसहरूलाई तीन बराबर समूहहरूमा बाँडिने हो भने, तब एउटा समूहमा भए जतिका मानिसहरू चाहिँ मारिने थिए ।

तैँले अर्घ-बलिको रूपमा एक हिन दाखमद्यको एक चौथो भाग जति पनि तयार गर्नुपर्छ । (गन्ती १५:५ यूएलटी)

तिनीहरूले एक हिन दाखमद्यलाई चार बराबर भागहरूमा बाँडिरहेको कल्‍पना गर्नुपर्थ्यो र तीमध्येमा एउटा भागमा हुने जति चाहिँ तयार गर्नुपर्थ्यो ।

अनुवादका रणनीतिहरू

यदि तपाईंको भाषामा भाग-सङ्ख्याले सही अर्थ दिनेछ भने, त्यसलाई प्रयोग गर्ने बारेमा विचार गर्नुहोस् । यदि त्यसो होइन भने, तपाईंले यी रणनीतिहरूको बारेमा विचार गर्न सक्‍नुहुन्छ ।

१. कुनै थोकलाई विभाजन गरिने भागहरू वा समूहहरूको सङ्ख्या बताउनुहोस्, र तब जनाउन खोजिएको भागहरू वा समूहहरूको सङ्ख्या बताउनुहोस् । २. वजन र लम्बाइ जस्ता नापहरूको लागि, तपाईंका मानिसहरूलाई थाहा भएको हुन सक्‍ने कुनै एकाइलाई वा यूएसटीमा प्रयोग गरिएका एकाइलाई प्रयोग गर्नुहोस् । ३. नापहरूको लागि, तपाईंको भाषामा प्रयोग भएकाहरूलाई चलाउनुहोस् । त्यसो गर्नका लागि मापन प्रणालीसँग तपाईंका नापहरू कसरी सम्बन्धित छन् भनेर थाहा गर्न तपाईंलाई आवश्‍यक हुनेछ र हरेक नापको हिसाब गर्नुपर्नेछ ।

यी अनुवादका रणनीतिहरू लागु गरिएका उदाहरणहरू

१. कुनै थोकलाई विभाजन गरिने भागहरू वा समूहहरूको सङ्ख्या बताउनुहोस्, र तब जनाउन खोजिएको भागहरू वा समूहहरूको सङ्ख्या बताउनुहोस् ।

  • समुद्रको एक तिहाइ रगत झैँ रातो भयो । (प्रकाश ८:८ यूएलटी)
    • त्यो चाहिँ तिनीहरूले तीन भागहरूमा समुद्रलाई विभाजन गरेको जस्तै थियो, र समुद्रको एउटा भाग चाहिँ रगत भयो ।
  • तब तैँले त्यस साँढेको साथमा आधा हिन तेलसँग मुछिएको एक एफा मसिनो पीठोको तीन दशौँ जति अन्‍नबलिको रूपमा चढाउनुपर्छ । (गन्ती १५:९ यूएलटी)
    • ... तब तैँले दश भागहरूमा एक एफा मसिनो पीठोलाई विभाजन गर्नुपर्छ र दुई बराबर भागहरूमा एक हिन तेललाई विभाजन गर्नुपर्छ । तब पीठोका ती भागहरूमा तीनवटालाई तेलको एउटा भागसँग मिसाउनुपर्छ । तब त्यस साँढेको साथमा तैँले त्यो अन्‍नबलि चढाउनुपर्छ ।

२. नापहरूका लागि, यूएसटीमा दिइएका नापहरूलाई प्रयोग गर्नुहोस् । यूएसटीका अनुवादकहरूले परिमाणहरूलाई मापन प्रणालीमा कसरी जनाउने भनेर अघिबाटै हिसाब गरिसकेका छन् ।

  • दुई तिहाइ शेकेल (१ शमूएल १३:२१ यूएलटी)
    • चाँदीको आठ ग्राम (१ शमूएल १३:२१ यूएसटी)
  • मसिनो पीठोको एक एफाको तीन दशौँ जति आधा हिन तेलसँग मुछिएको । (गन्ती १५:९ यूएलटी)
    • साँढे छ लिटर मसिनो गरी पिनिएको पीठोलाई दुई लिटा जैतूनको तेलसँग मुछिएको । (गन्ती १५:९ यूएसटी)

३. नापहरूको लागि, तपाईंको भाषामा प्रयोग भएकाहरूलाई चलाउनुहोस् । त्यसो गर्नका लागि मापन प्रणालीसँग तपाईंका नापहरू कसरी सम्बन्धित छन् भनेर थाहा गर्न तपाईंलाई आवश्‍यक हुनेछ र हरेक नापको हिसाब गर्नुपर्नेछ ।

  • मसिनो पीठोको एक एफाको तीन दशौँ जति आधा हिन तेलसँग मुछिएको । (गन्ती १५:९, यूएलटी)
    • छ क्वार्ट मसिनो पीठोलाई दुई क्वार्ट तेलसँग मुछिएको ।